संस्कृतमा “पुरम्” को अर्थ सुसंस्कृत, सभ्य, र समृद्ध नगर हुन्छ | पुरम् बाट पुर भएको हुनाले त्यस्तो खालको समृद्ध नगरको परिकल्पना गर्दा कुनै धातुमा “पुर” प्रत्यय जोड्न उपयुक्त हुन्छ | यस सोच भित्र चितवन जिल्लाको प्राय सबै भूभाग, नवलपुर जिल्लाको धेरै भूभाग तथा मकवानपुर र तनहुँको केहि भू-भागहरु पर्दछ यद्यपी भरतपुर महानगरपालिका क्षेत्र नै भविष्यमा मूल मेरुदण्ड रहने तथा यो महानगरपालिका राष्ट्रिय राजनीतिको चर्चाको केन्द्रमा पनि रहिरहेको हुनाले यसलाई “भरतपुर सपना” भनिएको छ |
नेपालको विभिन्न
शहरी विकास सम्बन्धि बहसहरुमा देशको राजधानीमा नियमित जस्तो हुने राजनीतिक
क्रियाकलापहरु (बन्द, हड्ताल, आमसभा, विरोध आदि) ले आर्थिक गतिबिधिहरुलाई सकेसम्म
असर नगरोस् भनि एक ठुलो वैकल्पिक आर्थिक केन्द्र विकास गर्नुपर्ने विषय उठि रहने
गर्दछ | लोकतान्त्रिक मूल्य र मान्यताहरु बोकेको देशहरुमा त् झन् देशको राजधानी
जस्ता ठाउँहरुमा हुने राजनीतिक गतिविधिहरुलाई स्वभाविक पनि मानिन्छ | आर्थिक
गतिविधिहरुलाई सुचारु राख्न कतिपय विकशित तथा विकासशील देशहरुमा औपचारिक या
अनौपचारिक तवरले देशको राजनीतिक राजधानी (Political
Capital) र आर्थिक राजधानी (Financial Capital) फरक फरक
ठाउँमा राखिने गर्दछ | हाम्रो छिमेकी मित्रराष्ट्रहरु भारत र चिन नै यसका
उदाहरणहरु हुन् | नेपालको सन्दर्भमा पुर्व-पश्चिम, उत्तर दक्षिण लगभग मध्ये भूभाग, सबैतिरबाट तुलनात्मक सहज पहुँच र
नदिहरुलाई उपयोग गरि नदि किनारा शहरी विकास
(Riverfront Urban Development) गर्न सकिने ठाउँहरु मध्ये चितवन (भरतपुर)
नै सबैभन्दा देशको उत्तम ठाउँमा रहेको देखिन्छ | चितवन आसपासका क्षेत्रहरुलाई
समेटी एक समुन्नत, सभ्य र सम्बृद्ध शहर निर्माण गर्ने उदेश्य राखी बृहत “भरतपुर
सपना” प्रस्तुत गरिएको छ |
देशको लगभग मध्ये भागमा रहेको चितवन नेपालको एक महत्वपुर्ण रणनैतिक स्थानमा रहेको जिल्ला हो | बहुसख्यक नेपालीहरुलाई तुलनात्मक रुपमा सहज पर्ने स्थानमा रहेको तथा भौतिक पूर्वाधार पनि विकशित हुदै गरेको हुनाले अन्य जिल्लाहरुबाट बसाईसराई भएर चितवन जाने संख्या ठुलो छ | समग्र चितवन जिल्लालाई पहिले नेपालको ७६ औँ जिल्ला र अहिले ७८ औँ जिल्ला पनि भनिन्छ | यो जिल्लामा उत्तरबाट बहने नारायणी नदि र पूर्वबाट बहने राप्ती नदीले बेलाबेलामा दुख दिए पनि उपयुक्त तटबन्ध गरि नहर तथा नदिसंगै शहरी सभ्यता विकास गरेर सिचाई, मनोरन्जन, ब्यापार तथा पर्यटन जस्ता कुराहरु प्रवर्धन गर्न सकिन्छ | समथर जमिन, पुर्व पश्चिम लगभग मध्य भूभाग, उत्तर दक्षिण सहज पहुँच, घना बन जंगल सहितको निकुन्ज क्षेत्र, दुई ठुला नदिहरु (नारायणी र राप्ती) को अवस्थिति, ऐतिहासिक सम्पदाहरु विहिन र समग्रमा अत्यन्त सम्भावनाहरु बोकेको हुनाले चितवन (भरतपुर) लाई भबिष्यमा देशको मुख्य आर्थिक केन्द्रको रुपमा विकाश गर्न उपयुक्त हुन्छ | जसरी भारतमा दिल्ली र मुम्बई, चिनमा बेजिङ र सांघाई, अमेरिकामा वासिंगटन डी सि र न्युयोर्कको पहिचान छ त्यसैगरी नेपालमा पनि काठमाडौं र भरतपुरको पहिचान बनाउन सकिन्छ | यसको लागी दीर्घकालीन र दिगो शहरी विकासको योजना निर्माणमा प्रसस्तै ध्यान दिनुपर्ने हुन्छ | शहरी विकाससंग सम्बन्धित स्वदेशी या विदेशी विज्ञहरु संलग्न गराई योजना बनाउने र सोहि अनुसार कडा अनुसासनका साथ काम अगाडी बढाउन सक्ने हो भने चितवनलाई देशकै नमुना आर्थिक केन्द्रको रुपमा विकास गर्न सकिन्छ | देशकै महत्वपूर्ण स्थानमा रहेको भूभागमा हतारमा केहि गरेर देखाउने भन्दापनि दीर्घकालीन योजना निर्माण र योजना अनुसारको क्रमगत विकासमा ध्यान दिनु महत्वपूर्ण हुन्छ | चिनको ग्वान्जाउ शहर स्थित पर्ल नदि किनारामा रहेको जुजिङ न्यु टाउन, बेलायतको थेम्स नदि किनारामा रहेको लन्डन शहर, इजिप्टको नाईल नदि किनाराको कायरो शहर, फ्रान्सको रोन नदि किनारको लियोन शहर, भारतको गुजरात स्थित सावरमती नदि किनाराको अहमदावाद शहर जस्ता नदिको किनारमा अबस्थित तथा प्रसस्त समुन्द्री तटीय शहरहरुको उदाहरण लिएर नारायणी र राप्ती नदीलाई उपयोग गरि चितवन राष्ट्रिय निकुन्जको संरक्षण सहित भरतपुरको विकास योजना बनाउनु पर्दछ | लगभग देशको केन्द्रमा रहेको हुनाले समग्रमा यो क्षेत्रको विकासले नेपालको पुर्व-पश्चिम तथा उत्तर-दक्षिण भागको विकासमा एक प्रकारको बल (Impetus) पैदा गर्दछ|
Lyon, Rhone River, France |
Zhujiang New Town, Pearl River, Guanzhou |
London, Thames River, UK |
Cairo, Nile River, Egypt |
बृहत अध्ययन,
अनुसन्धान सहित योजना निर्माण गर्नको लागि हाललाई केहि महत्वपूर्ण कुराहरु पहिचान
गरिएको छ |
१)
राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरका शहरी
विकास विज्ञहरु समिल्लित अध्ययन समूह तथा अन्तर्राष्ट्रिय
स्तरका कन्सल्टेन्टहरु प्रयोग गरि भविष्यमा देशको प्रमुख आर्थिक
केन्द्र/राजधानी (Financial Capital) हुने गरि
दीर्घकालीन तथा दिगो शहरी बिकास योजना बनाउने |
२)
दाउन्ने पुर्व, हेटौंडा पश्चिम, राप्ती नदि उत्तर, शिवालिक
पहाड दक्षिणको भूभागलाई बृहत चितवन (Greater Chitwan) को
अबधारणा अनुरुप विकास गर्ने | बृहत भू-उपयोग नीति ( Land
Use Policy) बनाउने |
३)
देवघाट देखि त्रिबेणीसम्म नारायणी
नदि तटबन्द संगै बृहत नदि किनारा विकास
परियोजना
बनाई “नदिसंगै सभ्यता विकास” कार्यक्रम ल्याउने|
-
नदिको स्वच्छता, सुन्दरता र सरसफाईमा
निरन्तर ध्यान दिने |
-
जल-मनोरन्जन, जल-यातायात विकास गर्ने |
-
नारायणी नदीको दायाँबायाँ मनोरन्जन
स्थलहरु जस्तै Fun Park, Water World,
जस्ता ठाउँहरु विकाश गर्ने |
-
सार्वजनिक-नीति साझेदारी (Public
Private Partnership) मोडेल अनुसार गरि नदि किनारा विकास
कार्यक्रम ल्याई नारायणी नदि वरपर शहर विकास गर्ने |
-
नदिको किनाराका स्थलहरुमा अन्तर्राष्ट्रिय
चेन होटेल (International Chain Hotel), आई.टि. पार्क (IT
Park) हरु विकाश गर्ने | राष्ट्रिय/अन्तर्राष्ट्रिय
सफ्टवेयर कम्पनीहरु तथा बहुराष्ट्रिय कम्पनीहरुको सम्पर्क कार्यालयहरु खोल्न
चितवनमा प्रोत्साहन गर्ने |
-
नदि संगै सभ्यता विकास कार्यक्रममा
व्यापार, हस्पिटालिटी, मनोरन्जन, तथा आई. टि. संग सम्बन्धित
कम्पनीहरुलाई नदि किनाराका क्षेत्रहरुमा विशेष महत्वका साथ स्थापित गर्ने |
-
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सांस्कृतिक
केन्द्र तथा व्यापार प्रदर्शनी केन्द्रहरु निर्माण गर्ने|
Sabarmati Riverfront, Gujarat, India |
-
राप्ति नदि किनारामा अन्तराष्ट्रिय स्तरको
बन्यजन्तु सफारी पार्क / जियोलोजिकल पार्कहरु निर्माण गर्ने|
-
वातावरण, कृषि,
बनस्पति तथा बन्यजन्तु अनुसन्धान केन्द्रहरु विकाश गर्ने |
-
उच्चस्तरीय रिसोर्टहरु योजनाबद्ध रुपमा
विकास गर्ने |
-
ध्यान तथा योगा केन्द्रहरु विकास गर्ने |
-
जंगल सफारी मार्गहरु विकास गर्ने |
-
विश्वविध्यालय सहर (University
Town) विकास गर्ने |
- जेष्ठ नागरिकहरुको लागी कम्युनिटी होमहरु विकास गर्ने |
Rhino, Chitwan, Nepal |
५)
गुरु योजना नबनुन्जेल भरतपुर
महानगरपालिका, रत्ननगर नगरपालिका तथा नारायणी सिमाना पर्ने नवलपुर जिल्लाका
नगरपालिकाहरुमामा अत्यावश्यक निर्माण बाहेक हाल भैरहेको
जग्गाको जथाभावी खण्डिकरण, भवन तथा भौतिक संरचना निर्माण कार्यहरु रोक्ने |
६)
उपयुक्त स्थान पहिचान गरेर नारायणी नदीमा
चितवन र नवलपुर जोड्ने गरि आधुनिक फराकिला पुलहरू बनाउने |
७)
नारायणी र राप्ति नदीलाई जोड्ने गरि
उपयुक्त स्थानहरु पहिचान गरि नहर विकास गर्ने | नहरको दायाँबायाँ हरियाली
वस्तीहरु विकास गर्ने | नहर भित्र जल यातायात विकास गर्ने |
Giethoorn Village, Netherlands |
९)
भविष्यमा निकुन्ज क्षेत्र विस्तार
गर्नुपर्ने हुन सक्नाको कारणले माडी क्षेत्रमा ठुला रणनैतिक
संरचनाहरु निर्माण नगर्ने |
१०)
भरतपुर विमानस्थललाई स्थानान्तरण गरि २४ सै घण्टा चल्ने गरि
पश्चिम चितवन या नवलपुर जिल्लाको उपयुक्त स्थलमा लैजाने | हालको विमानस्थल
क्षेत्रलाई “अन्तर्राष्ट्रिय
ब्यापार केन्द्र (International Trade Center) या खुला
क्षेत्रको रुपमा विकास गर्ने |
११)
त्रिबेणी-मेघौली-भरतपुर-हेटौडा हुँदै
प्रस्तावित निजगड अन्तर्राष्ट्रिय विमानस्थल सम्म मेट्रो सहित द्रुतमार्ग
निर्माण गर्ने | सो मार्गलाई काठमाडौं- निजगड द्रुतमार्गसंग जोड्ने |
१२)
पुण्यभूमि देवघाटको गुरु योजना
बनाई हिन्दु धर्मको विशेष अन्तरराष्ट्रिय धार्मिक, पर्यटकीय तथा सांस्कृतिक
केन्द्रको रुपमा विकास गर्ने | देवघाटमा संस्कृत विश्वविध्यालय खोल्ने
|
१३)
चितवन-नवलपुर समेटिने गरि मेट्रो, ट्राम
जस्ता यातायातका पूर्वाधार विकास गर्ने| दीर्घकालीन सोच राखी प्रसस्त अधिकार
क्षेत्र (Right of Way) हुने गरि Inner तथा Outer
Ring Road विकास गर्ने |
१४)
चितवन राष्ट्रिय
निकुन्ज, बनक्षेत्र तथा बन्यजन्तुको निरन्तर संरक्षण कार्यक्रमहरु
ल्याउने | निकुन्ज तथा जंगल क्षेत्र भित्र सडक या अन्य संरचनाहरु बनाउँदा बन्यजन्तु
मैत्री संरचना बनाउने |
Tiger, Chitwan, Nepal |
Commercial Farming |
१६)
भविष्यको शहरीकरणलाई विचार गरि हाल भएका सार्वजनिक
स्थलहरुको संरक्षण गर्ने तथा वस्ती भित्र प्रसस्त खुला क्षेत्रहरु बढाउन
कार्यक्रमहरु ल्याउने |
१७)
अन्तरराष्ट्रिय मापदण्ड
अनुसार वस्ती भित्रका तथा मुख्य सडकहरुको मापदण्ड बनाई कडा रुपमा लागु गर्दै जाने|
१८)
बिजुली, टेलिफोन, खानेपानी लगायत
घरभित्र
सम्म ल्याउनुपर्ने सेवा या सुविधाहरुलाई भूमिगत
मार्ग प्रयोग गर्ने | सडक विस्तार र निर्माणसंगै बिजुली र टेलिफोनको लागी भूमिगत
डक्टहरु निर्माण गर्ने |
१९)
उपयुक्त स्थान पहिचान गरि अन्तर्राष्ट्रिय
स्तरका खेलमैदानहरु, कबड हलहरु निर्माण गर्ने |
२०)
भारत, अन्य दक्षिण एसियाली मुलुकहरु तथा
प्रस्तावित निजगड एअरपोर्ट नजिक पर्ने हुनाले भरतपुरलाई मुक्त व्यापार क्षेत्र (Free
Trade Zone) को अवधारणामा विकास गर्ने |
२१)
नेपालको पहिचान झल्कने केहि ल्याण्डमार्क
(Landmark) हरु निर्माण गर्ने |
२२)
विदेशी नागरिकलाई यो क्षेत्रमा ब्यापार,
व्यवसाय खोल्न तथा काम गर्न आउनको लागी सहज
भिसा उपलब्ध गर्ने | उनीहरुको सहज बसोबासको लागी सजिलैसँग अपार्टमेन्टहरु खरिद बिक्रि गर्न सक्ने सुविधा दिने |
-
ई. दिनेश चन्द्र पन्थी
पुर्व
उपमहासचिव
नेपाल इन्जिनियर्स एशोसियसन