गतवर्ष अध्ययनको शिलशिलामा छिमेकी मित्रराष्ट्र चीनमा हुँदा एक कार्यक्रममा क्यानडाको ब्रिटिस कोलम्बिया विश्वविद्यालयमा वरिष्ठ पाठ्यक्रमविदको रुपमा लामो समयदेखि कार्यरत एकजना चिनियाँ प्राध्यापकसंग अन्तरक्रिया गर्ने मौका मिल्यो | सन् १९५०-६० को दशक तिरको चिनियाँ शिक्षानीतिको वारेमा उहाँले केहि रोचक प्रसंगहरु राख्नुभयो | उहाँको अनुसार तत्कालिन चिन सरकारले प्राविधिक र शिपमुलक शिक्षालाई उच्च महत्व दिई त्यहि अनुरुप शैक्षिक पूर्वाधार निर्माण गर्दै उच्चशिक्षा अध्ययन गर्ने लगभग ९५ प्रतिशत विद्यार्थीहरुलाई प्राबिधिक शिक्षातर्फ अभिप्रेरित गर्ने गर्दथ्यो | त्यतिबेला आर्थिक हिसाबले चिन अविकशित र गरिव मुलुकहरु मध्ये पर्दथ्यो | एक अल्पविकशित देशले प्राविधिक र हातमा शिप भएका प्रयाप्त जनशक्ति उत्पादन नगरेसम्म देश अगाडी बढ्न सक्दैन भन्ने विश्लेषण नै उक्त शिक्षानीतिको आधार मान्न सकिन्छ | चिनमा त्यो क्रम त्यसपछीका ३-४ दशकसम्म चलिरह्यो | आज चिनको अभुतपुर्व विकाशको विविध आधारहरु मध्ये प्राविधिक र हातमा अनेकन शिप भएका प्रयाप्त जनशक्ति हुनु एक महत्वपूर्ण आधार हो भन्ने ठम्याई उक्त प्राध्यापकको थियो | हामि जस्ता कम विकशित मुलुकहरुबाट प्रतिनिधित्व गर्ने विद्यार्थीहरुलाई विकाशको पहिलो चरणमा राज्यले प्राविधिक र शिपमुलक शिक्षामा प्रसस्त लगानी गर्नु पर्दछ भन्ने उहाँको अभिप्राय थियो | चिनको मात्र होइन विकाशको प्रारम्भिक चरणमा हुँदा प्राय सबै देशहरुले उस्तै उस्तै खालको शिक्षानीति लिएको देखिन्छ |
नेपालको वर्तमान अवस्थालाई विचार गर्दा स्थानीय, प्रदेश र केन्द्रको चुनाव पश्चात नयाँ संबिधानको संस्थागत स्वीकार्यता संगै राजनीतिक एजेन्डाहरु विस्तारै किनारा लाग्न थालेको र आर्थिक विकाशको आम आकांक्षाहरु सल्बलाई रहेको प्रस्ट बुज्न सकिन्छ | युवा वर्गमा स्वरोजगारको भावना र देशव्यापी उद्यमशीलता अंकुराउन खोज्नु अत्यन्त सुखद पक्ष हो | यस्तो समयमा राज्यले स्थानीय स्तर देखि नै प्राबिधिक र शिपमुलक शिक्षामा प्रसस्त लगानी गर्नुपर्दछ| खास गरि छिमेकी मित्रराष्ट्र चिनमा जस्तै बिभिन्न तहको प्रयाप्त प्राविधिक जनशक्ति उत्पादन गर्ने उदेश्य राखी सरकारले एक नगरपालिका वा गाउँपालिकामा निजि वा सरकारी स्तरको एक प्राविधिक शिक्षालयको अवधारणा अनुसार काम गर्न उत्तम हुन्छ |
राष्ट्रिय स्तरमा निजि वा सरकारी क्षेत्रबाट प्राविधिक उच्च शिक्षामा केहि लगानीहरु देखिएपनि प्रयाप्त नभएको र कति त धेरै जनताको पहुँच भन्दा बाहिर पनि छ | हाललाई स्थानीय स्तरमा उच्चशिक्षा भन्दापनि आम जनताको पहुँच भित्र पर्ने गरि तत्काल रोजगारी सिर्जना गर्ने खालको स्थानीय आबस्यकता अनुसारको शिपमुलक र अर्धदक्ष प्राविधिक जनशक्ति जस्तै: ओभरसियर, सब-ओभरसियर, जेटी, जेटीए उत्पादन गर्ने खालको डिप्लोमा स्तरको प्राविधिक कलेजहरु सिटिईभिटिबाट सम्बन्धन लिई संचालन गर्न राज्य स्वयंले वा निजि क्षेत्रलाई प्रोत्साहित गर्न अत्याबस्यक देखिन्छ | हातमा शिप र प्राविधिक ज्ञान नहुँदा विभिन्न रोजगारीको अवसर गुमाई रहेको, स्वरोजगार पनि हुन नसकेको र वैदेशिक रोजगारीमा जाने धरै युवाहरुले अनेक हण्डर खाएको प्रसस्त उदाहरणहरु छन् |
राइनास नगरपालिका सहित वरिपरीका गाउँ, नगरको सन्दर्भ जोड्ने हो भने अधिकांश युवाहरु रोजगारीको शिलशिलामा विदेश गएका तथा यहिँ हुने युवाहरु मध्ये अक्सर बेरोजगार र केहि त कुलतमा पनि फस्न थालेको देखिन्छ | सामान्य शिप, ज्ञान र सोच मात्र हुने हो भने पनि नगरोन्मुख अवस्थामा रहेको राइनास नगरपालिका भित्र स्वरोजगार हुन सक्ने धेरै क्षेत्रहरु देखिन्छ | बिशेषगरि भूकम्पपछी भवननिर्माणको काममा तिब्रता हुदै गएको छ जसले गर्दा भवननिर्माण सम्बन्धि डकर्मी, सिकर्मी, प्लम्बर, इलेक्ट्रीसियन तथा निर्माण सुपरभिजन सम्बन्धि ओभरसियर, सव-ओभरसियर, त्यस्तै गरि सवारीसाधनको चहलपहल बढ्दै गरेकोले अटोमेकानिक्स तथा कृषि पशुपालनको क्षेत्रमा केहि व्यवसायिक सोचको विजारोपण हुन थालेकोले जेटी, जेटिए, भेटेरनरी सम्बन्धि कार्यहरुको लागी विविध मौकाहरु सिर्जना हुदैं गरेको छ | लगभग ७३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको र भौगोलिक हिसाबले सुलभ पहुँच भएको राइनास नगरपालिकामा विविध मौकाहरु सिर्जना हुदैँगर्दा पनि व्यबसायिक सोच र शिपको अभावले गर्दा सयकडौं युवाहरु अत्यन्त निम्न स्तरको काम खोज्दै विदेश भौंतारिन वाध्य छन् | विगतमा गरिएको एक अध्ययनबाट नगरउन्मुख हुदाँहुँदै पनि राइनास नगरपालिकामा लगभग ०.८४ प्रतिसतका हिसाबले जनसंख्या घटिरहेको देखिन्छ | उपयुक्त खालको शिप विकास गर्ने तथा अर्धदक्ष्य प्राविधिक जनशक्ति उत्पादन गर्ने एक प्राविधिक शिक्षालय यस नगरपालिका भित्र स्थापना गर्न सके उक्त प्रवृत्ति रोक्न सहयोग पुग्ने, नयाँ रोजगारीका अवसरहरु खोज हुने तथा छिमेकी गाउँहरुबाट यहाँ बसाइँसराई बढ्न सक्ने देखिन्छ | राइनासमा हालको जनसंख्या, साधन, श्रोत तथा छिमेकी गाउँहरुको वस्तुस्थिति हेर्ने हो भने एकैचोटी ठुलो लगानीमा त्यस्तो कलेज खोल्ने भन्दापनि पहिलो चरणमा सिटीइभिटीबाट सम्बन्धन लिई विविध सिप विकास गर्ने, स्थानीय सीपलाई केहि प्रयोगात्मक परिक्षाहरु द्वारा प्रमाणीकरण गर्ने र सव-ओभरसियर सम्मको प्राविधिक शिक्षालयबाट शुरु गरि निकट भविस्यमा सिभिल, इलेक्ट्रीकल, अटोमेकानिकल जस्ता विषयहरुको ओभरसियर सम्म पढाई हुने कलेज स्थापना गर्न सकिन्छ |
विभिन्न मोडालिटीहरुमा उक्त खालको कलेज संचालन गर्न सकिन्छ | प्रथमत, नगरपालिका कै अग्रसरतामा गैरनाफामुलक सामुदायिक प्राविधिक शिक्षालय स्थापना गरि सकेसम्म कम शुल्कमा सर्वसाधारणहरुको सजिलो पहुँच हुनेगरि संचालन गर्न सकिन्छ | यस मोडालिटी अन्तर्गत भक्तपुर नगरपालिकाको अनुभवबाट सिक्दै उनीहरुकै तहमा गर्न नसकेपनि प्रयाप्त पाठ लिन सकिन्छ | यध्यपी नगरपालीकाको तर्फबाट गर्दा व्यबस्थापकीय उल्झनहरु धेरै आउन सक्दछ | दोश्रो, नगरपालिकाको अग्रसरतामा इच्छुक स्थानीय व्यक्तिहरुलाई समावेश गरि नाफामुलक हिसाबमा तर स्थानीय स्तरको पहुँचभित्र पर्ने गरि सार्वजनिक निजि अवधारणा अनुसार पनि उक्त शिक्षालय संचालन गर्न सकिन्छ | नगरपालिकाको साथसाथै स्थानीयहरुमा पनि दायित्व बाँडफांड हुने हुँदा अपनत्व पनि बढ्ने र व्यबस्थापनमा पनि सहज पर्ने हुनसक्छ | तेश्रो, नगरपालिकाले निजि क्षेत्रको लगानीलाई प्रोत्साहित गरि यस्तो खालको शिक्षालय संचालन गर्न सकिन्छ | यस मोडालिटीमा नगरपालिकालाई कुनैपनि खालको व्यवस्थापकीय र आर्थिक दायित्व पर्दैन तर कलेज संचालनको समयमा पर्नसक्ने विविध समस्याहरुलाई समाधान गर्न नगरपालिका सहयोगी तथा आवश्यक पर्दा उत्प्रेरक पनि हुनुपर्दछ | छिमेकी पालुनटार नगरपालिकामा गत वर्षदेखि सिटिईभिटिको आफ्नै पहलमा आंगिक प्राविधिक शिक्षालय संचालनमा ल्याईसकेकोले राइनासमा संचालन गर्दा विषयहरु र क्षमताको वारेमा राम्रोसंग अध्ययन हुनु जरुरि छ |
-ई. दिनेश चन्द्र पन्थी
राइनास-२, लम्जुङ
पुर्व उप-महासचिव, नेपाल इन्जिनियर्स एशोसियसन
dineshpanthy@gmail.com