Dinesh Chandra Panthy

Dinesh Chandra Panthy
A Quest for Wisdom

Wednesday, September 9, 2015

भेडेटार


गर्मि भयो धरानमा जान्छु भेडेटार |
सारा थकाई दुखाईहरु आउंछु मेटाएर ||

गगनतिर काला काला बादलका छाना |
चिसो चिसो सिरेठोले ढक्क फुल्ने मन ||

पुष होइन माघ होइन, स्यार्र स्यार्र स्याँठ |
कति कन्चन प्रकृतिले पढाएको पाठ ||

बजार देखि अलि पर पाथिभरा माता |
बसिरंहू जस्तो लाग्ने सारा दिनरात ||

तलतिर धरान बजार, निर निर छाना |
शितल हावा जस्तै मिठो भेडेटारको खाना ||

अल्लि पर डाँडामाथि धनकुटाको बजार |
घुमाईरहुँ जस्तो लाग्ने उतैतिर नजर ||

शिर छुने आकाशमै, कौशिकिमा छाँया |
अहा ! कस्तो टाकुरो यो, मनमा बस्यो माया ||


- दिनेश चन्द्र पन्थी "दीप" 
२०७२-०४-१०, आइतवार

(२०७२ साल श्रावण १० गते  पूर्वको पर्यटकीय स्थल भेडेटार  घुम्ने क्रममा लेखेको)

इन्जिनियर सपना

असिना पसिना सडकमा चहार्दै गर्दा
म मानव बोक्ने आधुनिक यन्त्र देख्छु
मेरो सपनाबाट प्रफुल्ल हुन्छु,
गगनचुम्बी महलहरुमा मानव खुसियाली देख्दा
मेरो सानो गूँडबाट रम्दै
मेरै सपनालाई धन्यवाद दिन्छु,
सारा मानवलाई जोड्ने इन्टरनेट सम्झन्छु
मेरो सानो कम्प्युटरको पर्दाबाट
खुसि हुन्छु मेरो सपना प्रति,
टोल टोल देखि सामाजिक संजाल होस या
कुना काप्चा देखि शहरको झिलिमिली,
किसान होस या राजनेता,
जब हुन्छ आधुनिकताको बहस,
म सपना देख्न सुरु गर्छु,
साध्य होस या नहोस
अविरल मेरो सपना चलिरहन्छ
म मेरै साधनमा रमाउँछु
किनकी
सवको आशा
म एक इन्जिनियर
सपनालाई विपनामा ढाल्ने
हामी इन्जिनियरहरु !!!
-          
      - ई. दिनेशचन्द्र पन्थी,   
         उपमहासचिव, 
         नेपाल इन्जिनियर्स एशोसियसन

       (२०७२ सालको इन्जिनियर दिवशको उपलक्ष्यमा प्रस्तुत)


हामी इन्जिनियर


उज्यालो र प्रविधिले ढाक्न गाउँ शहर |
त्यसैले त कर्मशील छौं हामी इन्जिनियर ||

बनौदैछौं पूर्वाधार: आई. टि., बाटो, नहर |
त्यसैले त निर्माणकर्ता हामी इन्जिनियर ||

सारा विकाश निर्माणमा हाम्रै सोच र जाँगर |
त्यसैले त सोचकर्ता हामी इन्जिनियर ||

जति उमेर धल्कदै छ त्यति नयाँ रहर |
त्यसैले त खोजकर्ता हामी इन्जिनियर ||

कुनैदिन बनाउने छौं चन्द्रमामा शहर |
त्यसैले त अटल छौं हामी इन्जिनियर ||

विचारधारा जे भए नि सम्मान गर्ने ठहर |
त्यसैले त गोलवद्ध छौं हामी इन्जिनियर ||
त्यसैले त मनौदैछौँ इन्जिनियर दिवस |||

- ई. दिनेश चन्द्र पन्थी
उपमहासचिव
नेपाल इन्जिनियर्स एशोसियशन

(२०७१ को इन्जिनियर दिवशको उपलक्ष्यमा प्रस्तुत)


Thursday, October 16, 2014

परिवर्तनको प्रारम्भ आफैंबाट

  लिलामणि पौड्याल, मुख्य सचिव, नेपाल सरकार

हामीकहाँ असल मान्छेको अभाव छैन । हामीकहाँ समाज रूपान्तरणको ज्ञान भएका मान्छेहरूको पनि खाँचो छैन । असल अभ्यासको पनि अभाव छैन । समाज रूपान्तरणका लागि एकदमै चिन्ता गर्ने मान्छे पनि धेरै छन् । तर हामीसँग सकारात्मक विचार राख्ने, असल अभ्यास गर्ने र चिन्ता गर्ने मान्छेहरूबीच सहकार्य गर्नेे, चिन्ता र चासो राख्ने मान्छेहरूको ठूलो जमातमा विचार कार्यान्वयनका लागि जोखिम वा दुःख उठाउने अथवा सुविधा-सहुलियत त्याग्ने तत्परता तथा इमानदारीको खडेरी छ । सकारात्मक सोच, त्यसको कार्यान्वयन र असल अभ्यासको संयोजनबाट मात्रै समाज रूपान्तरण गर्न सकिन्छ ।
कतिपय मान्छेहरू भन्ने गर्छन्, 'यति धेरै समस्याहरू छन्, अत्यासलाग्दो स्थिति छ, जताततै प्वालैप्वाल छन्, एकातिर टाल्यो अर्कोतिर चुहिन्छ, एकातिर सियो अर्कोतिर फुस्किन्छ, त्यसैले कसरी सकारात्मक हुने ? सबै मान्छे खराबै-खराब देखिन्छ, आसै मरिसक्यो । यो सकारात्मकता भन्ने त आदर्शमात्र हो ।'
अरु कतिपय मान्छेहरू परिवर्तनका लागि अहिलेको समय उपयुक्त छैन भन्छन् । 'संविधानै छैन, स्थिर सरकार छैन, राजनीतिक नेतृत्व नै सक्षम छैन, कहाँबाट रूपान्तरण हुन्छ ?' भन्नेहरू पनि छन् । अरु केही मान्छे भन्ने गर्छन्, 'यति ठूलो समाजमा मैले मात्र गरेर के हुन्छ र ? सबैले गरे त मैले पनि साथ दिने थिएँ ।'
नेता ठीक भए सबै ठीक हुने थियो भन्ने र कुनै चमत्कारिक मान्छे आएर हाम्रो समाज रूपान्तरण गरिदेला कि भनी भाग्य कुर्ने पनि हाम्रो समाजमा प्रशस्तै छन् । त्यस्ता मान्छेहरू परिवर्तन फुत्त जमिनबाट निस्केर संसारलाई उज्यालो बनाइदिने वा आकाशबाट कुनै उज्यालो पिण्ड खसेर हामीलाई ज्योति दिने जस्तो चमत्कारिक व्यक्ति आएर हाम्रा सबै समस्या हल गरिदिनेछन् भन्ठान्नेहरु पनि छन् । मेरो विचारमा ती सबै विचार ठीक छैनन् । सही विचार त के हो भने यदि जताजतै समस्यै समस्या छन् भने परिवर्तनका लागि जताततै अवसरै-अवसर छ । यहाँ केवल आफैंले सुरु गर्ने प्रयत्न वा उपयुक्त ठाउँको खोजी गरी भूमिका निर्वाह गर्न इमानदारीतापूर्वक लाग्ने इच्छाशक्ति वा तत्परताको खाँचो छ ।
कतिपय मानिसहरू खोलाको पानीको मुहानको उदाहरण दिँदै नेतातर्फ संकेत गरेर माथिबाटै सुधि्रनुपर्छ भन्छन् । त्यो उत्तम विचार हो । एउटा उदाहरण हेरौं । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, सन्तनेता, उहाँ छाता र सुराही बोकेर प्रधानमन्त्री निवास जानुभयो र छाता-सुराही बोकेरै त्यहाँबाट फर्किनुभयो । पक्कै पनि उहाँले भ्रष्टाचार गर्नुभएन, किनभने पदीय जिम्मेवारी छोडेर जाँदा केही पनि सम्पत्ति थिएन, उहाँसँग । सरकारले दिएको एउटा घरमा बसेर बित्नुभयो । त्यसकारण उहाँको नेतृत्वकालमा मूल सफा थियो भन्नेमा विवादै रहेन । अब के हामी भन्न सक्छौं, उहाँको कार्यकाल भ्रष्टाचार निवारणका हिसाबले नेपालको शासकीय कालखण्डमा स्वर्णकाल हो ? अहँ सक्दैनौं । त्यसो भए भ्रष्टाचार निवारणका लागि मूल सफा हुनपर्दैन त ?  मूल सफा त हुनैपर्छ । यो अनिवार्य सर्त हो, तर पूर्ण सर्त भने होइन । आफूले गर्नैपर्ने र गर्नसक्ने प्रयत्न नगर्ने वा खराब कर्मलाई प्रोत्साहन दिनेहरू मूल सफा हुनुपर्छ भन्ने मूलमन्त्रलाई आफ्ना खराब कर्म छोप्ने बहानामात्र बनाइरहेका छन् । कर्तव्यच्युत हुनेहरूका लागि यो गतिलो बहानाबाजीमात्रै हो ।
कोही माथिको मान्छे सुधि्रएर मात्र यो मुलुक सुधि्रँदैन, कोही तलको मान्छे राम्रो भए पनि यो मुलुक सुधि्रँदैन । यो मुलुक सुधि्रन त सर्वप्रथम 'म' सुधि्रनुपर्छ । सबै सुधार र रूपान्तरणको प्रस्थानबिन्दु 'म' हो, माथि वा तल होइन । बिगि्ररहेको ठाउँमा 'म' कहाँनिर सुधार गर्न सक्छु भन्ने पहिचान गरी सुरुवात त्यहींबाट गर्ने हो । यो कुरा भ्रष्टाचार निवारणमा लागू हुन्छ, सरसफाइमा पनि लागू हुन्छ, विकासमा लागू हुन्छ, घरमा र समाजमा पनि लागू हुन्छ । यो भनाइलाई समाज रूपान्तरणमा नेतृत्वको भूमिका अवमूल्यन गर्ने रूपमा बुझनिु हुँदैन । असल काम गर्नेलाई सघाउने तत्परताको अभावमा असल नेतृत्व निर्माण हुनै सक्दैन । नेतृत्व निर्माणको क्रममा जिम्मेवारी नागरिक 'म'ले धैर्यपूर्वक आत्मअनुशासनमा बसी इमानदारीपूर्वक कर्तव्य पालना गरी प्रणालीको निर्माणमा जुट्ने हातलाई साथ दिने र सामूहिक हितका लागि व्यक्तिगत, पारिवारिक, गुटगत र दलगत स्वार्थ त्याग्ने 'म'हरूको खाँचो छ ।
स्वार्थ त्याग्न नसकेका कारण नेतृत्व निर्माणमा हामी नराम्ररी चुकेका छौं । हाम्रा अतृप्त इच्छा पुरा गरिदिन कुनै अमूक व्यक्ति आउँछ भन्ने ठानेर कुनै व्यक्तिलाई देवत्वकरण र हाम्रा अपेक्षा पुरा गर्न नसक्ने वा स्वार्थमा बाधक ठानेर दानवीकरण गरेका छौं, पटक-पटक नेतृत्वलाई हामीले । सामाजिक सञ्जालहरू हेर्‍यौं भने सबै नेताहरूलाई निकृष्ट र तुच्छ गाली गरिएको पाउँछौं । त्यो विचार कहाँबाट आयो ? सम्भवतः हामीले विजारोपण गरेको नकारात्मक विचारको उच्चतम उत्कर्ष हो त्यो । हामीले काम गर्न सिकाएनौं, गाली गर्न सिकायौं । कर्म गर्न सिकाउनुपर्नेमा भाग्यमा भरोसा गर्न सिकायौं अथवा कसैलाई देवत्वकरण गरेर आफ्नो भविष्य उसको हातमा सुम्पने प्रवृत्तिको विकास गर्‍यौं । यो सामन्ती समाजको चरित्र हो । यसबाट समाज रूपान्तरण सम्भव छैन ।
नेतृत्व हामीजस्तै तर हामीलाई बाटो देखाउने केवल एक व्यक्ति हुन् भन्ने यथार्थ सायद हामीले बिस्र्यौं । नेतृत्वको निर्माण समाजले गर्ने हो, समाजको महत्त्वपूर्ण इकाइ परिवार र परिवारको इकाइ 'म' हो । 'म' त्यागी, इमानदार, मिहेनती र सद्भाव राख्ने मान्छे भएँ भने मैले छान्ने नेतृत्वमा पनि ती गुण वेष्ठित हुनेछन् । म स्वार्थी, बेइमान, आत्मकेन्दि्रत भएँ भने चाहेर पनि मेरो नेतृत्व असल गुणयुक्त हुनै सक्दैन । म असल तर मेरो नेतृत्व खराब हुनै सक्दैन । त्यसैगरी मेरो नेतृत्व असल र म खराब हुनै सक्दैन । त्यसैले नेतृत्व हाम्रै गुणहरूको समष्टि हो र नेतृत्वले गर्ने काम वा व्यवहार हाम्रै अपेक्षा, चाहना, दबाबको अभिव्यक्ति हो । यो मुलुकमा आफूलाई बुज्रुक र जानकार ठान्ने कसैको परीक्षण बाँकी छैन । धेरै, थोरैको कुरामात्र हो । प्रत्यक्ष र परोक्षको कुरामात्र हो । परीक्षणबाट फेल भएकाहरूले आत्मसमीक्षा गर्ने कि कसैलाई गाली गरेर आत्मरतिमा रमाउने ?
गएको ५०० वर्षको विश्वको विकासक्रम हेर्दा, कोही विज्ञ र परामर्शदाता बाहिरबाट ल्याएर ठूल्ठूला प्रतिवेदन बनाइदिएर वा बाहिरबाट पैसा ल्याइदिएर, दान र उपहार दिएर सम्पन्न भएको कुनै पनि मुलुक छैन । युरोप, अमेरिका, जापानजस्ता मुलुकको विकासमा पुस्तौं-पुस्ताको त्याग र समर्पण छ । कोरिया, सिङ्गापुर, मलेसियाजस्ता मुलुकहरूले एउटै पुस्ताको अद्वित्तीय त्यागबाट विकासको चरणमा फड्को मारेका हुन् । चीन र भारत त्यही बाटोमा अग्रसर छन् । तपाई-हामीजस्ता सचेत नागरिकहरूको त्याग, समर्पण र कर्तव्यपरायण बिना कुनै पनि समाजको रूपान्तरण सम्भव भएको इतिहास छैन । विकास भनेको हामीले नै गर्ने हो । सुरुवात आफैंबाट हो । मैले के गर्न
सक्छु, त्यो मैले गर्ने हो । मैले गर्नसकेको कुरा गरेर मात्र अरुलाई यसो र उसो गर भन्ने हैसियत मैले बनाउन पाउँछु ।
पूर्वीय दर्शनमा पाँचवटा कुरा त्याग्न भनिएको छ ः काम, क्रोध, लोभ, मोह र अहंकार । यी त्यागे मुक्ति पाइन्छ भनिन्छ । यी पाँच कुराले हाम्रो शरीरमा नकारात्मक ऊर्जाको सञ्चार गरिरहेका हुन्छन् । त्याग्ने भनेको ती नकारात्मक ऊर्जालाई हाम्रो मन, शरीर, विचारमा ठाउँ नदिऊँ भनेको हो । जसले समाज रूपान्तरण गर्छु भन्छ, उसले यी पाँच कुरा त्याग्न प्रयत्न गर्नुपर्छ ।
महाभारतमा कौरव १०० भाइ र पाण्डव ५ भाइ थिए/थिएनन्, त्यो मलाई थाहा छैन । तर मैले बुझेको कुरा कुनै एउटा समाजमा एउटा कालखण्डमा खराब विचारको प्रतिनिधित्व गर्ने मान्छेहरू १०० जना भए भने सही विचारको प्रतिनिधित्व गर्ने मान्छे ५ जना हुन्छन् । ती पाँचजनाले त्याग, तपस्या गर्छन्, वनवास जान्छन्, गुप्तवास बस्छन्, सबै खाले कठिनाइ र प्रतिकूलतासँग लड्छन् र अन्त्यमा विजय प्राप्त गर्छन् । अर्थात् एक सयमा पाँचले सत्य र न्यायका लागि लडिरहन्छन्, त्याग/बलिदान सबै गर्छन् र अन्त्यमा, समाजलाई रूपान्तरण गरिछाड्छन् भन्ने हो । अहिले त्यही पाँचको खोजी, कर्तव्यपथमा अविचलित कर्मयोगीको कार्य र सिर्जनाको प्रबर्द्धन र उनीहरूका सत्कर्मको संयोजित विस्तार आवश्यक छ ।
यो सकारात्मक ऊर्जा प्रवाह गर्ने कुरामा हामी थोरै छौं वा तत्काल लाभ भएन भनेर हीनताबोध गर्नुपर्ने कारण छैन । भनेजस्तो नतिजा आएन भनेर असल काम छोड्नु पनि पर्दैन । एक्लै वा अल्पमतमा परेंँ भनेर सत्कर्म छोड्नु हुँदैन । सकारात्मक कर्मबाट प्राप्त हुने ऊर्जा र त्यसको विस्तारबाट समाज रूपान्तरण हुन्छ भन्ने मेरो विश्वास छ । नतिजाको कुरा गर्दा गीतामा भनिएको- कर्मण्येवाधिकारस्ते माफलेषू कदाचनः को अर्थ केलाउनुपर्ने हुन्छ । हामीलाई यो श्लोकको अर्थ काम गर्दै जानु, फलको आस नगर्नु भनी सिकाइयो । तर त्यो सत्य होइन । मेरो तुलनात्मक सत्यमा आधारित ज्ञानले भन्छ, उक्त श्लोकको अर्थ कर्म गर फलको र नतिजाको अपेक्षा पनि गर, तर फल र नतिजाप्रति आसक्त नहोउ भनेको हो ।
कुनै कुराप्रतिको आसक्तिले कर्मको फल सधैं नकारात्मक हुन्छ । मान्छेले असाध्यै धेरै आसक्त भएको कुरा पायो भने संसारै पाएँ भन्ने ठान्छ र अहंकार बढ्छ । सबै पाएपछि अगाडिको कुराको खोजी पनि गर्दैन । फलस्वरुप फलप्रतिको आसक्ति र त्यसको प्राप्तिले उसको र उसमार्फत समाजको प्रगति अवरुद्ध हुन्छ । त्यसैगरी फलप्रतिको एकदमै धेरै आसक्ति र अप्राप्तिले चरम निराशा आउँछ । त्यसैले मैले बुझेको कर्मण्येवाधिकारस्ते माफलेषू कदाचनः भनेको कर्म गर, फलको अपेक्षा पनि राख, तर फलप्रति आसक्त नहोऊ भनेको हो । यदि अपेक्षा नराख्ने हो भने त मान्छेले कर्म गर्दै गर्दैन । त्यसकारण नयाँ सन्ततिलाई सिकाउनुपर्ने शिक्षा भनेको कर्म गर र फलप्रतिको आसक्तिलाई कम गर भन्ने नै हुनुपर्छ ।
पौड्यालल नेपाल सरकारका मुख्य सचिव हुन् ।
साभार : http://www.ekantipur.com/np/2071/1/23/full-story/388709.html#sthash.OWGZAvCJ.gbpl

Monday, July 15, 2013

नेपाली 'दलाल बौद्धिकता' -----सौरभ

यतिबेला २५ हजार नेपालीहरू विदेशी 'पेरोल'मा छन्, २७ हजारको टेलिफोन 'ट्यापिङ' भइरहेको छ, २ सय खुलेआम देशद्रोह गरिरहेका छन् (यी अंकहरू केही स्रोतहरूसँगको कुराकानीपछि तय गरिएको हो । यसमा १० प्रतिशतको तलमाथि हुनसक्छ ।) यो भनेको राष्ट्रिय स्वार्थका मुद्दाहरू भयावह र गम्भीर संकटमा छन् भन्ने स्पष्ट संकेत हो । चिनियाँहरू भन्छन् रे नै, 'तिम्रो देशमा कोचाहिँ बिकेको छैन ? कोसँग सहकार्य गर्ने ?' अब शीर्षकको सविस्तार व्याख्यातिर गइन्छ ।
'मियाँके दौड'
खुलाबजार अर्थतन्त्रमा देश गएपछि घर बनाउनु ठूलो कुरा भएन । जस्तोसुकै उपभोग्य वस्तु पनि सहज भए । तर त्यसपछि बहुसंख्यक बुद्धिजीवीको जीवनोद्देश्य कहीँ न कहीँको राजदूत हुनगयो । यसका निम्ति भएका आश्चर्यजनक दौडका सयौं उदाहरण पाइन्छन् । राजदूत हुनकै लागि कांग्रेसबाट एमाले हुँदै एमाओवादीसम्म प्रवेश हुनपुगेको नमुनादेखि ख्यातनाम चिकित्सकसम्मले राजदूत हुन नपाएकोमा गरेको लिखित आलापदेखि अक्सिजन सिलिन्डर बोकेरै हिँड्नुपर्ने खुम्रे
भइसकेको बुद्धिजीवीका दौडधुपसमेत सार्वजनिक भएका छन् ।
मध्ययुगीन युरोपमा युद्धकालमा सरकारलाई चन्दा दिएर आलु जमिनदारले त्यसका बदला अर्ल र ड्युक पदवी लिएका उदाहरणभन्दा पनि गएगुज्रेका छन्, हाम्रा दृष्टान्तहरू ।
देवकोटाले चन्द्रमा र उद्देश्यका बारेमा जे पंक्ति लेखे, त्यो यथार्थमा अधिकांश बौद्धिकहरूका निम्ति होइन भन्ने आजका मितिमा टड्कारै देखिन्छ । ऊर्दूमा उखान छ, मियाँके दौड मस्जिद तक । यहाँ मियाँको ठाउँमा बुद्धिजीवी र मस्जिदको ठाउँमा राजदूत राखिदिए हुन्छ ।
आकाश कुसुमको खेती
प्रशस्त स्वदेशी, विदेशी औषधीहरू, मानिस, जनावर र कृषिजन्य उत्पादनमा परीक्षण भइरहेका छन्, प्रतिदिन सीमा मिचाइ छ, संविधानमा आफ्ना स्वार्थ घुसाउने चलखेल छ, चीनसँगको द्वन्द्वमा खुड्किलो बनाउने अभिप्रायः छ, संस्कृति मेट्ने होड छ, आदि-आदि । अर्थात् २०३६ सालमा विश्वेश्वर कोइरालाले बानेश्वरको रत्नराज्य स्कुल प्रांगणमा भनेको 'भ्वाङहरू परेको डुंगा'भन्दा पनि डरलाग्दो स्थितिमा छ देश । तर बहुसंख्यक बुद्धिजीवी यसबारे बोल्दैनन् ।
किनभने बर्कलेले भिजिटिङ प्रोफेसरका रूपमा नबोलाइदेला, बीपी स्मृति प्रतिष्ठानले गोष्ठी र गोवा भ्रमणको खर्च नबेहोरिदेला, विवेकानन्द फाउन्डेसनले निम्तारुको सूचीमा नराख्देला, फुलब्राइट स्कलरसिप प्रोग्रामले सल्लाहकार र परीक्षकमा नराख्ला, अमेरिकी आईभीपी प्रोग्राममा नपरिएला, अशोका फेलोसिप नपाइएला आदि-आदि भन्ने त्रासै-त्रासमा नेपाली बुद्धिजीवीको रात अनिँदो रहन्छ । अर्काको पैसामा ब्रेकफास्टदेखि डिनरमा रम्न र घुम्न पल्केको परजीवी बुद्धिजीवीतन्त्रका निम्ति राष्ट्रिय स्वार्थ र व्यक्तिगत स्वार्थ बीचको पुल कहिल्यै बन्दो रहेनछ । जीवनभरि आकाशे कुसुमको प्रतीक्षा गर्ने हो ।
परिवर्तनको संवाहक
परिवर्तनको संवाहक वाक्यांशले सम्बोधित हुने लोभ अधिकांशमा छ । जबकि समाज/कालखण्ड स्वयम् परिवर्तित हुन्छ, पानीले आफ्नो सतह आफैं मिलाएजस्तै । बुद्ध, कन्फ्युसियस, लिंकन कसैले समाज र काल परिवर्तन गरेका होइनन्, त्यसलाई गलत बाटोमा जान नदिने प्रयत्न गरेको मात्रै हो ।
परिवर्तनको संवाहक हुने सतही लोभले विदेशी एजेन्डाहरू 'यस सर', 'ओके सर', 'थ्यांक यु सर', 'एक्स्क्युज मी सर', 'प्लिज सर'को शैलीमा सहजै कथित कार्यपत्रहरूमार्फत स्वीकृत भएका छन् । पश्चिममा नबिकेका पब बाउन्सर, स्किन हेड, ट्राम्प, भेन्डर, भ्यालेहरू सहजै नेपालमा 'पोष्ट-मोडर्निष्ट' शैलीमा बुद्धिजीवीका रूपमा दीर्घकालीन वासिन्दा र रैथाने सरहसम्म भएका छन् । यो दासताले अहिले पनि केहीलाई म्यागासेसे पुरस्कारनिम्ति 'क्याररट एन्ड स्टिक'को शैलीमा कुदाइरहेको छ । जबकि त्यसको रकमदाता फिलिपिन्स स्वयम् होइन । यो एक उदाहरणमात्र हो ।
'आई ओपनर'
युएन अन्तर्गतका र आईएनजीओका नेपाली कर्मचारीको वाक्यविन्यास यस्तो ब्रोइलर शैलीको हुन्छ- मानौं त्यो नेपाली भाषिकाभन्दा बढी कुनै पाइतो र तगालोग हो । त्यसैगरी रटिरटाउ 'जार्गाेन' र 'फेज'हरू थोपरेर 'रिसाइकल्ड रिपोर्ट'हरू तयार हुन्छन् । तैपनि ती अन्तर्राष्ट्रिय
चारखाल अड्डाहरूका काइते प्रतिवेदनहरू 'आई ओपनर' हुन पुग्छन्, बाँकी नेपाली बुद्धिजीवीका लागि । किनभने त्यहाँ डलर छ, नीलो प्लेटको दमखम छ । जबकि सबै जान्दछन्, घर ल्याएपछि त्यो 'ट्वाइलेट पेपर रिपोर्ट'भन्दा बढी हुँदैन ।
यसैले खुला दिसामुक्त क्षेत्र घोषणाका नाममा परोक्ष प्रेरणा र सहयोग गरेर पश्चिमले तिम्रो देश एउटा ओपन ट्वाइलेट हो भन्यो र भनायो । अझ उल्टो अंग्रेजीमा 'वेलकम टु नेपाल्ज फस्र्ट ओपन डिफेकेसन फ्रि डिष्ट्रिक्ट' अनुवाद गरेर तनहुँको कोत्रे नाघ्ने बित्तिकै ठूलोभन्दा ठूलो होर्डिङ टाँस्दा आफू विश्वका अगाडि महाकोत्रे हुनपुगेको कास्कीवासी बुद्धिजीवीहरूलाई पत्तो छैन । यो एक उदाहरण हो । कालिकोटमा 'फ्रिडम फर हंगर'ले चामल बाँड्नुपर्दा योजना आयोगका बुद्धिजीवीहरूको सम्मान भएको हो कि अपमान ? हेक्का छैन । 'जिजानोइड्स' पो बाँडिरहेको छ कि 'जीएम' चामल पो बाँडिरहेको छ कि विज्ञहरूलाई चिन्ता छैन ।
जनमत निर्माता
मेकालेले स्ट्याटिस्टिक्सलाई 'लाइज एन्ड ड्यामलाइज' भनेका थिए । तर एक भूगोलशास्त्रीले तथ्यांकका आधारमा २०४० सालदेखि साम्प्रदायिकता पस्कन थालेयता केन्द्रीय तथ्यांक विभागले दिने तथ्यांकका वैकल्पिक टेबुलेटरहरूको धेरथोर औतारहरू देखिँदै गएका छन् ।
अखबारी कार्यपत्रहरूलाई केहीयता प्रवचनपत्र भन्न थालिएपछि टेबुलेटरहरूलाई गाह्रो पनि परेको छ । मतसर्वेक्षक/सेफलजिस्टको नयाँ कायामा ती आफ्नो मनलाग्दो प्रश्नहरू तय गरेर मनलाग्दो अंकहरू बटुलेर आफ्नो किसिमको व्याख्या गर्न उद्यत भएका छन्, जसको लगानीकर्ता विदेशमै हुन्छ । यसरी विदेशी इसारामा साम्प्रदायिक बुद्धिजीवीको व्यापक उत्पादन भएर आइनै रहेको छ ।
सहजकर्ता
फिरंगीहरूले नेपालको आन्तरिक खिचातानीमा मध्यस्थकर्ता हुने प्रपञ्च रच्नुसमेत अनौठो होइन । यस्तो इच्छा ०६२/६३ सम्ममा दर्जनौं फिरंगीले व्यक्त गरेका हुन् । किनभने त्यसको कारक उही हो । तर नेपाली बुद्धिजीवीहरूबीच नै सहजकर्ता हुने एउटा विचित्रको लोभ थियो र छ । जब जनताले महिनाको तीन हजार डलर खाने र पैंतीस सय डलर खान्छन् भन्न थाल्यो, तिनको साख बजारमा गिर्‍यो, अनि तिनले बाटो बदले ।
ती यात विदेशी राजधानीमा नेता भनाउँदाहरूलाई ओरालेर फिरंगीको ढोकामा पुर्‍याउने योजना बुन्ने भए (हेरे हुन्छ, विवेक शाहको पुस्तक) या नसके फिरंगीलाई काठमाडौं उतारेर नेता भनाउँदाहरूलाई हाजिर हुन ह्विप लगाउने भए (गोदावरीको कथित वार्ता) । यो विशुद्ध बौद्धिक दलालीबाहेक केही होइन ।
नेपाली मामिलामा केन्यादेखि यशपाल घई र युरोपदेखि नाभी पिल्ले नामका भारतीय मूलकै पात्रहरूलाई बारम्बार उभ्याइरहने प्रवृत्तिले जरो हाल्न जब सकेन, उनीहरूका पनि मालिक पश्चिम गुहार्नु तिनको नियति भएको छ । उसका हिमायती नेपाली नेताहरूको मलमूत्र त्याग बराबरको पदत्यागलाई महान कार्य भन्दै बचाउ गर्नु कर्मचारी दायित्वभित्र परेको छ ।
अग्रगामी सोचकर्ता
खुलाबजारले समानान्तर अर्थतन्त्र पनि स्थापना गर्छ । क्यासिनोको चल्ती, ब्रान्डेड लुगाफाटा र महँगो मदिराको पसल, पश्चिमका गल्ली-गल्लीमा हुने पिज्जाहट र केएफसीजस्ता ममचा पसल मार्का 'आउटलेट'हरू नेपालमा मध्यवर्गीय पारिवारिक जलपानका निम्ति 'स्टाटस सिम्बोल' नै हुने चलन, २८ रुपैयाँको रसवरीमा झिँगाजस्तो भीड त्यसका नमुना हुन् -चिनियाँहरू भन्छन् रे, 'नेपाली ! न लाउन जानेको छ, न खान ।) अर्थात् त्यो राजनीतिक परिवर्तनले ल्याएको आर्थिक प्रगति किमार्थ होइन ।
बरु सडकमा भेटिने माग्नेहरू नेपाली नागरिक पटक्कैजस्तो नहुनु र अक्करे भीरमा भए पनि सुकुम्वासी भनिनेहरूको केही न केही जग्गाजमिन हुनु आज पनि नेपालीहरू सम्पन्न छन् भन्ने कुराको संकेत हो । तर विदेशी सहयोग नभए नेपाल चल्दै-चल्दैन, चल्नै सक्दैन भन्ने पाचक बेच्न थालिएको ६० वर्षभन्दा बढी भयो । अब ८ सय सवारी साधन नभए चुनावै हुनसक्दैन भन्नेसम्ममा त्यो पुगेको छ । योजना आयोगमा पच्चीसौं वर्ष बिताएका योजनाविद्कै मुखबाट सुनियो, 'असम्भव ! आजकै मितिबाट सहयोग र ऋण नलिने प्रतिबद्धता गर्ने हो भने पनि पच्चीस वर्षसम्मका निम्ति असम्भव ।' यद्यपि वैदेशिक सहयोग लिनु र नलिनु अब अन्तर्राष्ट्रिय प्रतिष्ठाको विषय अवश्य रहेन ।
तर त्यसले वामपन्थीहरूले भन्नेजस्तो दलाल पुँजीपतिलाई कुन हदसम्म बलियो बनाउँछ र आफैंलाई कति कमजोर ? भन्ने कुराको चिन्ता कथित अग्रगामी सोचकर्ताहरूमा देखिन्न ।
गुप्त विद्रोही
हन्टिङटनले नयाँ सत्ताले पुरानोसँग बदला लिने प्रयास गर्दा आफू स्थापित हुन सकिन्न भन्ने विचार व्यक्त गरेका थिए (थर्ड वेभ) । यसैले मल्लिक आयोगको प्रतिवेदन सार्वजनिक भएन । नतिजास्वरूप पञ्चांग्रेस र पञ्चमाले सरकारहरूको स्थापना भयो । अर्थात् दण्डहीनता स्थापित भयो र त्यसैमाथि माओवादी विद्रोह उभिन सक्यो ।
हन्टिङटनले नै सभ्यताहरूभित्र द्वन्द्व हुन्छ र बलियोले कमजोरलाई खाँदै लान्छ भन्ने विचार पोखे -क्ल्यास अफ सिभिलाइजेसन्स) । यसैले कथित 'ग्लोबलाइजेसन'लाई बुझेका चतुरहरू मिलाएर पश्चिमा संसारले नागरिक समाज निर्माण गर्‍यो । अब दरबारी हुकुम प्रमांगीबाट नियुक्ति पाएकाहरू, पञ्चायती विद्यार्थी संगठनले नेता बनाएकाहरू, राजाको मन्त्री पदका निम्ति दरखास्त हालेकाहरू, ०३६ सालमा त्रिचन्द्र कलेजको कौशीबाट आन्दोलनकारीहरूमाथि ढुंगा बर्साएकाहरू, ९ महिनासम्म दक्षिणढोका धाएकाहरू गुप्तविद्रोहीको छवि लिँदै सडकमा उत्रिए । विदेशी सञ्चालित एमाओवादले यो विशुद्ध अवसरवादलाई मित्रशक्ति मान्ने नै भयो ।
बि्रटिसहरूमा साबोटर्स, गाइर्फस, रूसीहरूमा डिसेम्बरिस्ट आदि अनेक नामले यो प्रवृत्ति परिचित छ । यसको सबैभन्दा ठूलो उद्देश्य रहन्छ, विचारहरूको धु्रवीकरण हुन नदिनु -काका र भतिजा, दाजु र भाइ, आमा र छोरा भिन्न खेमाहरूमा काम गरेर भए पनि) र नयाँ मालिकहरूका हातहरूलाई निणर्ायक शक्ति बनाउनु ।
परराष्ट्र र द्वन्द्वविज्ञ
एडियाटि्रक सागरबाट जिब्राल्टर हुँदै जाने पेट्रोलवाहक जहाजहरूले बारम्बार बाधा बेहोरिरहेका हुँदा युगोस्लाभिया टुट्न पुग्यो । नेपालले पनि यस्ता कुुरामा समयमै ध्यान दिनुपर्छ- कान्तिपुरमै छापिएको भनाइ हो यो कथित परराष्ट्रविद्को । तिब्बत मामिलामा हामीले पश्चिमा नीतिप्रति उदार हुनुपर्छ/तराईका मामिलामा दक्षिणका कुरा सुन्नुपर्छ मात्र भनिएको छैन यसमा । 'सौ चुहे खा के बिल्ली चली हज करने' उखानै छ ऊर्दूमा । यो कस्तो विद्वत्ता र देशप्रेम हो, बुझिनसक्नु छ । धेरैको यही हाल छ ।
समाजशास्त्र पढेर नेपाल आएकी एक नर्वेजियन महिला बीस वर्ष नेपाल बसेपछि द्वन्द्वविश्लेषक हुँदै निशस्त्रीकरणविज्ञ बन्न पुगिन् । नेपालीहरूका निम्ति उनको त्यससम्बन्धी हाते किताब नै छ । उनैका चेला अनेकन द्वन्द्वविज्ञहरूको जोडले सेना र एमाओवादीको बन्दुक एकै ठाउँ अन्ततः विलिनीकरण गर्‍यो । त्यसले नेपालको नयाँ गणतन्त्रलाई अफ्रिकाको त्यही गणतन्त्रमा पुर्‍याउनेछ, जसलाई पश्चिममा होच्याएर 'बनाना रिपब्लिक' भन्ने गर्छन् । काठमाडौंमा 'इन्डियनाज्ड कम्युनिष्ट' भनिने जेएनयुका उत्पादनहरूले त्यसमा पुर्‍याएको नतिजा कति फलदायी होला, स्पष्ट होला नै ।
अन्त्यमा,
जसले अति पुरानो नेपाल बुझेका छन्, तिनले २६ औं शताब्दीमा टेकेको पनि ५६ वर्ष भयो । जसले आधुनिक नेपाल बुझेका छन्, तिनले २१ औं शताब्दीमा टेकेको पनि ७० वर्ष भयो । तर यी २१ औं शताब्दीमा टेकेको भर्खर १३ वर्षमात्र भएका नवकिशोरहरू विश्व कहाँ पुगिसक्यो ? भनेर थाक्दैनन् ।
यही कारण हो, यतिबेला देशमा भीरकोटका हृषिकेश शाहले स्थापना गरेको स्कुल 'इन्डो-अमेरिकन एक्सिस' नेपालको राजनीति, कूटनीति, मानवअधिकार यावत् क्षेत्रमा प्रभावशाली छ । उनकै चेलाचपेटाहरू जताततै सक्रिय छन् । आफ्नै 'आठ टीका' मध्येको 'हाउस अफ गोर्खा' (लुड विग स्टिलरको संज्ञा) शक्तिशाली भएको ईष्र्याले पृथ्वीराज चौहानविरुद्ध जयचन्दको अवतार लिन पुगेको शाहको यो नवऔपनिवेशिक स्कुलका दिनहरू कति पर जाने हुन् भन्न सकिन्न । तर कालिकोटका योगी नरहरिनाथले स्थापना गरेको स्कुल- 'नेपाली अलाइज' पनि धेरै दिन चुप लागेर नबस्ला !
- See more at: http://www.ekantipur.com/np/2070/3/31/full-story/372112.html#sthash.Jz1p217h.dpuf

Monday, May 16, 2011

एनसेलको झुट्टा प्रचार



 lglh If]qsf] nufgLaf^ ;+rflnt lhP;Pd df]jfO{n ;]jf k|bfos ;+:yf Pg;]n laut s]lx lbg b]lv ckÚi^ k|rf/ ;fdfu|L ;lxt u|fxsnfO{ e|ldt kfg]{ la!fkg k|sflzt ub}{ cfPsf] % . p;sf] 50 nfv ;GtÚi^ u|fxsx?sf ;fy g]kfnsf] g+ 1 lhP;Pd df]jfO{n ;]jf k|bfo ;+:yf eGg] Psbd unt / ;]jfu|flxnfO{ e|ldt kfg]{ la!fkg xf] . pQm la!fkgsf] ;To tYo laa/)f lbgÚkg]{ lgofds ;+:yf g]kfn bú/;+rf/ k|flws/)faf^ sÚg} k|sf/sf] v)*g gcfpgÚ k|flws/)fsf] u}/ lhDd]jf/kg xf] . u|fxsju{nfO{ e|ldt kfg]{ la!fkg lbg] ;+:yf / pQm la!fkgsf] cgÚudg gug]{ k|flws/)f lar st} ldn]dtf] % of pRr dÚgfkmf cfh{g ug{ ;kmn ;/sf/L sDkgL g]kfn ^]lnsdnfO{ *Úafpg st} cb[Zo v]n zÚ? x+Úb}% ls eGg] ;xh cgÚdfg ;j{;fwf/)f ;]jfu|flxnfO{ kg{ yfn]sf] % .

 lhP;Pd ;]jfsf] laleGg pks/)f dWo] lelh^/ nf]s]zg /lhi^«/ (le=Pn=cf/=) o:tf] pks/)f xf] h;df nu O{g u/]/ ;DkÚ)f{ rfnÚ PlS^e u|fxs ;+Vyf kQf nufpg ;lsG% . s] cfhsf] lbg ;Dd bú/ ;+rf/ k|flws/)fn] Pn;]nsf] ;DkÚ)f{ le=Pn=cf/= df kl/If)f ul/ p;n] bfla u/]sf] u|fxssf] ;+Vof kÚli^ u/]sf] % ? o;f] eGgÚsf] tfTko{ k|flws/)fn] g]kfn ^]lnsdsf] k|rf/nfO{ a]jf:tf u/] klg xÚG% t/ Pg;]n sf] rflx+ l;i^daf^ g} kÚi^L xÚg] ul/ cWoog ug{Úk%{ elgPsf] xf]O{g . k|flws/)fsf] cf¤vfdf ;a} ;]jf k|bfos ;+:yfx? a/fj/ xÚgÚk%{ . ;a}n] k|rf/ u/]sf] u|fxs ;+Vof tyf ;]jfsf] uÚ)f:t/  /fd|f] ;+u cWoog u/]/ dfq k|rf/df Nofpg] aftfj/)f agfpgÚ kb{% . cGoyf cGo ;]jf k|bfos ;+:yfx?nfO{ k|tIo tyf ck|tIo ?kdf c;/ kg{ ;Sb% . o;df klg Pg;]nsf] bfla k|flws/)fsf] sÚg} k|lta]bgdf pNn]v eP cgÚ;f/ s} xf] eg] p;sf] bfla oyf]lrt g} dfGgÚ kb{% .

laut 2 bzs b]lv g]kfn ^]lnsd ;/sf/nfO{ ;a}eGbf a(L s/ ltg]{ ;/sf/L sDkgL xf] . o;sf] cnfjf lglh sDkgL x?sf] zÚ?jftL b]lv g} pRr k|lt:kwf{df l^Sg ;kmn Psdfq ;/sf/L sDkgL ^]lnsdnfO{ k|tIo c;/ kfg]{ vfnsf] la!fkg ;DjlGwt lgsfosf] kÚli^ lagf g} k|sflzt xÚgÚ cToGt} u}/ lhDd]jf/kg afx]s c? s]lx xf]O{g .

 xÚg t Pg;]nsf] ;:tf] u|fxs la:tf/ sfo{s|d ;a}nfO{ cjut} % t/ h;/L l;dsf*{x? a+f(] klg ;Dejt p;n] bfla u/]sf] u|fxs ;+Vof zÚ? b]lv g} p;sf] laleGg sfpG^/af^ tyf laleGg dxf]T;jaf^ ;:tf] nf]slk|otfsf] nflu afl*Psf] ;DkÚ)f{ l;dsf*{x? xf]nf t/ u|fxs ;+Vof s] slt eGg] sÚ/f xfn rfnÚ /x]sf] ;DkÚ)f{ le=Pn=cf/=x?df PlS^e hDdf u|fxs g} xÚG% .

o:t} csf]{ sÚ/f slxn] sf+lx ;ef ldl^édf hf+bf tyf ;fyL efO{x? sf] hd#^ xÚ+bf df]jfO{n gDa/x? cfbfg k|bfg ug]{ lznlznfdf nueu 10 hgfdf sl&gn] 1, 2 hgfsf] gDa/ Pg;]nsf] xÚG% . olb Pg;]nn] bfla u/]sf] ;lx xf] eg] slDtdf 10 df 5 hgf sf] gDa/ p;sf] xÚgÚ kg]{ xf] . xf]O{g eg] 50 nfv ;+Vof Pg;]nn] sxf+ sxf+ af(]sf] % ? :ki^ xÚgÚ k%{ .

g]kfn ^]lnsdn] ;/sf/nfO{ ltl//x]sf] s/df nueu 50  k|ltzt eGbf al( /sd lh=P;=Pd= df]jfO{n ;]jfaf^ % . olb Pg;]nn] bfla u/]sf] u|fxs ;+Vof ;lx xf] eg] s] ca p;n] To;s} xf/fxf/Ldf ;/sf/nfO{ s/ ltnf{ t ?  x]g{ af+ls % .

dflysf ;j} sÚ/fx?nfO{ k[i^eÚlddf /fVb} g]kfn ^]lnsd k|lt laleGg ;dodf eO{/x]sf bÚJo{axf/x? h:t} tf/ rf]/L, clK^sn kmfO{j/ s^fg cflb O{TofbL ;DkÚ)f{ sÚ/fx?sf] Pp^} pb]Zo ;/sf/L sDkgL ^]lnsdnfO{ *Úafpg] v]n xf] ls eGg] ;xh cgÚdfg ug{ ;lsG% . o:tf e|ldt sÚ/fx?af^ g]kfn ;/sf/ tyf ^]lnsd kl/jf/ ;b}j ;hu /xgÚ kb{% . olb bú/ ;+rf/ k|flws/)f lhDd]jf/ % eg] Pg;]nsf] bflanfO{ tTsfn p;n] v)*g of kÚli^ ugÚ{ k%{ .
    
-          lbg]z rGb| kGyL
dineshpanthy@gmail.com

Friday, February 25, 2011

नेपाललाई यसरी पनि बुझौँ कि !



तीर्थबहादुर श्रेष्ठ
(साभार : नागरिक दैनिक, फाल्गुन १२ , २०६७, बिहिबार)

नेपाललाई दुई ढुङ्गाबीचको तरुल भन्थ्यौं। आज यो दुई तरुलबीचको ढुङ्गाजस्तो भएको छ। निर्जीव, निश्चल र निरीह पनि। चार जात ३६ वर्णको देश भन्थ्यौं। आज ३ नेता र २८ पार्टीबाहेक कोही छैनजस्तो लाग्छ नेपालमा। अपार जलस्रोतको देश भन्थ्यौं। अँध्यारोको गहिराइमा सुतिरहेछौँ हामी। काम र मामको अभावमा फसेका नेपाली युवा शक्ति विदेश पलायन भएका छन्। तिनकै पसिना, रगत र रेमिट्यान्सबिना अर्थतन्त्र नचल्नेजस्तो भैसक्यो। देश प्रेमप्रति वितृष्णा बढ्दैछ हाम्रो युवा पिँढीमा। यस परिदृश्यमा नेपाललाई फेरि एकपटक बुझ्ने चेष्टा गरौँ।
• यसको भूस्वरूपका बारेमा
• यसको प्राकृतिक एवं मानवीय संसाधनका बारेमा
• यसको सांस्कृतिक विविधताका बारेमा र,
• यसको आफ्नो विशेष पहिचान के हो? त्यसका बारेमा।
हामी आफैंले आफूलाई 'ल्यान्ड लक्ड' भन्छौं तर एसियाका दुई विशाल राष्ट्रलाई जोड्ने भूसेतुको रूपमा रहेको अनुभव गर्दैर्नौ। 'ल्यान्ड लिंक्ड' भन्दैनौ। विश्वको सबभन्दा धेरै जनसंख्या र सबभन्दा ठूलो जनघनत्वलाई आवश्यक पर्ने पानी हाम्रै जलस्रोतले पिउन दिइरहेको छ। त्यसप्रति कोही अनुगृहित छैनन्। छिमेकी मित्र राष्ट्रका छिमेकी जनसमुदायले सिर्जेका अवसरजस्तै व्यापार र बजार, पर्यटन र मनोरञ्जन, क्षेत्रीय सहयोग र आपसी उन्नति आदिलाई हामीले भजाउन सकिरहेका छैनौ। हाम्रो असंलग्न परराष्ट्र नीति र भौगोलिक मध्यस्थताले जुराएका अवसर यसै खेर गइरहेका छन्। नेपालीको ऐक्यबद्धता र संगठित प्रयास हुनसक्यो भने समृद्ध नेपाल समृद्ध एसियाको माझमा उभिनेछ। धेरै समय लाग्दैन। मलाई यस्तै लाग्छ। किनभने प्राकृतिक स्वरूप र सम्पदा तथा सांस्कृतिक विविधताका दृष्टिमा नेपाल एसियाको विनिमय केन्द्र हो। जीव विशेषज्ञहरूका नजरमा नेपाल त्यो भूस्वर्ग हो जहाँ छ वटा विशाल जीव प्रान्तका साँध जोडिन पुग्छ। दक्षिणपूर्वी एसिया र मलेसियाको जैविक प्रान्तको उष्ण र आर्द्र जलवायु झापा र मोरङसम्म विस्तार हुन्छ। जापान र चीनको शितोष्ण क्षेत्र कञ्चनजंघा र अन्नपूर्णसम्म फैलिएको छ। मध्यएसियाको सुख्खा र ठण्डा प्रदेश मुस्ताङ र डोल्पासम्म विस्तारित छ। श्रीलंका र भारतको उष्ण जलवायु हाम्रो तराई मधेससम्म फैलिन पुगेको छ। सुडान र जाम्बिया क्षेत्रका सुख्खा उष्ण घाँसे परिवेशले सुदूरपश्चिम नेपाल छुन पुग्छ। इरान, टर्की र भूमध्य सागरीय जलवायु पनि धौलागिरीको काखसम्म आइपुग्छ। यी छ प्रान्तको विविधता एकै थलोमा संरक्षण गर्नुपर्‍यो भने त्यो संगमस्थल नेपालै हो। यी छ प्रान्तबीच जैविक वा वातावरणीय अन्तरक्रियाको अवसर पनि नेपालमा प्रशस्त हुन्छ।
हामी नभुलौं, नेपालको काखमा हिमाल छ। त्यसैले 'हामीले हिमाल उचाल्यौं एसियाको माझमा।' लगभग दुई हजार पाँच सय किलोमिटर लामो हिमालको मध्यस्थलको आठ सय किलोमिटर नेपालभित्र पर्छ। त्यसैले पूर्वी हिमालका चाँप र गुराँसले पश्चिमी हिमालका देवदार र जैतुन नेपालमा भेट्छन्। पूर्वको चिलिमे चराले पश्चिमको च्याखुरा पनि नेपालमै भेट्छ। यसैगरी उत्तरतिर तिब्बत क्षेत्रका गेरु रङ्गे भालु (ब्राउन बियर) को वासस्थान हिमाली कालु भालुको वासस्थानको निकटसम्म आइपुग्छ। त्यही गेरु रङ्गे भालुको पद चिन्ह हिउँमा छापिएपछि यतिको पाइला बन्न पुग्छ। यति विशेषज्ञहरू यस्तै निर्क्योलमा पुगेका छन्। यी विभिन्न कारणले गर्दा नेपाल एसियाको चौबाटो हो। चौबाटाको फाइदा व्यापारीले उठाउँछ। तस्कर व्यापारीले यो फाइदा उठाएका छन् तर वैध व्यापारीका लागि त्यस्तो सहज अवस्था हामीले सिर्जन सकेका छैनौ। हाम्रो विकासको बाटो त्यतैतिर छ भन्नु अत्युक्ति हुँदैन।
हामी मनसुन क्षेत्रमा छौँ। प्रकृतिको क्रीडा भनौ वा वातावरणीय खेल, त्यसमा मानिस र मनसुनको प्रभावमा पर्वतीय परिवर्तन हुने गरेको छ। पर्वतीय देश। हाम्रो मूल समस्या उकाली–ओराली। थाप्लोबाट नाम्लो हटाऊ भन्छन् हाम्रा गाउँले दिदीबहिनी। पृथ्वीको गुरुत्व हाम्रो समस्या हो भने समाधान पनि त्यहीं छ। जलस्रोतलाई जलशक्तिमा बदल्नुपरेको छ। हाम्रो जलमा शक्ति छ किनभने ती उचालिएका छन्। भन्छौं, हाम्रोमा अपार जलशक्ति छ। अपार भनेको त्यो शून्य हो जसको अगाडि अरू अंक छैन। त्यस शून्यको अगाडि एक थप्ने हाम्रो काम हो।
अर्को अपार सम्पदा जैविक विविधता हो। अन्न बाली, फलफूल, पाल्तु पशुपंछी तथा वन्यजन्तु, वनस्पति र जडिबुटी पनि अथाह छन्। त्यस अथाहलाई थाहमा परिणत गर्नु अर्को चुनौती हो।
नेपालीको शक्ति नेपालका पाखाबारीका करोडौं कान्ला र ड्याङमा खर्चेका पाखुरी बलले प्रमाणित गर्छ। बिनामेसिन र डिजिलले कसरी सम्याउन भ्याए ती पाखा पर्वत! विदेशी अचम्म मान्छन्। विश्वको सर्वोच्च शिखर यिनकै पाउले चढे र विश्वयुद्ध यिनकै पाखुरीले जिते! इतिहास साक्षी छ! नेपालीलाई उदासीन हुन सुहाउँदैन।
सांस्कृतिक विविधताको कुरा गर्दा १४० भन्दा बढी भाषाभाषिका मानिस मिलेर नेपाल बनेको छ। हालसालै भाषा सर्भेक्षणमा कार्यरत प्रा.डा. चुडामणि बन्धुबाट प्राप्त जानकारी हो यो। भोट, हिमाल, पहाड, मधेस, चुरे र तराई, यी विभिन्न परिवेशमा आआफ्नै संस्कृति, संस्कार र सभ्यता विकसित भएका छन्। यी विभिन्न संस्कृतिका जननी प्रकृति नै हुन्। आफ्नै परिवेशका ज्ञानविज्ञानलाई हामीले बिर्सन हुँदैन। स्थान विशेषतालाई बिर्स्यौं भने आफ्नो भन्नु केही बाँकी रहँदैन। ताप्लेजुङको तोङ्वा भनौं वा डोटीको देउडा, शेर्पाका चौँरी वा मगरहरूको मह, थारुका घोंघी वा बोटेका सहर माछा, भक्तपुरको जुजुधौ वा काठमाडौंको काउली, पाल्पाको टोपी वा प्युठानको मुला सबैमा स्वस्थानीय सुवास छन्। तिनको जगेर्ना हुनुपर्छ। आआफ्नो संस्कृति र परम्पराका स्वस्थानीय व्रत सबै जातजातिले पूरा गर्नुपर्छ। तर एउटा चिन्ताको विषय छ आजभोलि। नेपालका केही भूभाग, महत्वपूर्ण भूभागहरू नेपालीरहित रित्तो नेपालमा परिणत हुँदैछन्। गाउँको गुरुत्व र स्वस्थानीय अस्मिता गुम्दैछ। नयाँ जागरणको खाँचो टड्कारो छ।
प्रकृति र संस्कृतिको यो पुण्य भूमिमा आजभोलि विकृतिको राज छ। दुई कर्मका बिगबिगी बढ्दैछन्। विकृति र कुकृतिलाई जनताले खेद्छ भन्ने उदाहरणको रूपमा होस्नी मुवारको इजिप्टलाई हामी आज अखबारभरी पढ्छौं, रेडियोभरी सुन्छौं, टेलिभिजनभरी देख्छौं पनि। मेरो आफ्नै जीवनकालमा २००७ साल देखें, २०१७ साल देखें, २०४६ साल भोगें, २०६२/६३ लाई भोगें, रेग्मीको थप्पडले रातो भएको गाला पनि देखें। जनताको शक्तिलाई कम आँक्न हुँदैन। त्यही जनशक्ति, जलशक्ति र जमिन शक्तिलाई समुचित्त ढङ्गले व्यवस्थित गर्न सक्यौँ भने हाम्रो भविष्य उज्यालोमात्र होइन गौरवपूर्ण हुनेछ।

Friday, January 14, 2011

सार्बजनिक पार्कहरुको अभावमा काठमाण्डौंको दुरावस्था



काठमाण्डौको अव्यबस्थित सडकहरु, सडकको आसपासमा खोलिएका जथाभाबी खुद्रा पसलहरु, उकुसमुकुस पार्ने धुलो धुँवा, सवारीसाधनबाट निस्कने आवाज, अव्यबस्थित ढलनिकाश, जथाभाबी रहेका फोहोरका थुप्रोहरु, सडकको वरिपरी राखिएका निर्माण सामग्रीहरु, मनलाग्दी तवरले पार्किङ गरिएका सवारीसाधनहरु आदि कुराहरुले यो शहरलाई राजधानी शहरको सामान्य मापदण्ड भन्दा निकै पछाडी पारेको छ । तिब्र शहरिकरण सँगै खुला ठाउँहरु तथा सार्वजनिक पार्कहरुको बिस्तार तथा व्यबस्थापनमा सम्बन्धित निकायहरु उदासिन छन्। खुला हरियाली ठाऊँहरु तथा सार्बजनिक पार्कहरु शहरी जिवनका “लाईफ ब्लड” हुन्। यस्ता ठाउँहरुको विस्तार तथा व्यवस्थापन शहरी क्षेत्रमा मानव जिवनको प्रत्यक्ष सुरक्षा र व्यवस्थापन हो।
वाताबरणिय हिसाबले कचौरा आकारको काठमाण्डौ उपत्यका आफैमा त्यति उत्तम मान्न सकिन्न त्यसमा पनि फोहोर र अव्यबस्थित शहरीकरणले आक्रान्त पारेको यहाँ स्वच्छ तथा खुला वातावरण कल्पना बाहिरको कुरा भएको छ । काठमाण्डौ स्थित विभिन्न हस्पिटलहरुमा बुझ्दा वायु प्रदुषणको कारणले दिनानुदिन दम रोगीहरुको संख्या बढिरहेको छ । यसैगरी आँखाको समस्या, सुगर, वाथ तथा विभिन्न स्केलका मानसिक रोगीहरु बढ्ने क्रम तिब्र छ।
लगभग २००० बर्ष पुरानो काठमाण्डौ सभ्यता खुला ठाउँ तथा सार्वजनिक पार्हरुको संरक्षण, विस्तार तथा मनोरञ्जनात्मक हिसाबले पार्कहरुको विकाश गर्नेकुरामा सबैभन्दा कान्छो देखिएको छ। सार्वजनिक पार्कहरुको संरक्षण र विस्तार सम्बन्धी इतिहास हेर्दा युरोपमा १६ औं शताब्दीको पुनर्जागरण युगसगैं आवश्यकता महसुस भएको पाइन्छ। लगभग १८ औं शताब्दीको मध्ये तिरबाट मनोरञ्जनात्मक हिसाबमा सार्वजनिक पार्कहरुको विकाश भएको थुप्रै उदाहरणहरु छन् तर यस क्रमलाई तिव्रता दोश्रो विश्वयुद्धको समाप्ती पछि सरकारी तवर बाटै भएको पाईन्छ। हाल आएर विभिन्न शहरहरुमा खुला ठाउँहरु घटने क्रम रहेपनि सरकारी सतर्कता कायमै रहेको छ। वासिङटन डि.सी. मा मात्रै लगभग ३५ प्रतिशत ठाउँ खुला तथा सार्वजनिक पार्कहरुको लागि तथा संसारका थुप्रै प्रमुख शहरहरुमा लगभग १० देखी १५ प्रतिशत क्षेत्रफल यस्ता ठाउँलाई छुट्याईएको पाइन्छ। डब्लु. एच. ओ. को मापदण्ड अनुसार शहरी इलाकामा घटीमा ११ वर्ग मिटर खुला हरियाली क्षेत्रफल १ जनाको लागि चाहिन्छ, यस हिसाबले पनि ४० लाख जनसंख्या भएको काठमाण्डौ उपत्यकाको लागि शहरमा लगभग ४४ वर्ग किलोमिटर अर्थात जम्मा ६६५ वर्ग किलोमिटर क्षेत्रफल भएको उपत्यकाको ७ प्रतिशत भुभाग खुला तथा सार्वजनिक पार्कहरुको लागी छुट्याउनु पर्दछ। तर उपत्यका स्थित ५ नगरपालिकाहरुको तथ्याङ्क हेर्दा पोखरी, नदिनाला,खेलकुद मैदान र पार्कहरुको संयुक्त क्षेत्रफल लगभग ३ प्रतिशत मात्रै छ त्यसमा पनि सार्वजनिक पार्कहरुको क्षेत्रफल त सुन्य दशमलव ५ प्रतिशत भन्दा कम छ। मनोरञ्जनात्मक हिसाबले बनाईएको पार्क त काठमाण्डौमा सुन्य नै छ।
सरकारी निति हेर्दा छैटौं पञ्चबर्षिय योजना (सन १९८०-१९८५) देखि पछिका हरेक योजनाहरुमा वाताबरण संरक्षण सम्बन्धी कुराहरु उठिरहेका छन्। संयुक्त राष्ट्र संघ को सन १९९२ को वाताबरण तथा विकाश सम्बन्धी रियो सम्मेलनमा नेपालको तर्फबाट औपचारिक हस्ताक्षर भई त्यसै सालमा वाताबरण सुरक्षा परिषदको स्थापना गरिएको थियो। सन १९९७ मा वाताबरण संरक्षण सम्बन्धी ऐन तथा नियमहरु बनाउनुको साथै सन २००२ मा नै उपत्यकाको दिर्घकालिन विकाश योजना अन्तर्गत सार्वजनिक पार्क तथा जलाधार क्षेत्र संरक्षण सम्बन्धी विषय पास गरिसकेको छ। हाल ३ बर्षे अन्तरिम योजनामा वातावरण संरक्षण तथा व्यबस्थापन अन्तर्गत अनुमानित रु. १३० मिलियन रकम मध्ये रु. ३० मिलियन रकम युयन पार्क निर्माणमा तथा ४ दशमलव ५ प्रतिशत रकम सामाजिक जागरणमा छुट्याईएको छ। यसका साथै शहरी विकाश योजना अन्तर्गत पनि खुला तथा सार्वजनिक पार्क सम्बन्धी शिर्षकमा रकम छुट्टिएको पाईन्छ। निति निर्माणमा त्यति कमजोर नदेखिए पनि कार्यान्वयनमा सरकार तथा महानगरपालिका मौन नै छ। नयाँ निर्माण गर्नु त कहाँ हो कहाँ भएका पार्कहरु पनि फोहोर र अब्यवस्थित छन्।
शहरी जीवनमा सार्वजनिक पार्कहरुले व्यक्तिको शारिरिक तथा मानसिक अवस्थालाई सन्तुलन राख्नह ठुलो भुमिका खेल्दछ। स्वभाविक रुपले यस्ता पार्कहरु हुँदा दैनिक शारिरिक कसरत गर्ने, साथीभाईहरु सँग घुलमिल हुने, व्यापार व्यवसायमा तनाव हुँदा खुला ठाउँहरुको आनन्द लिने प्रवृतिको विकाश भई विभिन्न रोगहरु जस्तै डिप्रेशन, उच्च रक्तचाप, मुटुरोग, सुगर, दम ईत्यादि स्वत रुपमा कम हुँदै जान्छ। यस्ता ठाउँहरुको नियमित प्रयोगले मानिसहरुको मानसिक अवस्थामा प्रवलता आई दैनिक काम गर्ने जोस जाँगरमा व्यापक विस्तार हुन्छ। अमेरिकी डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सेन्टरको रिपोर्ट अनुसार सार्वजनिक पार्कहरुको आवतजावतमा सहज बनाएपछि साबिकको भन्दा २५ प्रतिशत बढी मानिसहरु हप्ताकमा ३ दिन भन्दा बढी शारिरिक अभ्यास गर्ने भएका छन् त्यसैगरि उनिहरुमध्ये धेरैमा ४८.४ प्रतिशत बढि शारिरिक अभ्यास गर्ने आदत भएको छ साथै सार्वजनिक पार्कहरुमा आवतजावत बढ्दा युवाहरुको आपराघिक मनोवृतिमा धेरै नै कमि आएको छ। सन् १९९६ को अमेरिकाको सर्जन जनरलको विस्तृत विवरण अनुसार नियमित अभ्यास गर्ने मानिसहरु अकाल मृत्यु, मुटुरोग, उच्च रक्तचाप, कोलोन क्यान्सर तथा डायबिटिजका समस्याहरुबाट बच्न सक्छन् तथा उनिहरुको स्वास प्रस्वास र पाचन प्रणालीमा व्यापक सुधार हुन्छ।
वातावरणिय हिसाबले हेर्दा २४ घण्टासम्म १० कोठालाई चाहिने बराबर को कुलिङ इफेक्ट एउटा ठुलो रुखबाट त्यति नै समयसम्म हुने वाष्पिकरणले प्रदान गर्न सक्दछ। यु.यस. फरेस्ट सर्भिसका अनुसार ५० बर्षको अवधीमा एउटा रुखले ३१,२५० डलर बराबरको अक्सिजन उत्पादन, ६२,००० डलर बराबरको वायु प्रदुषणमा रोकथाम, ३७,२५० डलर बराबरको पानी प्रशोधन तथा ३१,२५० डलर बराबरको भुक्षय रोकथाम गर्दछ । त्यसैगरी शतप्रतिशत रुखहरुले ढाकेको ठाउँमा रुखहरुले १४ प्रतिशत सल्फर डाईअक्साइड, १५ प्रतिशत ओजोन, १३ प्रतिशत धुलोको शुक्ष्म कणहरु, ८ प्रतिशत नाइट्रोजन डाईअक्साइड तथा ०.०५ प्रतिशत कार्बन मोनोअक्साइड घटाऊँदछ। सार्वजनिक पार्कहरु सम्बन्धी सरोकार राख्नेा अमेरिकी संस्था ‘द ट्रष्ट फर पब्लिक ल्याण्ड’ को अनुसार पार्कहरु तथा प्रशस्त हरियाली भएको ठाउँहरुमा मानिसहरुको चहलपहल बढनाले पर्यटकिय बिजिनेस तथा अन्य ब्यापार बिजिनेसमा अत्यधिक बृद्धि हुनुका साथै यस्ता ठाउँहरुमा घर जग्गाको मुल्य अन्य ठाउँहरुको तुलनामा धेरै हुनेगरेको छ।
सन २००१ मा नेदरल्याण्डमा गरिएको हरियाली र स्वास्थ्य सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनमा दुईटा प्रमुख कुरा सार्वजनिक गरियो। पहिलो: हरियाली भएको ठाउँमा स्वास्थ्य सम्बन्धी सिकायत कम देखियो, दोश्रो : सबैखाले प्राकृतिक हरियाली जस्तै शहरी खुला तथा सार्वजनिक पार्कको हरियाली; कृषि तथा खेतिपातीको हरियाली र बन जंगलको हरियाली स्वास्थ्यको लागी उत्तिकै प्रभावकारी देखियो।
यी तथ्यहरुलाई मध्यनजर राख्दा काठमाण्डौमा सार्वजनिक पार्कहरुको प्राथमिकताका साथ विस्तार तथा व्यबस्थापन गर्नुपर्ने देखिन्छ साथै देश भरि नै शहरीकरण हुदैं गरेका ठाउँहरुमा सार्वजनिक पार्कहरु निर्माणको लागि प्रयाप्त ठाउँ र रकम छुट्याउनु पर्ने जरुरी छ। हेर्दा मनोरञ्जनको लागी मात्र जस्तो लागेपनि यी कुराहरु मानिसको प्रत्यक्ष शारिरिक, मानसिक तथा सामाजिक अवस्थामा सरोकार राख्ने कुराहरु हुन्।
- ई. दिनेश चन्द्र पन्थी
dineshpanthy@gmail.com
२०६६-१०-२३

Wednesday, September 8, 2010

उठौं लौन साथी

लिदैं उठें बिहानीमा जुर्मुराउने जोस
टेबलभरि रगत देखें गुम भो मेरो होस
अतालिदैं छेक्न खोंजें रगतका धारा
चिच्याहट र वेदनाले ढाक्यो कोठा सारा

हिजोमात्रै बाँदरमुढे अस्ति राप्ति पारी
मर्ने हाम्रा दाजुभाईका आत्मा वरिपरी
एकै स्वरमा बोल्दै थिए नलि कत्ति रोध
भन्दै मलाई तिमि पनि नलेउ प्रतिसोध

मर्ने हामी मरिसक्यौं जाग तिमिहरु
शान्ति कै लाई अगि बढ मर्न परे वरु
हाम्ले धेरै गल्ति गरयौं साथले मतियारको
अब तिम्ले छोडनुपर्छ साथ हतियारको

अन्याय र कुरितिको लडाईं छाड्ने होईन
हतियारै समाउँदैमा पाउँदैनौ चईन
लडाईं लड विचारको साहस देखाऊ होसमा
हतोत्साही बन्दै तिमि कमि नलेउ जोसमा

अहिंसाको आन्दोलन गान्धीसँग सिक
पार्नैपर्छ अन्याय त अब तिम्ले ठिक
सबैतिर शान्ति खोज्ने हाम्रा बुद्व विर
मानिराछन् नरमाईलो हेर्दै तिमि तिर

आँउछु भनि राछन् फेरि राख्यौ भने शान्ति
फिंजाउन उहि हाम्रो पुरानो त्यो कान्ति
भन्दै सबै उडिगए आत्माहरु माथी
भइसकेछ ढिलो धेरै उठौं लौन साथी

- दिनेश चन्द्र पन्थी “दीप”
(साउन १४, २०६२)

कलम

उठ जाग धीर विर सब यहाँ
असमानता र कुरितिको यो समरमा ।
लेऊ समाउ हतियार यो कलमको
फुटाउ बाँधहरु अन्धकारको यो प्रहरमा ।।

अगि बढ, विज्ञानको लेउ साथ समझमा
उज्यालो यो चाहनालाई पार सदा रमझम् ।
शान्ति प्रिय समाज अनि विकाशको खातिर यहाँ
उठ तिम्रा हतियार कलम कितावको साथमा ।।

कालो अँध्यारो यो जंगलका बिचमा
छैनौ एक्लै छौं सबै हजारमा ।
लेउ समाउ यो दियालो साथमा
पार उज्यालो यो डाँडाकाँडा बजारमा ।।

तिखा बलिया ति हतियार कलमको
साथले लगाऊ औषधि ति विद्यारुपी मलमको ।
लेऊ साथ ज्ञान विज्ञानको यो समरमा
लड्नु छ अज्ञान, अन्धकारको यो विचमा ।।

बिद्याको सदा समिपमा हुँदैन मुर्ख कोही
पाऊँदैन न्याय समाजमा मात्रै त सदा रोई ।
सदा अगि बढ अब कलम लिई साथमा
पार उज्यालो झलमल यो अन्धकार रातमा।।

- दिनेश चन्द्र पन्थी “दीप” (२०६४-१०-०१)

Thursday, August 12, 2010

प्रगतिशील राष्ट्रवादको अन्तरवस्तु

डा. बाबुराम भट्टराई
वैचारिक राजनीतिक बहसलाई तर्कसंगत ढंगले खण्डन गर्न नसकेपछि कतिपय व्यक्ति गालीगलौजमा उत्रिने गर्छन्। लेनिनले यस्तो प्रवृत्तिलाई कमजोर मानसिकताको उपज भन्नुहुन्थ्यो। कसैलाई तर्क र तथ्यले जित्न सकिएन भने गाली गरेर मनको सन्तुष्टि लिने न्यूनपुँजीवादी प्रवृत्ति हो। यो पिछडिएको मानसिकता र संस्कारको अभिव्यक्ति हो। भारतसँगको नेपालको सम्बन्धलाई कसरी बुझ्ने र कसरी बदल्ने भन्ने सन्दर्भमा कतिपय मानिसमा यस्तो प्रवृत्ति देखापर्ने गरेको छ।
मैले विद्यावारिधी गर्दाखेरि 'दी नेचर अफ अण्डर-डेभलपमेण्ट एन्ड रिजनल स्ट्रक्चर अफ नेपाल ' विषयमा शोध गरेको थिएँ। त्यसको मूलभूत प्रस्तावनामा नेपाल अल्पविकसित हुनुमा दुइटा कारण प्रष्टाइएको छ। पहिलो : आन्तरिक कारण हो, जसमा लामो समयदेखि सामन्तवादी उत्पादन सम्वन्ध र राज्यसत्ता कायम रहनुलाई मुख्य कारण मानिएको छ। त्यसबारे कृषि, उद्योग, वित्त-व्यापार, बस्तीप्रणाली र सहरीकरण तथा भौतिक पूर्वाधार क्षेत्रको संरचनागत विवेचना गरिएको छ। दोस्रो : वाह्य कारण, जसमा सुगौली सन्धिदेखि यता नेपाल कसरी अल्पविकसित भयो भन्ने विस्तृत व्याख्या गरिएको छ। महेशचन्द्र रेग्मीका अनुसार, सुगौली सन्धिभन्दा पहिले नेपालको भारतसँगको व्यापारमा आयातभन्दा निर्यात पाँच गुना बढी थियो। सन्धिपछि त्यो उल्टिँदै गएर सन् १९८० को दशकमा आइपुग्दा निर्यातभन्दा आयात पाँच गुना बढी भएको तथ्य देखियो। गत वर्षमा त त्यो तथ्यांक सात गुनासम्म पुगेको छ। र, त्यो बढ्दै जाने प्रवृत्ति छ।

भारतसँगको यो असमान सम्बन्ध सुगौली सन्धियता आजपर्यन्त डरलाग्दो ढंगले बढ्दै गइरहेको छ। त्यसलाई मार्क्सवादी परिभाषा गर्दा 'डोमिनेन्स-डिपेन्डेन्स' सम्बन्ध भनिन्छ। समाज विकासको क्रममा एउटा अर्थतन्त्रमा पहिले पु"जीवादको विकास भएर जान्छ र अर्कोमा पुँजीवादको कम विकास हुन्छ। यस्तो भयो भने दुई अर्थतन्त्र र देशबीच असमान विनिमय सम्बन्ध हुन्छ। त्यो अन्ततः आर्थिक, सामाजिक, राजनीतिक रूपमा 'डोमिनेन्स डिपेनडेन्सी' भई अभिव्यक्त हुन्छ। ठूलो अर्थतन्त्रले प्रभुत्व जमाउने र सानो अर्थतन्त्र पराश्रित हुने हुन्छ। नेपाल-भारतसम्बन्धमा ऐतिहासिकरूपले यस्तो चरित्र देखिएको छ। मेरो शोधपत्रको निचोड पनि आन्तरिकरूपमा सामन्तवादी उत्पादन सम्बन्ध बदलिनुपर्छ र बाह्यरूपमा भारतसँगको असमान सम्बन्ध सच्चिनुपर्छ भन्ने रहेको छ। त्यो नसच्चिएसम्म नेपालको विकास र पूर्ण स्वाधीनता सम्भव छैन भन्ने निष्कर्ष निकालिएको छ।

मैले जवाहरलाल नेहरू विश्वविद्यालयमा मार्क्सवादी कोणबाट त्यहाँका वामपन्थी प्राध्यापकको सुपरिवेक्षणमा त्यो शोधपत्र तयार गरेको हुँ। आजभन्दा २५ वर्षअघि। त्यस बेलासम्म म विद्यार्थी र मजदुर राजनीतिमा थिएँ। पूर्णकालीन पार्टी राजनीतिमा आएको त्यसपछि हो। त्यस्तो पृष्ठभूमिसहित क्रान्तिकारी राजनीतिको यो ठाउँमा पुगेको मान्छे भारतप्रति कस्तो दृष्टिकोण राख्छ भन्ने बुझ्न त्यही किताब र त्यही शोधपत्र पढे हुन्छ। मैले जनयुद्धकालमा पार्टी र क्रान्तिको आर्थिक घोषणापत्रको रूपमा लेखेको ......जनयुद्धको अर्थ-राजनीतिक औचित्य'' आलेखको मूल सारतत्व पनि त्यही हो। यस तथ्यविपरीत केही व्यक्तिले मेराविरुद्ध गरेको अनर्गल प्रचारलाई विडम्बना नै मान्नुपर्छ।


नेपालका कतिपय व्यक्तिमा मण्डले राष्ट्रवाद वा सामन्ती राष्ट्रवादको रूप देखिन्छ। उनीहरूमा चर्कोरूपमा भारतको गाली त गर्ने तर आर्थिक तथा राजनीतिकरूपमा पूरै लम्पसार पर्ने, भित्रभित्रै असमान सम्झौता पनि भारतसँग गर्ने र मूलतः भारतीय उद्यमीव्यापारीको कमिसन एजेन्ट वा साझेदारका रूपमा काम गर्ने चरित्र छ। उदाहरणका लागि, विराटनगर जुट मिल नेपालको पहिलो आधुनिक फ्याक्ट्री हो। त्यसमा जुद्ध शम्शेर र कलकत्ताका मारवाडीको संयुक्त लगानी थियो। २५ वर्षअघि नेपालमा पाँच वटामात्र पाँच तारे होटेल थिए। ती सबै दरबारिया र भारतीय पुँजीपतिको संयुक्त लगानीमा थिए। अहिले त्यो प्रवृत्ति झनै बढेर गएको छ। टाटाको सिप्रदी, सूर्य टोबाकोलगायतका ठूला उद्योग हेर्ने हो भने अधिकांश दरबार र भारतीय पुँजिपतिको संयुक्त लगानीमा खोलिएका छन्। तिनै दरबारियाले झन् आफूलाई राष्ट्रवादी र अरूलाई अराष्ट्रिय भन्ने गरे। यो त नक्कली राष्ट्रवाद हो।


जनताको आँखामा छारो हालेर राष्ट्रवादको आवरणभित्र राष्ट्रघाती काम गर्ने र जनतालाई भ्रममा पार्ने जुन प्रवृत्ति दरबारिया शक्तिमा रह्यो, वामपन्थीको एउटा वृत्त पनि त्यसबाट प्रभावित रहने गर्‍यो। त्यो नेपाली कम्युनिष्ट आन्दोलनमा केशरजंग रायमाझीका रूपमा अभिव्यक्त हुँदै आयो, जसलाई 'रायमाझी प्रवृत्ति' भन्ने गरिएको छ। यहाँको लोकतन्त्रको लडाइभन्दा पनि राष्ट्रियताको लडाइलाई महत्व दिनुपर्छ, त्यसैले संसद्‍वादी शक्तिभन्दा दरबारिया शक्तिसँग नजिक हुनुपर्छ भन्ने नीति रायमाझीले लिए। त्यसका विरूद्धमा पुष्पलालहरू सामन्तवादविरुद्ध संसदवादी शक्तिसँग मिलेर लड्नुपर्छ भन्ने पक्षमा थिए। भलै संसदवादीमा पनि दलाल प्रवृत्ति थियो। त्यसैले कम्युनिष्ट आन्दोलनमा मूलतः दुई लाइन स्थापित थियो, रायमाझी र पुष्पलाल लाइन।

माओवादी आन्दोलनभित्र पनि यी दुई लाइनको बेलाबखतमा बहस चल्ने गर्‍यो। मेरो शोधपत्र र मान्यताअनुसार राष्ट्रियता र जनतन्त्र दुबैलाई जोड्नुपर्छ तर तत्काल लड्दाखेरि आन्तरिक जनवादको प्रश्नलाई हल गरेरमात्र राष्ट्रियताको प्रश्न हल गर्न सकिन्छ। आन्तरिकरूपमा जनतालाई अधिकार सम्पन्न नबनाएसम्म, आन्तरिक राष्ट्रियताको सबाल र वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक सबाललाई हल नगरेसम्म सुगौली सन्धि यता भारतसँग रहिआएको जुन असमान सम्बन्ध छ, त्यसविरुद्ध प्रभावकारी ढंगले लड्न सकिँदैन।

राजनीतिकरूपमा पहिलो त सन् १९५० को असमान सन्धि बदल्नुपर्‍यो। विसं २०५२ को चर्चित ४० सूत्रीय मागको मस्यौदाकार नै म हुँ। जनयुद्ध सुरू गर्ने बेलामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई त्यो मैले पार्टीको तर्फबाट ड्राफ्ट गरेर बुझाई हिडेको हुँ। त्यसका पहिला नौ वटा बुँदा राष्ट्रियतासँग सम्बन्धित छन्। पछि आएर संविधान सभा निर्वाचनका क्रममा पार्टीको प्रतिबद्धतापत्र पनि मैले मस्यौदा गरेको हो। त्यहाँ पनि मैले भनेको छु, यी दुईटा ठूला पहाड (आन्तरिक सामन्तवादी र वाह्य विदेशी उत्पीडन) लाई अन्त्य गरेर मात्र नेपाल स्वाधीन र सम्पन्न हुन्छ। दुईटैका लागि लड्नु त पर्छ, तर मुख्य आन्तरिक जनवादको प्रश्न नै हो। आन्तरिक राष्ट्रिय एकता सुदृढ गरेमात्र वाह्य हस्तक्षेपविरुद्ध लड्न सजिलो हुन्छ भन्ने मान्यता हो, जुन पुष्पलाल लाइनसँग बढी मिल्छ। इतिहास हेर्दा छर्लङ्ग छ, रायमाझी प्रवृत्तिका व्यक्तिले पुष्पलाललाई पनि गद्दार भनेका हुन्। जिन्दगीभर पुष्पलाल गद्दार भनी आरोपित भए। मरेपछि, ०४६ सालको आन्दोलनपछि मात्र उनी पुनर्स्थापित भएका हुन्। त्यो धङधङीबाट ग्रसित प्रवृत्तिले अहिले बेलाबखतमा टाउको उठाउने गर्छ।


हामीले अहिले राजतन्त्रको अन्त्य गर्‍यौँ। चुनवाङ बैठकपछि १२ बुँदे समझदारी हुँदै यहाँसम्म आइपुग्यौँ। राजतन्त्र त अन्त्य भयो तर सामन्तवादका सबै अवशेष अन्त्य भएको छैन। सामन्ती भूमिसम्बन्ध यथावत छ। क्रान्तिकारी भूमिसुधार नगरेसम्म किसानलाई लोकतन्त्रको खासै अर्थ रहँदैन। जातीय, क्षेत्रीय, लैंगिक उत्पीडन आदिको आन्तरिक जनवादको प्रश्न हल नगरेसम्म आन्तरिक राष्ट्रिय एकता बलियो हुँदैन र त्यो नभएसम्म वाह्य लडाइँ जित्न सकिँदैन। त्यो नभएसम्म बाहिरी थिचोमिचो सहेर बस्नुपर्छ भन्ने होइन। तर भित्रीरूपमा बलियो भएरमात्र बाहिरी शक्तिसँग लड्न सकिन्छ भन्ने हाम्रो आशय हो।

राष्ट्रिय उद्योगको विकास गरेर पर्यटन, जलस्रोत, कृषिको आधुनिकीकरण, तुलनात्मक फाइदा हुने उद्योगजस्तै सिमेन्ट, वनपैदावर, जडीबुटीआदि मार्फत् तीव्र आर्थिक विकास नगरेसम्म जतिसुकै चर्को राष्ट्रियताको कुरा गरे पनि सही अर्थमा कुनै माने रहँदैन। अहिले विदेशी ऋण नै चार खर्ब पुग्न थालिसक्यो। वार्षिक व्यापार घाटा झन्डै अढाइ खर्ब पुगेको छ। यस्तो स्थितिमा जतिसुकै चर्को राष्ट्रियताको कुरा गरेर पनि परनिर्भरता रह्यो भने, अर्काको ऋणमा रहनुपर्‍यो भने त्यसको अर्थ रहँदैन। त्यो मण्डले राष्ट्रियतामात्र हुन्छ। फेरि उद्योगधन्दा विकास गरेर देशका युवालाई रोजगारी दिन सकिएन भने रोजगारीको निम्ति युवा शक्ति लुकीछिपी विदेश पलायन भैरहन्छ। अलि विपन्नवाला भारत जान्छ, अलि सम्पन्न खाडीतिर। यस्तो अवस्था रहेसम्म राष्ट्रियताको कुरा गर्नु खाली खोक्रो नारामात्र हो।


अहिलेको सन्दर्भमा विगतका असमान सन्धिलाई सच्याउनु एउटा पाटो हो भने त्यससँगै आर्थिकरूपमा आत्मनिर्भर बन्नु व्यापक औद्योगीकरण गर्ने अर्थात् आर्थिक राष्ट्रियतामा जोड दिने कुरा नभएसम्म अमूर्त प्रकारको भावनात्मक राष्ट्रियताले खासै अर्थ राख्दैन। हामी सही अर्थमा स्वाधीन मुलुक बन्न सत्तै्कनौ। यो मेरो स्पष्ट मान्यता हो। अहिले मैले पार्टीभित्र र बाहिर पनि यही विचार राख्दै आएको छु। त्यसैले पहिले जनताको लोकतन्त्रको प्रश्न, जसलाई हामी जनताको संघीय लोकतान्त्रिक गणतन्त्र भन्छौँ, त्यसलाई संविधान सभामार्फत् संस्थागत गरौँ। त्यसलाई सहयोग गर्ने आर्थिक आधारको निर्माण गरौँ। यसको सँगसँगै हामीले भारतसँगको जुन पुराना सन्धि-सम्झौता छन्, तिनलाई कूटनीतिक तबरमा बदलौँ।

सन् १९५० को सन्धिले हामीलाई ठाउँ दिएको छ, एक वर्षे सूचना राखेर त्यसलाई खारेज गर्न पाइन्छ। हामी बलियो भयौँ भने किन सूचना जारी गरेर त्यसलाई खारेज नगर्ने? पहिले हामी सच्याउन भन्छौँ, उनीहरूले मानेनन् भने खारेजीको सूचना दिन्छौँ। जहाँ हाम्रो सिमाना मिचिएको छ, त्यस ठाउँमा बकाइदा ऐतिहासिक नक्सा राखेर आफ्नो दाबी गर्न सक्छौँ। त्यो ठाउँ पुग्न पहिले हामीले नै बलियोहैसियत बनाउनुपर्‍यो। भारतले एकदिन पेट्रोलियम रोक्दा वा नाकाबन्दी गर्दा घुडा नटेक्ने स्थितिमा हामी पुग्नुपर्‍यो। त्यसपछि आफ्नो माग पूरा गर्न सकिन्छ। खाली थोत्रो मुखले गालीमात्र गर्‍यो भने उसले स्वतः हेप्छ। त्यसैले हामी आफ्नै खुट्टामा उभिएको सही र सक्कली राष्ट्रियताको पैरबी गरौँ। मेरो भनाइ यत्ति हो।

यसबारे कतिपय साथीले बिस्तारै बुझ्दै गएका छन्, कतिपयलाई बुझ्न गाह्रो भइरहेको छ। भूमण्डलीकृत विश्वमा राज्यहरू अन्तरसम्बन्धित हुँदै गएका छन्। र, आर्थिकरूपले स्वाधीन नबनेसम्म अरू प्रकारको स्वाधीनताको अर्थ रहँदैन। हिजो जसरी उपनिवेशवादको युगमा विदेशीले राजनीतिक प्रशासन चलाउँथे अहिले त्यसो गर्दैनन्। नवउपनिवेशी तरिकाले वित्तीय पुँजीमार्फत् आफ्नो उपनिवेश कायम गर्छन्। त्यसैले आर्थिकरूपमा आफू आत्मनिर्भर नभएसम्म र परनिर्भरता नहटाएसम्म सही अर्थको स्वाधिनता प्राप्त हुन सक्दैन। मेरो यो दृढ मान्यतालाई नबुझ्नेहरूले गलत ढंगले बोल्छन् र चरित्र हत्या गर्ने अभिव्यक्ति दिन्छन्।

भारत र चीनबीचमा नेपालको विशिष्ट भूराजनीतिक स्थिति छ। नेपालको राष्ट्रिय स्वाधीनताको रक्षाका निम्ति दुई छिमेकीबीचको सम्बन्ध सन्तुलित राख्नुपर्छ। किनभने, चीनको संवेदनशील क्षेत्र तिब्बतसँग हामी जोडिएकोले उनीहरूको यहाँ चासो हुने गर्छ। खम्पा विद्रोहदेखि नेपालको भूमि जसरी चीनविरोधी क्रियाकलापमा प्रयोग गरियो, त्यसयता उनीहरूले नेपाललाई संवेदनशीलरूपमा हेर्ने गर्छन्। भारतको पनि हामीसँग तीनतिर खुला सिमाना छ। त्यो पनि उसको व्यवहारिक सुरक्षाको पाटो हो। त्यसैले हामीले भन्दै आएका छौँ, भारतसँगको सिमाना व्यवस्थित गरौँ। त्यसो गरियो भने दुईटै देशको हित हुन्छ। त्यसमा भारतीय शासकवर्गले पनि ध्यान पुर्‍याउन सकिरहेका छैनन्। हाम्राले पनि ध्यान पुर्‍याउन सकिरहेका छैनन्। भारत र चीन दुवैको सामरिक र सुरक्षा चासो जसरी नेपालमा छ, त्यसलाई हामीले सन्तुलित ढंगले लैजान जरुरी छ। भारतविरुद्धमा चीनलाई प्रयोग गर्ने, चीनविरुद्ध भारतलाई प्रयोग गर्ने प्रवृत्तिको संकीर्ण राष्ट्रियताको नीति अनुशरण गर्‍यौँ भने त्यो हाम्रो निम्ति प्रत्युत्पादक हुन्छ।

अर्कोतिर, भारत र चीन दुवै तीव्र आर्थिक वृद्धिमा छन्। २१ औं शताब्दीको अन्त्यसम्म चीन र भारत विश्व महाशक्ति बन्नेवाला छन्। अहिलेको एक्लो महाशक्ति अमेरिकाले त्यही भएर नेपाललाई बढो चासोका साथ हेरिरहेको छ। चीन र भारतका बीचमा रहेको नेपालमा अमेरिका आफ्नो पनि पाइला राख्न चाहन्छ। उसको चासोतर्फ पनि हामीले ध्यान दिन जरुरी छ। यी शक्तिका बीचमा सन्तुलित सम्बन्ध नराखीकन एक वा अर्को पक्षतिर ढल्कने वा एकलाई अर्काको विरुद्धमा प्रयोग गर्ने गर्‍यौँ भने हाम्रो राष्ट्रिय हितलाई फाइदा गर्दैन।


वर्तमान विश्व परिस्थिति र क्षेत्रीय परिस्थिति तीव्र परिवर्तनको प्रक्रियामा छ। यो परिवर्तनको गतिसँगै हामीले हाम्रो राष्ट्रिय चिन्तनको गतिको तालमेल मिलाउन सकेनौ भने एक्काईसौं शताब्दीमा हामी झन्पछि पर्ने खतरा छ। सबै सच्चा देशभक्तले प्रगतिशील राष्ट्रवादको यस सारतत्वलाई ठीक ढंगले ग्रहण गर्न जरुरी छ।

साभार : http://nagariknews.com/opinions/98-opinion/16837-2010-08-11-03-28-07.html