Dinesh Chandra Panthy

Dinesh Chandra Panthy
A Quest for Wisdom

Sunday, October 11, 2015

नयाँ नगरपालिकाहरुको घोषणा सँगै राइनास नगरपालिका र अबको बाटो

नेपाल सरकारले २०५३ सालपछिको लगभग १९ बर्ष पश्चात हालसालै छोटो छोटो समयको अन्तरालमा तीन चरणमा गरि साबिकको ५८ नगरपालिकाहरुबाट बढाएर जम्मा जम्मी २१७ नगरपालिका घोषणा गरिसकेको छ | घोषित सम्पूर्ण नगरपालिकाहरुको जम्मा जनसंख्या हेर्दा छोटो समयमा साबिकको १७ प्रतिसतबाट बढेर हाल लगभग ४२ प्रतिसत नगरवासी जनसंख्या हुन आउने देखिन्छ | सम्भबत छोटो समयमा गाउँवासीबाट नगरवासीमा परिणत हुने यो संसार कै उच्च दर हुन सक्छ | संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयका सहसचिव तथा प्रबक्ता पूर्णचन्द्र भट्टराई र  नगरपालिका महाशाखाका अधिकारीहरुसंग नयाँ नगरपालिका घोषणा सम्बन्धि आधारभूत प्रावधान र विविध आधारहरुको बारेमा बुझ्दा उक्त मन्त्रालयले भूगोलविद प्रा. डा. केशवानन्द गिरीको संयोजकत्वमा नेपाल नगरपालिका संघका अध्यक्ष तथा सम्बन्धित क्षेत्रका विशेषज्ञहरु सहित विभिन्न सरोकारवाला मन्त्रालयका उच्च स्तरीय प्रतिनिधिहरु सम्मिलित “नगर निर्धारण तथा सिफारिस प्राविधिक समिति” को सिफारिसलाई आधार मानि नेपाल सरकारले नगरक्षेत्र घोषणा गरेको बताउँदछन् | स्थानिय स्वायत्त शासन ऐनमा निर्धारित मापदण्डलाई नगरक्षेत्र घोषणा गर्ने प्रमुख आधार मानेको भनिएता पनि कतिपय नगरपालिकाहरु सम्बन्धित क्षेत्रका राजनीतिक प्रतिनिधिहरुको रहर र निजहरुले  जनमानसमा केहि गरेको देखाउने अभिलाषा पनि छिटो छिटो नगरपालिका घोषणा हुनुको कारक भएको नकार्न सकिंदैन |
स्मरणीय छ, स्थानिय स्वायत्त शासन ऐन २०५५ ले नेपाल सरकारले मुलुकको कम्तिमा २० हजार तर पहाडी र हिमाली क्षेत्रको हकमा कम्तिमा १० हजार जनसंख्या भएको र बिजुली, सडक, खानेपानी र संचारको व्यबस्था भएको कुनैपनि क्षेत्रलाई चारकिल्ला खोलि नगर क्षेत्र तोक्न सक्ने कानुनी व्यबस्था गरेको छ | यसै व्यवस्था बमोजिम २०५९ सालबाट नगरपालिका गठनका प्रयासस्वरूप आधा दर्जन भन्दा बढी प्राविधिक समितिहरु गठन भएर कार्य अगाडी बढाएको भएतापनि २०७० सालमा आएर मात्र नयाँ नगरपालिकाको घोषणा हुन सक्यो |
नयाँ नगरपालिकाहरुको घोषणा कै क्रममा सबैभन्दा पछिल्लो शृंखला अन्तर्गत नेपाल सरकारले घोषणा गरेको २६ नगरपालिकाहरु मध्ये लमजुंग जिल्लामा पनि तीन नयाँ नगरपालिकाहरु परेका छन्, जसमा पूर्वी लमजुंगको तार्कुघाट, धमिलिकुवा, चक्रतीर्थ, भलायखर्क, प्यार्जुंग र मोहोरियाकोट गरि हालको ६ गा.बि.स.हरु मिलाएर राईनास नगरपालिका घोषणा गरिएको छ | यस नगरपालिकाको क्षेत्रफल ७३ वर्ग किलोमिटर, जनसंख्या १८५२७, जनघनत्व २५४ प्रति वर्ग किलोमिटर छ | त्यसैगरि रम्घा, तान्द्रांग टक्सार, सुर्यपाल, समि भंझ्यांग, र जिता गरि हालको ५ गा.वि.स.हरु मिलाएर मध्य नेपाल नगरपालिका र भोर्लेटार, करापुटार, इशानेश्वर, र बांग्रे गरि हालको ४ गा.वि.स.हरु मिलाएर करापुटार नगरपालिका घोषणा गरेको छ | 
             व्यवस्थित नगरविकाशको आधारशिला निर्माण गरि स्थानिय साधन श्रोतको पहिचान, समुचित प्रयोग र ब्यबस्थापन, बृहत राजनीतिक र प्रशासनिक इकाई, सरकारी प्रशासनिक तथा प्राविधिक संयन्त्रको स्थायी उपस्थिति जस्ता कुराहरुलाई विचार गर्दा नगरपालिका घोषणा हुनुलाई सकारात्मक मान्नु पर्दछ | अव्यबस्थित शहरीकरण हुनु अगाडी नै सम्भाव्य क्षेत्रलाई नगरपालिका बनाउन सकेमा समग्र दीर्घकालीन नगर विकाशको सहज सुरुवात गर्न सकिने सरकारी अधिकारीहरुको मत छ तर हालको न्युनतम पूर्वाधारहरु पनि निर्माण नभैसकेको अवस्था र स्थानिय स्तरमा पर्याप्त सामान्य सार्वजनिक बहस पनि नगरि त्यो पनि विनासकारी भूकम्पले क्षत विक्षत पारेको अबस्थामा घोषणा गरिएको नगरपालिकाहरुप्रति सर्वसाधारण जनतामा देखिनु पर्ने उत्साह देखिएको छैन| घोषित नगरपालिकाहरुको विषयमा सरकारी तहबाट विस्तृत विकाश कार्ययोजना समेत प्रस्तुत गर्न नसक्दा नगरपालिकाको घोषणाले मात्र जनस्तरमा सेवा सुबिधा प्रवाह गर्ने सन्दर्भमा आउने लामै समयसम्म तात्विक भिन्नता पर्ने देखिदैन | कुनै ठोस योजना र पूर्वाधारविना रातारात गाउँवासीलाई नगरवासी बनाउनु भन्दा त बरु पुरानै परिचय नै ठिक थियो भन्ने आवाजपनि प्रसस्तै उठेको छ| कतिपय स्वतन्त्र विशेषज्ञ तथा प्राविधिकहरुले सरकारको कमजोर तयारी भयो भनिरहेको अबस्थामा सहसचिव भट्टराई भने घोषणाको क्रममा सरकारी श्रेस्ता प्रणालीलाई सकेसम्म नबिगार्ने उदेश्य राखिएकोले कतिपय पूर्वाधार विहिन दुर्गम वस्तीहरुलाई पनि नगरपालिका भित्र राख्नु परेको कुरालाई स्वीकार्दै समग्र विषयलाई मौकाको रुपमा ग्रहण गरि विध्यमान स्थानिय स्वायत्त शासन ऐनको अधिकतम उपयोग गरि आफ्नो ठाउंको दिर्घकालिन विकासमा लाग्दै जानुपर्ने धारणा राख्नुहुन्छ|
राईनास नगरपालिका कै सन्दर्भमा यसले समेटेको भूभाग पूर्वी लमजुंगको अत्यन्त सम्भावना बोकेको ठाउँ हो | सामान्य अबस्थामा पनि यो भूभाग हाललाई एकीकृत वस्ती विकाश गर्दै भविष्यमा शहर बिकाश गर्न सकिने देखि लिएर आधुनिक कृषिकरणको लागि उपयुक्त स्थान हो | पर्यावरण, पर्यटन, भौगोलिक अवस्थिति, बन क्षेत्र, खानेपानी तथा सिंचाइ र अन्य सम्भावनाहरुको समग्र वस्तुस्थितिहरुलाई मध्यनजर गरि केहि समय अगी मात्रै स्थानिय वुद्धिजीवी र सरोकारवालाहरुको पहलमा बृहत राइनास उपत्यकाको अबधारणा पनि प्रस्तुत गरिएको थियो | क्रमबद्ध तयारीको कमि भयो भन्ने नै हालको आम गुनासो हो | प्रस्तावित विस्तृत योजना, नगरपालिका भए पश्चात जनताले पाउने सेवा, सुबिधाको फरक, उनीहरुको दायित्व आदिको वारेमा स्थानिय, राजनीतिक, बौद्धिक विभिन्न तहमा बहस, छलफल, सुनुवाई, तर्कवितर्क हुनुपर्ने हो जुन कुरा अरु नगरपालिकाहरुमा जस्तै यहाँपनि त्यति देखिएन | प्रचुर सम्भावना बोकेको ठाउँ हुँदाहुँदै पनि यी र यस्तै कमजोरीहरुको कारणले अझैं लामो समय यंहा पनि नगरवासीको नाउँमा गाउँले जीवन जिउनु पर्ने हुनसक्छ|
केहि वर्षसम्म हालकै गा.वि.स.हरुलाई जोडेर विध्यमान ऐनमा सामान्य संसोधन गरि बृहत नगरउन्मुख गाउँपालिका बनाएर, नगरउन्मुख यस्ता ठाउँहरुलाई सरकारले विकाशको विशेष केन्द्रविन्दुमा राख्दै सरकारी बजेटपनि केहि बर्षको लागि नगरपालिकाको भन्दाबढी राखी अगी बढेको भए बढी परिपक्क, ब्यबहारिक, र जनताले महशुश गर्न सक्ने खालको हुने थियो | जे जसो भएपनि यो चरण पार गरिसकेकोले अब अगाडी कसरी बढ्ने भन्ने कुरामैमै सबैको ध्यान केन्द्रित हुनु जरुरि छ |
अबको प्रार्थमिकता
तत्काल स्थानिय सरोकारवाला, वुद्धिजीबी, नागरिक समाज तथा राजनीतिक दलहरु सम्मिलित सरोकार समुह गठन गरि निश्चित समय सिमा भित्र नगरपरिषद भेला आयोजना गर्ने र केहि दिर्घकालिन महत्व राख्ने निम्न विषयहरुमा बहस गरि बृहत गुरुयोजना बनाउनु आवश्यक छ |
क.    सार्वजनिक जग्गाहरुको संरक्षण
नगर विकास हुँदै जाँदा भविष्यमा सार्वजनिक स्थल, पार्क, चौतारा, पार्टी पौवाहरुले बिशेष महत्व राख्दछन | विकशित शहरहरुमा त यस्ता खुला सार्वजनिक स्थानहरुलाई शहरी मुटु नै भनिन्छ | हाललाई राईनास नगरपालिका भित्र यस्ता खुला ठाउंहरु प्रसस्त भएकाले उति साह्रो महत्व नलाग्न सक्छ तर केहि वर्ष भित्रै यस्ता कुराहरु अत्यन्त महत्वपूर्ण हुन जान्छन | नगरपालिका घोषणा भए पश्चात जग्गाको मूल्य अत्यधिक वृद्धि हुने र सार्वजनिक जग्गाहरु हडप्ने प्रबृत्ति बढ्न सक्छ | कतिपय सामाजिक संघ संस्थाहरुको पनि आँखा लाग्ने र भविष्यमा खुला स्थलहरु कम हुँदै जाने हुनाले सकेसम्म छिटो सार्वजनिक स्थल सरोकार समुह बनाई अहिल्यै देखि यस्ता ठाउंहरुको पहिचान गर्ने, लगत राख्ने, साँध सिमाना छुट्याउने, सकिन्छ भने अधिकरण समेत गरि धेरै खुला ठाउंहरु राख्ने र ठाउं ठाउँमा सचेतनामुलक बोर्डहरु राख्ने काम गरिहाल्नु पर्दछ | पार्टीपौवा, चौताराहरु हाम्रो परिचय भएकोले उचित संरक्षण गर्न जरुरि छ |
ख.    बृहत दिर्घकालिन गुरुयोजना
नगर विकाश समिति तथा सबै सरोकारवालाहरुले स्थानिय सरकारी संयन्त्रकै संयोजनमा विज्ञ, विशेषज्ञहरुलाई भेला गरि स्थानिय स्तर देखि राष्ट्रिय स्तरसम्मै व्यापक अध्ययन, अनुसन्धान, बहस, छलफल र तर्क वितर्क गरि दिर्घकालिन विकासको गुरुयोजना बनाउनु पर्दछ | यस्तो दिर्घकालिन गुरुयोजनामा विशेषत शहरी विकाशको लागि उपयुक्त क्षेत्र, वाताबरणमैत्री शहरी विकाश योजना, नगर यातायात गुरु योजना, एकीकृत बस्ती विकास योजना, आधुनिक कृषिकरणको योजना, विध्यालय, विश्वविद्यालय, स्वास्थ्य केन्द्रहरुको स्थापना, मनोरंजन स्थलको विकाश, प्राकृतिक श्रोत साधनहरुको संरक्षण, उद्योग विकाशको योजना र संचार इन्टरनेट जस्ता महत्वपूर्ण कुराहरुलाई एकीकृत रुपमा समेट्नुपर्दछ | यो कुराले स्थानिय स्तरमा अपनत्व विकास गरि समग्र दिगो विकासको आधारशिला निर्माण गर्दछ |
ग.     मापदण्ड निर्धारण र लागु
नगरपालिका घोषणा गर्नुको जे जस्तो पृष्ठभूमि भएपनि योजनाबद्ध विकासलाई यसको केन्द्रमा राख्नुपर्दछ | योजनाबद्ध बिकाशको लागि निश्चित मापदण्डको निर्धारण र कठोर पालना अत्याबश्यक कुराहरु हुन | बुज्नमा आए अनुसार आधारभूत मापदण्डको बाबजुत नयाँ नगरपालिकाको सन्दर्भमा स्थानिय स्वायत्त शासन ऐनले आवश्यकता अनुसार मापदण्डहरुको निर्धारणर लागु गर्ने कुरामा प्रसस्त अधिकार दिएको छ | यो अधिकारको व्यापक प्रयोग गरि जनस्तरमा यसको आबश्यकता र दीर्घकालिन असरको बारेमा सुसुचित गर्ने र लागु गर्न अहिल्यै देखि अभिप्रेरित गर्नु पर्दछ | यस्तो मापदण्डहरुमा मूलसडक तथा सहायक सडकहरुको लागि चाहिने पर्याप्त जग्गाको व्यवस्था, एकीकृत जग्गा विकाश तथा हाउजिंगको मापदण्ड, व्यक्तिगत, सामुदायिक तथा ब्यापारिक घरहरुको मापदण्ड र अन्य महत्वपूर्ण पूर्वाधारहरुको मापदण्ड जस्ता कुराहरु पर्दछन |
घ.     स्थानिय दायित्व, अधिकार र सेवा केन्द्रहरुको स्थापना
नयाँ नगरपालिकाहरुको सन्दर्भमा भईरहेको सरकारी सेवा केन्द्रहरुको ब्यबस्थापन र नयाँ सेवा केन्द्रहरुको स्थापना महत्वपूर्ण विषयहरु हुन | यसको साथसाथै नगरपालिका भएपछि स्थानिय जनताको दायित्व, अधिकार, सेवा सुविधामा फरक, प्रसासनिक काम कारवाहीको फरक जस्ता कुराहरुलाई सुसुचित गर्ने र सहज पहुँचको साथै सेवाको छिटो छरितो ब्यबस्थापनको लागि उचित स्थानमा सरकारी सेवा केन्द्रहरु राख्ने कुरालाई बहस गरि छिटो कार्यान्वयन गर्नुपर्दछ |
ङ.      स्थानिय श्रोत साधनहरुको पहिचान, लगत र समुचित उपयोग
स्थानिय सरोकारवालाहरुको सहयोगमा सरकारी संयन्त्रले नगरपालिका क्षेत्र भित्र पर्ने प्राकृतिक श्रोत साधन जस्तै नदीनाला, खोला, पानीको मुहान, पोखरी, बनजंगल, खनिज श्रोत तथा इन्धनको सम्भावना, उद्योग धन्दाको लागि चाहिने कच्चा पदार्थ, मानव संसाधन, र अन्य सम्भावनाहरुको पहिचान, लगत र अध्ययन योजना बनाई समुचित उपयोगको योजना बनाउनु पर्दछ | दिगो दिर्घकालिन विकाश र पर्यावरणमा असर पर्ने कुराहरुको सन्दर्भमा नगरपालिका क्षेत्रभन्दा बाहिरका श्रोत साधन र विषयहरुमा पनि त्यतिकै ध्यान केन्द्रित हुनु जरुरि छ |
च.     पर्यटकीय स्थलहरुको विकाश
नेपालको दीर्घकालीन विकाशमा आन्तरिक तथा वाह्य पर्यटन मूल आधार बन्दै गईरहेको अबस्थामा राइनास नगरपालिका पनि पर्यटनको आधार क्षेत्र बन्न सक्छ | ऐतिहासिक राइनासकोट, आठस्वाँरा,  पन्थीडाँडा, कालिका मन्दिर, भलायाखर्क, चक्रतीर्थ, चम्पावती तट, लिगलिगकोट, मोहोरियाकोट, प्यार्जुंग, तार्कुघाट तथा धमिलिकुवाका विभिन्न स्थानहरु पर्यटकीय दृस्टीकोणबाट त्यतिकै महत्वपूर्ण छन् | धार्मिक, सांस्कृतिक, जातीय, ऐतिहासिक र मनोरंजनले भरिपूर्ण यस्ता पर्यटकीय स्थलहरु थप सम्भावनाहरुको गहन पहिचान गरि विकाशको योजना बनाउनु पर्दछ |
छ.    आर्थिक क्रियाकलापहरुको विस्तार
नगरपालिकाको क्षेत्र भित्र र अगलबगलमा पर्ने गा.वि.सहरु संग आर्थिक अवसर र सम्बन्धको विस्तार, सम्भाव्य आर्थिक उपार्जन, व्यवसायिक आकर्षण, उद्यमशिलताको विकास लगाएतका आर्थिक क्रियाकलाप विस्तारका क्षेत्रहरुको पहिचान गरि अहिले देखि नै अगी बढ्नु पर्दछ |

माथि उल्लेखित दीर्घकालीन असर गर्ने विविध विषयहरुको अलावा युवाहरुको समग्र विकासको लागि खेलकुद मैदान, सामुदायिक अध्ययन केन्द्र, बैंकिंग शाखा, संचार, इन्टरनेट तथा सूचना प्रविधि केन्द्रहरुको विकासमा पनि तत्काल ध्यान दिनु जरुरि छ | त्यसैगरि हालको मूल सडकको स्तरोन्नति, सडक संजालले नछोएको उचित ठाउँमा सडक विस्तार, र बिजुली पानीको विस्तार जस्ता कुराहरु अति आबश्यक वस्तुहरु भित्र पर्दछन | यी सबै कुराहरुमा स्थानिय जनताको अपनत्व जगाउदैं क्रमबद्ध विकास गर्न सकियो भने साच्चिकै नगरपालिका घोषणाले सार्थकता पाउने छ |

  -    ई. दिनेश चन्द्र पन्थी,
dineshpanthy@gmail.com
राइनास नगरपालिका-9, सहिलिटार

उपमहासचिव, 
नेपाल इन्जिनियर्स एशोसियसन

Wednesday, September 30, 2015

A letter to Indian People & Intellectuals

Dear Friends,

Probably, you all are aware of the blockade imposed by India to Nepal. It’s a blockade by a largest democratic country to the forever sovereign, free & youngest democratic republic country; it’s a blockade by an emerging giant to a landlocked country; it’s a blockade by one to another who are destined to be same from many aspects; it’s a blockade of one to another who are forever nearest & dearest; shockingly, it’s a blockade of humanity, it’s a blockade of right to live.

The Indian action is just came in front after we promulgated our long awaited constitution from the constitution assembly with the vote of 91 percent members. It is really historic, nowhere in the world, the constitution was promulgated with such a big vote from people’s representative. Being a  nearest neighbor, India is expected first to welcome our decision, but there is opposite. Due to the current unrighteous action, taking account of purely internal matter, almost all Nepalese are facing difficulties, so many industries are about to close, so many schools, colleges, hospitals are facing problems, so many public service centers are facing complications, so many child and women are suffering.  Being born to smile, Nepalese people are still smiling and facing the challenges as well as giving strength to the government not to back from the decision of more than 90 percent people’s representative.

In our history, we never doubted the largest democratic country, our closest neighbor, member of our own family and never expected such an inhumane action. Probably our mistakes were, we always respected & valued the Indian culture, believed its philosophical base, supported the Indian position & felt proud of its economic emergence as regional power center. Beyond the formal diplomatic relation, we are connected by informal, heart to heart, cultural & blood relation, we were one before few millennia. Respecting our multidimensional relations, we made our tongue resemble to the Indian tongue; we made our taste resemble to Indian taste, we made our sentiment resemble to Indian sentiment, we made our art of living resemble to Indian way of living. Respecting our long and sentimental resemblance, we never gave the importance of trade route on our northern border, and now we come to conclusion that we did a mistake, that was the greatest mistake.

Dear intellectuals, the value of freedom is same for all, no matter a small country or big; no matter a poor country or rich; no matter a famine country or resourceful. We should respect each other, give importance to one another culture and extend the global fraternity because every tiny action ultimately align to the humanity.

In each country, there are numerous internal issues and only that particular country is responsible to settle down its own. In extreme case, if a country asks for international support, then only the other country can extend its interest at the cost of humanity. A sovereign country should not establish a special relation to a particular community of another sovereign country, instead it should be a country to another country as a whole.  It’s a surprising that why India, being such a big & democratic country, interfering the purely internal matter of our country and coming to the extreme inhumane action of blockade.

The current world is highly interconnected, even a big & rich country should depend upon the small & underdeveloped country. In such a reality, think of the interconnection of landlocked countries and its dependencies of the trade route with the neighbors. We all know the petroleum products and cooking gas are the basic needs around the world, even India is rely on the other importer as petroleum products are not its original products. What a shame! Being such an emerging country to block such basic goods to neighboring landlocked country without a major issue.

Dear Friends, our sovereignty & freedom are more valuable than our blood, it is even a pride of south Asia. Even the British Empire who almost conquered the world, tried to peril our sovereignty many times but failed. We respect our people’s aspiration and can solve our problem ourselves. Please convey our message to your leaders, bureaucrats, diplomats and all other stakeholders that Nepalese people are ready to face any imposed calamities but never surrender to risk their sovereignty. Your diplomacy is failing in Nepal. Anti-Indian sentiment is spreading in an unprecedented scale and the world is seeing after your mentality probably you acquired from British Empire.

As the citizen of interconnected world, we should teach to respect neighbors, value the humanity, and expand the global fraternity and most importantly the human right of free living & movement. Why Indian intellectuals are silent in such a crucial time? Why the Indian people, educated from a broad and a holy tradition, are silent on such extreme time? Why the Indian Saints, who are educating love, fraternity & human values around the world, are silent in such situation? Why not you pressure your government to follow the international treaty of trade route and protect the right of landlocked country? Our people fought for your freedom, for your security, for your prosperity and for your identity. In return you paid with dominance, blockade and threat our right to self-decision. You are the descendent of holy masters of oldest human philosophy, you are the grandson, daughter of many enlightened Gurus, and you are the true student & follower of Mahatma Gandhi. Oh! Why you are still silent dear Indian people?  How your country can be a permanent member of UN Security Council with such a tiny mentality?  Still why Indian intellectuals are silent, my dear friends?

From the commoners, we can’t see the further deterioration of situation and further defamation of Indian foreign policy, we are only the country being happy from our core with Indian emergence, and we are only the country to value Indian interest in international arena because we are long connected from the heart. So, let your real politician decide the relationship with Nepal, Let your culturist and sociologist suggest the relationship with Nepal, let your enlightened masters advise the relationship with Nepal but strictly, let not your gang of over smart bureaucrats and intelligence dominate & play with our long, holy and people to people relation as our relation is not mentioned in any laws and policies, it is even can’t be rationalized from our general understanding but surely, it is built-in in our heart.


You are the only people who can stop the further humiliation of millions of Nepalese, and millions of Indian Nepalese residing in India.

Expecting your serious interest and role.

Thanking you.

-Dinesh Chandra Panthy
 September-30, 2015
 dineshpanthy@gmail.com









Thursday, September 10, 2015

जीवन यात्रा

सोच, विचार, गुन,
पढ, पढ, पढ;
शान्त होउ, सुन, सुन,
सानो ठुलो केहि नभनी सुन;
हेर, सोध, खोज, खोज, खोज,
अँध्यारो, उज्यालो केहि नभनी खोज;
सानातिना, मसिना छोड,
छोड, छोड,
छोड, त्याग, रिस, राग, कुण्ठा, दोष, घृणा;
बढाऊ प्रेम, सदभाव, क्षमा,
बनाउ विशाल हृदय,
सोच ठुलो भयङ्कर,
बनाउ योजना अब;
लाग, लाग, अब लाग,
मुर्ख, पागल, राक्षस सरी लाग;
लगाउ बुद्धि,
थप बल, जुक्ति,
तोड बन्धन पुराना,
नयाँ नयाँ फरक सोच,
हरदम सोच, विचार;
बाटो आफैं बनाऊ,
छोड अल्छी, तमाशा,
छोड जुम्सोपना;
खित् खित् खित् हाँस,
ठोक छाती,
बजार पैताला,
किट, किट, किट दाह्रा किट,
काँडा उमार शरीर भरि,
हवाँ, हवाँ, ड्वां, ड्वां, रोऊ कराऊ;
आँखा ठुलो डरलाग्दो,
भुत सरि जाग;
किट होइन, बन बाघ, सिंह, हात्ती.
गर्ज मेघ सरि गर्ज,
डरभर कोही केहि नमान,
सम्झ राजा सरि ;
भुर्र भुर्र उँड, आकाश छेड,
छोऊ चन्द्र सुर्य;
लाज, घिन छोड, तोड बन्धनहरु,
हल्लाऊ भुतल सारा,
नथाक,
अँझै उफ्र, उफ्र, उफ्र;
अब शान्त बन, हेर,
फर्की फर्की हेर, विचार,
बढाऊ ज्ञान, विवेक, खिच सार;
फेरि लाग, अब लाग लाग,
बुर्कुसी मार,
दौड, एक्लै दौड,
स्वाँ, स्वाँ, फ्वाँ, फ्वाँ दौड,
नछोड ध्यान,
मुर्ख, पागल जे भनुन लाग;
गर्दै थरथर, धरधर अझैं लाग,
अब पुग्यौ चुचुरामा,
सक्दैन कोही छेक्न;
तिमि शेर,
तर छोड घमण्ड, बन थीर;
हेर जिन्दगी अब;
तिमि अगि अगि,
सारा पछि पछि;
जलाऊ दीप, रोशनी,
जगमग बनाऊ सारा,
सन्त बन, देऊ ज्ञान, विज्ञान, विवेक, दिशा
तिमि चेतना, चैतन्य अब;
छोड पद प्रतिष्ठा सब;
भयो जीवन भरपुर,
अब, परमार्थ पथ तय गर |
ढिलो नगर,
अब, अनन्त पथ तय गर ||
अब, अनन्त पथ तय गर |||


-    दिनेश चन्द्र पन्थी, “दीप”
२०७२-०५-२४, बिहिवार




Wednesday, September 9, 2015

राइनास उपत्यका














अग्ला अग्ला दुईटा कोट ऐतिहासिक ठाउँ
सुन्दैमा नै ढक्क फुल्ने राईनास-लिगलिग नाउँ |
दुई कोटको बलेनीमा अहा ! कस्तो फाँट
कृषि विकाश गर्न पाए अर्कै हुन्थ्यो ठाँट ||

चम्पावती सललल कति राम्रो दुन
केहि कुरामा कमि छैन कमि बरु सुन |
चारतिरै डाँडाकाँडा आकाश मै छुने
बिचमा बसि नजर लाउँदा मनै शितल हुने ||

चम्पावती दुवैतिर मनमोहक तट
बालपन जस्तै लाग्ने प्रकृतिको छटा |
छङछङ गर्दै तटमा झर्ने हेर कति रोशी
केहि नबुझि जीवन जिउने हामी कति बासी ||

सिरानचोक, दुधपोखरी सबै तपोभूमि
देवगण नै बस्थे होला सारा घुमी घुमी |
सन्ततिलाई जोगाइ राख्ने हाम्रा पिता पुर्खा
केहि नगरी सुति खाने हामी कति मुर्ख ||

भलायखर्क, चक्रतीर्थ, थालाजुंङ र हर्मी
धमिलिकुवा, तार्कुघाट र आँपपिपल सब पर्नी |
विचमा बग्ने कन्चन चेपे दायाँबायाँ फाँट
यै फाँटलाई विकाश गर्ने हामी सबको आँट ||

कोल्की, प्यार्जुंङ, भारते र मोहोरियाकोट
यी गाउँलाई छोड्न हुन्न छोडे लाग्छ चोट |
गौंडा, विचौर, इलम र दुधपोखरी शिरमा
हाम्ले केहि नगर्नाले कति होलान् पिरमा ||

पाचोक माथि ढोडेनी र फलेनीका भिर
यी भिरमा जीवन जिउँदा कति कष्ट पिर |
एउटा घर वल्लो डिलमा अर्को घर पल्लो
छुट्टाछुट्टै बस्नुपर्दा कति मन खल्लो ||

छरिएका सारा वस्ती एकै गर्ने मौका
विकाश गर्नुपर्छ अब राईनास उपत्यका |
एकीकृत वस्ती विकास गर्ने आयो बेला
यति राम्रो उपत्यका अन्त कता होला ||

गाउँ छोडेर शहर बजार वस्ने दाजुभाई
यो ठाउँको सम्भावना कसले बुझ्ने खोई ? |
स्वदेश विदेश घुम्दा पनि यति सुन्दर गाउँ
भेटिएन प्रकृतिले बनाएको ठाउँ ||

विदेश जाँदा दुख पिडा देशकै माया गाढा
यै ठाउँको विकाश भए किन बस्थे टाढा ?
कृषिसहर विकाश गर्न अब हाम्रो ध्यान
जुट्नुपर्छ यो कुरामा सबै जन मन ||

बहुजाती, बहुभाषी चम्पा वारी पारी
कल्पनाको तरेलीमा सुन्दर फुलबारी |
माथी माथी हरित नगर तल कृषि घर 
कति मोहक हुन्थ्यो होला त्यतिबेला सहर ||

दुई कोटको बलेनीमा अहा ! कस्तो फाँट
कृषि विकाश गर्न पाए अर्कै हुन्थ्यो ठाँट ||

        -  ई. दिनेश चन्द्र पन्थी “दीप”
          भलायखर्क-१, लमजुङ,   २०७२-०५-२३, बुधवार