Dinesh Chandra Panthy

Dinesh Chandra Panthy
A Quest for Wisdom

Monday, May 16, 2011

एनसेलको झुट्टा प्रचार



 lglh If]qsf] nufgLaf^ ;+rflnt lhP;Pd df]jfO{n ;]jf k|bfos ;+:yf Pg;]n laut s]lx lbg b]lv ckÚi^ k|rf/ ;fdfu|L ;lxt u|fxsnfO{ e|ldt kfg]{ la!fkg k|sflzt ub}{ cfPsf] % . p;sf] 50 nfv ;GtÚi^ u|fxsx?sf ;fy g]kfnsf] g+ 1 lhP;Pd df]jfO{n ;]jf k|bfo ;+:yf eGg] Psbd unt / ;]jfu|flxnfO{ e|ldt kfg]{ la!fkg xf] . pQm la!fkgsf] ;To tYo laa/)f lbgÚkg]{ lgofds ;+:yf g]kfn bú/;+rf/ k|flws/)faf^ sÚg} k|sf/sf] v)*g gcfpgÚ k|flws/)fsf] u}/ lhDd]jf/kg xf] . u|fxsju{nfO{ e|ldt kfg]{ la!fkg lbg] ;+:yf / pQm la!fkgsf] cgÚudg gug]{ k|flws/)f lar st} ldn]dtf] % of pRr dÚgfkmf cfh{g ug{ ;kmn ;/sf/L sDkgL g]kfn ^]lnsdnfO{ *Úafpg st} cb[Zo v]n zÚ? x+Úb}% ls eGg] ;xh cgÚdfg ;j{;fwf/)f ;]jfu|flxnfO{ kg{ yfn]sf] % .

 lhP;Pd ;]jfsf] laleGg pks/)f dWo] lelh^/ nf]s]zg /lhi^«/ (le=Pn=cf/=) o:tf] pks/)f xf] h;df nu O{g u/]/ ;DkÚ)f{ rfnÚ PlS^e u|fxs ;+Vyf kQf nufpg ;lsG% . s] cfhsf] lbg ;Dd bú/ ;+rf/ k|flws/)fn] Pn;]nsf] ;DkÚ)f{ le=Pn=cf/= df kl/If)f ul/ p;n] bfla u/]sf] u|fxssf] ;+Vof kÚli^ u/]sf] % ? o;f] eGgÚsf] tfTko{ k|flws/)fn] g]kfn ^]lnsdsf] k|rf/nfO{ a]jf:tf u/] klg xÚG% t/ Pg;]n sf] rflx+ l;i^daf^ g} kÚi^L xÚg] ul/ cWoog ug{Úk%{ elgPsf] xf]O{g . k|flws/)fsf] cf¤vfdf ;a} ;]jf k|bfos ;+:yfx? a/fj/ xÚgÚk%{ . ;a}n] k|rf/ u/]sf] u|fxs ;+Vof tyf ;]jfsf] uÚ)f:t/  /fd|f] ;+u cWoog u/]/ dfq k|rf/df Nofpg] aftfj/)f agfpgÚ kb{% . cGoyf cGo ;]jf k|bfos ;+:yfx?nfO{ k|tIo tyf ck|tIo ?kdf c;/ kg{ ;Sb% . o;df klg Pg;]nsf] bfla k|flws/)fsf] sÚg} k|lta]bgdf pNn]v eP cgÚ;f/ s} xf] eg] p;sf] bfla oyf]lrt g} dfGgÚ kb{% .

laut 2 bzs b]lv g]kfn ^]lnsd ;/sf/nfO{ ;a}eGbf a(L s/ ltg]{ ;/sf/L sDkgL xf] . o;sf] cnfjf lglh sDkgL x?sf] zÚ?jftL b]lv g} pRr k|lt:kwf{df l^Sg ;kmn Psdfq ;/sf/L sDkgL ^]lnsdnfO{ k|tIo c;/ kfg]{ vfnsf] la!fkg ;DjlGwt lgsfosf] kÚli^ lagf g} k|sflzt xÚgÚ cToGt} u}/ lhDd]jf/kg afx]s c? s]lx xf]O{g .

 xÚg t Pg;]nsf] ;:tf] u|fxs la:tf/ sfo{s|d ;a}nfO{ cjut} % t/ h;/L l;dsf*{x? a+f(] klg ;Dejt p;n] bfla u/]sf] u|fxs ;+Vof zÚ? b]lv g} p;sf] laleGg sfpG^/af^ tyf laleGg dxf]T;jaf^ ;:tf] nf]slk|otfsf] nflu afl*Psf] ;DkÚ)f{ l;dsf*{x? xf]nf t/ u|fxs ;+Vof s] slt eGg] sÚ/f xfn rfnÚ /x]sf] ;DkÚ)f{ le=Pn=cf/=x?df PlS^e hDdf u|fxs g} xÚG% .

o:t} csf]{ sÚ/f slxn] sf+lx ;ef ldl^édf hf+bf tyf ;fyL efO{x? sf] hd#^ xÚ+bf df]jfO{n gDa/x? cfbfg k|bfg ug]{ lznlznfdf nueu 10 hgfdf sl&gn] 1, 2 hgfsf] gDa/ Pg;]nsf] xÚG% . olb Pg;]nn] bfla u/]sf] ;lx xf] eg] slDtdf 10 df 5 hgf sf] gDa/ p;sf] xÚgÚ kg]{ xf] . xf]O{g eg] 50 nfv ;+Vof Pg;]nn] sxf+ sxf+ af(]sf] % ? :ki^ xÚgÚ k%{ .

g]kfn ^]lnsdn] ;/sf/nfO{ ltl//x]sf] s/df nueu 50  k|ltzt eGbf al( /sd lh=P;=Pd= df]jfO{n ;]jfaf^ % . olb Pg;]nn] bfla u/]sf] u|fxs ;+Vof ;lx xf] eg] s] ca p;n] To;s} xf/fxf/Ldf ;/sf/nfO{ s/ ltnf{ t ?  x]g{ af+ls % .

dflysf ;j} sÚ/fx?nfO{ k[i^eÚlddf /fVb} g]kfn ^]lnsd k|lt laleGg ;dodf eO{/x]sf bÚJo{axf/x? h:t} tf/ rf]/L, clK^sn kmfO{j/ s^fg cflb O{TofbL ;DkÚ)f{ sÚ/fx?sf] Pp^} pb]Zo ;/sf/L sDkgL ^]lnsdnfO{ *Úafpg] v]n xf] ls eGg] ;xh cgÚdfg ug{ ;lsG% . o:tf e|ldt sÚ/fx?af^ g]kfn ;/sf/ tyf ^]lnsd kl/jf/ ;b}j ;hu /xgÚ kb{% . olb bú/ ;+rf/ k|flws/)f lhDd]jf/ % eg] Pg;]nsf] bflanfO{ tTsfn p;n] v)*g of kÚli^ ugÚ{ k%{ .
    
-          lbg]z rGb| kGyL
dineshpanthy@gmail.com

Monday, March 7, 2011

तिम्रो निष्ठाको राजनिति प्रति असिम श्रद्वा सुमन।


- दिनेश चन्द्र पन्थी


Friday, February 25, 2011

नेपाललाई यसरी पनि बुझौँ कि !



तीर्थबहादुर श्रेष्ठ
(साभार : नागरिक दैनिक, फाल्गुन १२ , २०६७, बिहिबार)

नेपाललाई दुई ढुङ्गाबीचको तरुल भन्थ्यौं। आज यो दुई तरुलबीचको ढुङ्गाजस्तो भएको छ। निर्जीव, निश्चल र निरीह पनि। चार जात ३६ वर्णको देश भन्थ्यौं। आज ३ नेता र २८ पार्टीबाहेक कोही छैनजस्तो लाग्छ नेपालमा। अपार जलस्रोतको देश भन्थ्यौं। अँध्यारोको गहिराइमा सुतिरहेछौँ हामी। काम र मामको अभावमा फसेका नेपाली युवा शक्ति विदेश पलायन भएका छन्। तिनकै पसिना, रगत र रेमिट्यान्सबिना अर्थतन्त्र नचल्नेजस्तो भैसक्यो। देश प्रेमप्रति वितृष्णा बढ्दैछ हाम्रो युवा पिँढीमा। यस परिदृश्यमा नेपाललाई फेरि एकपटक बुझ्ने चेष्टा गरौँ।
• यसको भूस्वरूपका बारेमा
• यसको प्राकृतिक एवं मानवीय संसाधनका बारेमा
• यसको सांस्कृतिक विविधताका बारेमा र,
• यसको आफ्नो विशेष पहिचान के हो? त्यसका बारेमा।
हामी आफैंले आफूलाई 'ल्यान्ड लक्ड' भन्छौं तर एसियाका दुई विशाल राष्ट्रलाई जोड्ने भूसेतुको रूपमा रहेको अनुभव गर्दैर्नौ। 'ल्यान्ड लिंक्ड' भन्दैनौ। विश्वको सबभन्दा धेरै जनसंख्या र सबभन्दा ठूलो जनघनत्वलाई आवश्यक पर्ने पानी हाम्रै जलस्रोतले पिउन दिइरहेको छ। त्यसप्रति कोही अनुगृहित छैनन्। छिमेकी मित्र राष्ट्रका छिमेकी जनसमुदायले सिर्जेका अवसरजस्तै व्यापार र बजार, पर्यटन र मनोरञ्जन, क्षेत्रीय सहयोग र आपसी उन्नति आदिलाई हामीले भजाउन सकिरहेका छैनौ। हाम्रो असंलग्न परराष्ट्र नीति र भौगोलिक मध्यस्थताले जुराएका अवसर यसै खेर गइरहेका छन्। नेपालीको ऐक्यबद्धता र संगठित प्रयास हुनसक्यो भने समृद्ध नेपाल समृद्ध एसियाको माझमा उभिनेछ। धेरै समय लाग्दैन। मलाई यस्तै लाग्छ। किनभने प्राकृतिक स्वरूप र सम्पदा तथा सांस्कृतिक विविधताका दृष्टिमा नेपाल एसियाको विनिमय केन्द्र हो। जीव विशेषज्ञहरूका नजरमा नेपाल त्यो भूस्वर्ग हो जहाँ छ वटा विशाल जीव प्रान्तका साँध जोडिन पुग्छ। दक्षिणपूर्वी एसिया र मलेसियाको जैविक प्रान्तको उष्ण र आर्द्र जलवायु झापा र मोरङसम्म विस्तार हुन्छ। जापान र चीनको शितोष्ण क्षेत्र कञ्चनजंघा र अन्नपूर्णसम्म फैलिएको छ। मध्यएसियाको सुख्खा र ठण्डा प्रदेश मुस्ताङ र डोल्पासम्म विस्तारित छ। श्रीलंका र भारतको उष्ण जलवायु हाम्रो तराई मधेससम्म फैलिन पुगेको छ। सुडान र जाम्बिया क्षेत्रका सुख्खा उष्ण घाँसे परिवेशले सुदूरपश्चिम नेपाल छुन पुग्छ। इरान, टर्की र भूमध्य सागरीय जलवायु पनि धौलागिरीको काखसम्म आइपुग्छ। यी छ प्रान्तको विविधता एकै थलोमा संरक्षण गर्नुपर्‍यो भने त्यो संगमस्थल नेपालै हो। यी छ प्रान्तबीच जैविक वा वातावरणीय अन्तरक्रियाको अवसर पनि नेपालमा प्रशस्त हुन्छ।
हामी नभुलौं, नेपालको काखमा हिमाल छ। त्यसैले 'हामीले हिमाल उचाल्यौं एसियाको माझमा।' लगभग दुई हजार पाँच सय किलोमिटर लामो हिमालको मध्यस्थलको आठ सय किलोमिटर नेपालभित्र पर्छ। त्यसैले पूर्वी हिमालका चाँप र गुराँसले पश्चिमी हिमालका देवदार र जैतुन नेपालमा भेट्छन्। पूर्वको चिलिमे चराले पश्चिमको च्याखुरा पनि नेपालमै भेट्छ। यसैगरी उत्तरतिर तिब्बत क्षेत्रका गेरु रङ्गे भालु (ब्राउन बियर) को वासस्थान हिमाली कालु भालुको वासस्थानको निकटसम्म आइपुग्छ। त्यही गेरु रङ्गे भालुको पद चिन्ह हिउँमा छापिएपछि यतिको पाइला बन्न पुग्छ। यति विशेषज्ञहरू यस्तै निर्क्योलमा पुगेका छन्। यी विभिन्न कारणले गर्दा नेपाल एसियाको चौबाटो हो। चौबाटाको फाइदा व्यापारीले उठाउँछ। तस्कर व्यापारीले यो फाइदा उठाएका छन् तर वैध व्यापारीका लागि त्यस्तो सहज अवस्था हामीले सिर्जन सकेका छैनौ। हाम्रो विकासको बाटो त्यतैतिर छ भन्नु अत्युक्ति हुँदैन।
हामी मनसुन क्षेत्रमा छौँ। प्रकृतिको क्रीडा भनौ वा वातावरणीय खेल, त्यसमा मानिस र मनसुनको प्रभावमा पर्वतीय परिवर्तन हुने गरेको छ। पर्वतीय देश। हाम्रो मूल समस्या उकाली–ओराली। थाप्लोबाट नाम्लो हटाऊ भन्छन् हाम्रा गाउँले दिदीबहिनी। पृथ्वीको गुरुत्व हाम्रो समस्या हो भने समाधान पनि त्यहीं छ। जलस्रोतलाई जलशक्तिमा बदल्नुपरेको छ। हाम्रो जलमा शक्ति छ किनभने ती उचालिएका छन्। भन्छौं, हाम्रोमा अपार जलशक्ति छ। अपार भनेको त्यो शून्य हो जसको अगाडि अरू अंक छैन। त्यस शून्यको अगाडि एक थप्ने हाम्रो काम हो।
अर्को अपार सम्पदा जैविक विविधता हो। अन्न बाली, फलफूल, पाल्तु पशुपंछी तथा वन्यजन्तु, वनस्पति र जडिबुटी पनि अथाह छन्। त्यस अथाहलाई थाहमा परिणत गर्नु अर्को चुनौती हो।
नेपालीको शक्ति नेपालका पाखाबारीका करोडौं कान्ला र ड्याङमा खर्चेका पाखुरी बलले प्रमाणित गर्छ। बिनामेसिन र डिजिलले कसरी सम्याउन भ्याए ती पाखा पर्वत! विदेशी अचम्म मान्छन्। विश्वको सर्वोच्च शिखर यिनकै पाउले चढे र विश्वयुद्ध यिनकै पाखुरीले जिते! इतिहास साक्षी छ! नेपालीलाई उदासीन हुन सुहाउँदैन।
सांस्कृतिक विविधताको कुरा गर्दा १४० भन्दा बढी भाषाभाषिका मानिस मिलेर नेपाल बनेको छ। हालसालै भाषा सर्भेक्षणमा कार्यरत प्रा.डा. चुडामणि बन्धुबाट प्राप्त जानकारी हो यो। भोट, हिमाल, पहाड, मधेस, चुरे र तराई, यी विभिन्न परिवेशमा आआफ्नै संस्कृति, संस्कार र सभ्यता विकसित भएका छन्। यी विभिन्न संस्कृतिका जननी प्रकृति नै हुन्। आफ्नै परिवेशका ज्ञानविज्ञानलाई हामीले बिर्सन हुँदैन। स्थान विशेषतालाई बिर्स्यौं भने आफ्नो भन्नु केही बाँकी रहँदैन। ताप्लेजुङको तोङ्वा भनौं वा डोटीको देउडा, शेर्पाका चौँरी वा मगरहरूको मह, थारुका घोंघी वा बोटेका सहर माछा, भक्तपुरको जुजुधौ वा काठमाडौंको काउली, पाल्पाको टोपी वा प्युठानको मुला सबैमा स्वस्थानीय सुवास छन्। तिनको जगेर्ना हुनुपर्छ। आआफ्नो संस्कृति र परम्पराका स्वस्थानीय व्रत सबै जातजातिले पूरा गर्नुपर्छ। तर एउटा चिन्ताको विषय छ आजभोलि। नेपालका केही भूभाग, महत्वपूर्ण भूभागहरू नेपालीरहित रित्तो नेपालमा परिणत हुँदैछन्। गाउँको गुरुत्व र स्वस्थानीय अस्मिता गुम्दैछ। नयाँ जागरणको खाँचो टड्कारो छ।
प्रकृति र संस्कृतिको यो पुण्य भूमिमा आजभोलि विकृतिको राज छ। दुई कर्मका बिगबिगी बढ्दैछन्। विकृति र कुकृतिलाई जनताले खेद्छ भन्ने उदाहरणको रूपमा होस्नी मुवारको इजिप्टलाई हामी आज अखबारभरी पढ्छौं, रेडियोभरी सुन्छौं, टेलिभिजनभरी देख्छौं पनि। मेरो आफ्नै जीवनकालमा २००७ साल देखें, २०१७ साल देखें, २०४६ साल भोगें, २०६२/६३ लाई भोगें, रेग्मीको थप्पडले रातो भएको गाला पनि देखें। जनताको शक्तिलाई कम आँक्न हुँदैन। त्यही जनशक्ति, जलशक्ति र जमिन शक्तिलाई समुचित्त ढङ्गले व्यवस्थित गर्न सक्यौँ भने हाम्रो भविष्य उज्यालोमात्र होइन गौरवपूर्ण हुनेछ।

Friday, January 14, 2011

सार्बजनिक पार्कहरुको अभावमा काठमाण्डौंको दुरावस्था



काठमाण्डौको अव्यबस्थित सडकहरु, सडकको आसपासमा खोलिएका जथाभाबी खुद्रा पसलहरु, उकुसमुकुस पार्ने धुलो धुँवा, सवारीसाधनबाट निस्कने आवाज, अव्यबस्थित ढलनिकाश, जथाभाबी रहेका फोहोरका थुप्रोहरु, सडकको वरिपरी राखिएका निर्माण सामग्रीहरु, मनलाग्दी तवरले पार्किङ गरिएका सवारीसाधनहरु आदि कुराहरुले यो शहरलाई राजधानी शहरको सामान्य मापदण्ड भन्दा निकै पछाडी पारेको छ । तिब्र शहरिकरण सँगै खुला ठाउँहरु तथा सार्वजनिक पार्कहरुको बिस्तार तथा व्यबस्थापनमा सम्बन्धित निकायहरु उदासिन छन्। खुला हरियाली ठाऊँहरु तथा सार्बजनिक पार्कहरु शहरी जिवनका “लाईफ ब्लड” हुन्। यस्ता ठाउँहरुको विस्तार तथा व्यवस्थापन शहरी क्षेत्रमा मानव जिवनको प्रत्यक्ष सुरक्षा र व्यवस्थापन हो।
वाताबरणिय हिसाबले कचौरा आकारको काठमाण्डौ उपत्यका आफैमा त्यति उत्तम मान्न सकिन्न त्यसमा पनि फोहोर र अव्यबस्थित शहरीकरणले आक्रान्त पारेको यहाँ स्वच्छ तथा खुला वातावरण कल्पना बाहिरको कुरा भएको छ । काठमाण्डौ स्थित विभिन्न हस्पिटलहरुमा बुझ्दा वायु प्रदुषणको कारणले दिनानुदिन दम रोगीहरुको संख्या बढिरहेको छ । यसैगरी आँखाको समस्या, सुगर, वाथ तथा विभिन्न स्केलका मानसिक रोगीहरु बढ्ने क्रम तिब्र छ।
लगभग २००० बर्ष पुरानो काठमाण्डौ सभ्यता खुला ठाउँ तथा सार्वजनिक पार्हरुको संरक्षण, विस्तार तथा मनोरञ्जनात्मक हिसाबले पार्कहरुको विकाश गर्नेकुरामा सबैभन्दा कान्छो देखिएको छ। सार्वजनिक पार्कहरुको संरक्षण र विस्तार सम्बन्धी इतिहास हेर्दा युरोपमा १६ औं शताब्दीको पुनर्जागरण युगसगैं आवश्यकता महसुस भएको पाइन्छ। लगभग १८ औं शताब्दीको मध्ये तिरबाट मनोरञ्जनात्मक हिसाबमा सार्वजनिक पार्कहरुको विकाश भएको थुप्रै उदाहरणहरु छन् तर यस क्रमलाई तिव्रता दोश्रो विश्वयुद्धको समाप्ती पछि सरकारी तवर बाटै भएको पाईन्छ। हाल आएर विभिन्न शहरहरुमा खुला ठाउँहरु घटने क्रम रहेपनि सरकारी सतर्कता कायमै रहेको छ। वासिङटन डि.सी. मा मात्रै लगभग ३५ प्रतिशत ठाउँ खुला तथा सार्वजनिक पार्कहरुको लागि तथा संसारका थुप्रै प्रमुख शहरहरुमा लगभग १० देखी १५ प्रतिशत क्षेत्रफल यस्ता ठाउँलाई छुट्याईएको पाइन्छ। डब्लु. एच. ओ. को मापदण्ड अनुसार शहरी इलाकामा घटीमा ११ वर्ग मिटर खुला हरियाली क्षेत्रफल १ जनाको लागि चाहिन्छ, यस हिसाबले पनि ४० लाख जनसंख्या भएको काठमाण्डौ उपत्यकाको लागि शहरमा लगभग ४४ वर्ग किलोमिटर अर्थात जम्मा ६६५ वर्ग किलोमिटर क्षेत्रफल भएको उपत्यकाको ७ प्रतिशत भुभाग खुला तथा सार्वजनिक पार्कहरुको लागी छुट्याउनु पर्दछ। तर उपत्यका स्थित ५ नगरपालिकाहरुको तथ्याङ्क हेर्दा पोखरी, नदिनाला,खेलकुद मैदान र पार्कहरुको संयुक्त क्षेत्रफल लगभग ३ प्रतिशत मात्रै छ त्यसमा पनि सार्वजनिक पार्कहरुको क्षेत्रफल त सुन्य दशमलव ५ प्रतिशत भन्दा कम छ। मनोरञ्जनात्मक हिसाबले बनाईएको पार्क त काठमाण्डौमा सुन्य नै छ।
सरकारी निति हेर्दा छैटौं पञ्चबर्षिय योजना (सन १९८०-१९८५) देखि पछिका हरेक योजनाहरुमा वाताबरण संरक्षण सम्बन्धी कुराहरु उठिरहेका छन्। संयुक्त राष्ट्र संघ को सन १९९२ को वाताबरण तथा विकाश सम्बन्धी रियो सम्मेलनमा नेपालको तर्फबाट औपचारिक हस्ताक्षर भई त्यसै सालमा वाताबरण सुरक्षा परिषदको स्थापना गरिएको थियो। सन १९९७ मा वाताबरण संरक्षण सम्बन्धी ऐन तथा नियमहरु बनाउनुको साथै सन २००२ मा नै उपत्यकाको दिर्घकालिन विकाश योजना अन्तर्गत सार्वजनिक पार्क तथा जलाधार क्षेत्र संरक्षण सम्बन्धी विषय पास गरिसकेको छ। हाल ३ बर्षे अन्तरिम योजनामा वातावरण संरक्षण तथा व्यबस्थापन अन्तर्गत अनुमानित रु. १३० मिलियन रकम मध्ये रु. ३० मिलियन रकम युयन पार्क निर्माणमा तथा ४ दशमलव ५ प्रतिशत रकम सामाजिक जागरणमा छुट्याईएको छ। यसका साथै शहरी विकाश योजना अन्तर्गत पनि खुला तथा सार्वजनिक पार्क सम्बन्धी शिर्षकमा रकम छुट्टिएको पाईन्छ। निति निर्माणमा त्यति कमजोर नदेखिए पनि कार्यान्वयनमा सरकार तथा महानगरपालिका मौन नै छ। नयाँ निर्माण गर्नु त कहाँ हो कहाँ भएका पार्कहरु पनि फोहोर र अब्यवस्थित छन्।
शहरी जीवनमा सार्वजनिक पार्कहरुले व्यक्तिको शारिरिक तथा मानसिक अवस्थालाई सन्तुलन राख्नह ठुलो भुमिका खेल्दछ। स्वभाविक रुपले यस्ता पार्कहरु हुँदा दैनिक शारिरिक कसरत गर्ने, साथीभाईहरु सँग घुलमिल हुने, व्यापार व्यवसायमा तनाव हुँदा खुला ठाउँहरुको आनन्द लिने प्रवृतिको विकाश भई विभिन्न रोगहरु जस्तै डिप्रेशन, उच्च रक्तचाप, मुटुरोग, सुगर, दम ईत्यादि स्वत रुपमा कम हुँदै जान्छ। यस्ता ठाउँहरुको नियमित प्रयोगले मानिसहरुको मानसिक अवस्थामा प्रवलता आई दैनिक काम गर्ने जोस जाँगरमा व्यापक विस्तार हुन्छ। अमेरिकी डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सेन्टरको रिपोर्ट अनुसार सार्वजनिक पार्कहरुको आवतजावतमा सहज बनाएपछि साबिकको भन्दा २५ प्रतिशत बढी मानिसहरु हप्ताकमा ३ दिन भन्दा बढी शारिरिक अभ्यास गर्ने भएका छन् त्यसैगरि उनिहरुमध्ये धेरैमा ४८.४ प्रतिशत बढि शारिरिक अभ्यास गर्ने आदत भएको छ साथै सार्वजनिक पार्कहरुमा आवतजावत बढ्दा युवाहरुको आपराघिक मनोवृतिमा धेरै नै कमि आएको छ। सन् १९९६ को अमेरिकाको सर्जन जनरलको विस्तृत विवरण अनुसार नियमित अभ्यास गर्ने मानिसहरु अकाल मृत्यु, मुटुरोग, उच्च रक्तचाप, कोलोन क्यान्सर तथा डायबिटिजका समस्याहरुबाट बच्न सक्छन् तथा उनिहरुको स्वास प्रस्वास र पाचन प्रणालीमा व्यापक सुधार हुन्छ।
वातावरणिय हिसाबले हेर्दा २४ घण्टासम्म १० कोठालाई चाहिने बराबर को कुलिङ इफेक्ट एउटा ठुलो रुखबाट त्यति नै समयसम्म हुने वाष्पिकरणले प्रदान गर्न सक्दछ। यु.यस. फरेस्ट सर्भिसका अनुसार ५० बर्षको अवधीमा एउटा रुखले ३१,२५० डलर बराबरको अक्सिजन उत्पादन, ६२,००० डलर बराबरको वायु प्रदुषणमा रोकथाम, ३७,२५० डलर बराबरको पानी प्रशोधन तथा ३१,२५० डलर बराबरको भुक्षय रोकथाम गर्दछ । त्यसैगरी शतप्रतिशत रुखहरुले ढाकेको ठाउँमा रुखहरुले १४ प्रतिशत सल्फर डाईअक्साइड, १५ प्रतिशत ओजोन, १३ प्रतिशत धुलोको शुक्ष्म कणहरु, ८ प्रतिशत नाइट्रोजन डाईअक्साइड तथा ०.०५ प्रतिशत कार्बन मोनोअक्साइड घटाऊँदछ। सार्वजनिक पार्कहरु सम्बन्धी सरोकार राख्नेा अमेरिकी संस्था ‘द ट्रष्ट फर पब्लिक ल्याण्ड’ को अनुसार पार्कहरु तथा प्रशस्त हरियाली भएको ठाउँहरुमा मानिसहरुको चहलपहल बढनाले पर्यटकिय बिजिनेस तथा अन्य ब्यापार बिजिनेसमा अत्यधिक बृद्धि हुनुका साथै यस्ता ठाउँहरुमा घर जग्गाको मुल्य अन्य ठाउँहरुको तुलनामा धेरै हुनेगरेको छ।
सन २००१ मा नेदरल्याण्डमा गरिएको हरियाली र स्वास्थ्य सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनमा दुईटा प्रमुख कुरा सार्वजनिक गरियो। पहिलो: हरियाली भएको ठाउँमा स्वास्थ्य सम्बन्धी सिकायत कम देखियो, दोश्रो : सबैखाले प्राकृतिक हरियाली जस्तै शहरी खुला तथा सार्वजनिक पार्कको हरियाली; कृषि तथा खेतिपातीको हरियाली र बन जंगलको हरियाली स्वास्थ्यको लागी उत्तिकै प्रभावकारी देखियो।
यी तथ्यहरुलाई मध्यनजर राख्दा काठमाण्डौमा सार्वजनिक पार्कहरुको प्राथमिकताका साथ विस्तार तथा व्यबस्थापन गर्नुपर्ने देखिन्छ साथै देश भरि नै शहरीकरण हुदैं गरेका ठाउँहरुमा सार्वजनिक पार्कहरु निर्माणको लागि प्रयाप्त ठाउँ र रकम छुट्याउनु पर्ने जरुरी छ। हेर्दा मनोरञ्जनको लागी मात्र जस्तो लागेपनि यी कुराहरु मानिसको प्रत्यक्ष शारिरिक, मानसिक तथा सामाजिक अवस्थामा सरोकार राख्ने कुराहरु हुन्।
- ई. दिनेश चन्द्र पन्थी
dineshpanthy@gmail.com
२०६६-१०-२३