नगरपालिका घोषणाको शुरुदेखि नै यस नगरपालिकालाई नेपाल कै सुन्दर र
मोडेल नगरपालिकाको रुपमा विकाश गर्दै जाने अभिप्रायले नेपाल सरकारका सम्बन्धित
निकायहरु संघिय मामिला तथा स्थानीय विकाश मन्त्रालय, शहरी विकाश मन्त्रालय,
सम्बन्धित प्राविधिक पेशागत संस्थाहरु नेपाल इन्जिनियर्स एशोसिएसन, नेपाल
क्षेत्रिय तथा शहरी योजनाकार समाज तथा स्थानीय वुद्दिजिबिहरु, समाजसेवीहरु,
राजनीतिक दलहरु, युवा तथा महिला संगठनहरु, उद्यमी व्यवसायीहरु सबैको सहकार्यमा “राइनास
नगर : कृषि, पर्यटन, शिक्षा र वातावरणमैत्री शहर” भन्ने परिकल्पनाका साथ “राइनास
नगरपालिकाको दीर्धकालीन एकिकृत नगर विकाश अवधारणा” भन्ने शिर्षकमा मिति २०७२-०९-०४
शनिवारका दिन नगरपालिकाको केन्द्र तिनपिप्लेमा ऐतिहासिक अन्तरक्रिया कार्यक्रम
सम्पन्न भयो |
माननिय सभासद लालबहादुर
गुरुङको प्रमुख
आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विज्ञहरु डा. जगदीश चन्द्र पोखरेल (पुर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग, अध्यक्ष, क्षेत्रीय तथा सहरी विकाश समाज नेपाल), संजय उप्रेती
(शहरी योजना विद; उप-प्राध्यापक, इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक क्याम्पस), अर्जुन कोइराला (शहरी योजना
विद, महासचिव, क्षेत्रीय
तथा सहरी विकाश समाज नेपाल), दीपक श्रेष्ठ (सिनियर डिभिजनल इन्जिनियर, शहरी विकाश तथा भवन निर्माण विभाग, आयोजना प्रमुख,
एकीकृत शहरी विकाश योजना, नेपालगंज), डा. ध्रुब बहादुर थापा (वरिस्ठ वैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद), राम चन्द्र
सेडाई (सामुदायिक
तथा पर्या-पर्यटन विज्ञ, रणनैतिक पर्यटन योजनाकार, कार्यकारी निर्देशक- नेपाल
वातावरण तथा दीगो पर्यटन विकाश केन्द्र), प्रेम दवाडी
(स्थानीय शासन विज्ञ), लक्ष्मीकान्त
पौडेल (सार्वजनिक नीति विज्ञ), केशव राज पार्दे, (अधिकृत,
संघिय मामिला तथा स्थानीय विकाश मन्त्रालय), त्यस्तै प्रमुख राजनीतिक दलका
प्रतिनिधिहरु बिष्णु धिताल – नेपाली कांग्रेस, रामचन्द्र भट्ट- ने. क.पा. एमाले,
मेख बहादुर भण्डारी – ने.क.पा. माओवादी, सोमराज पन्थी – ऱा.प्र.पा., देवेन्द्र
पराजुली – नयाँ शक्ति लगाएत अन्य राजनीतिक दलका प्रतिनिधिहरुको उल्लेखनीय र
उत्साहपूर्ण उपस्थिति थियो |
दुई
प्राविधिक सत्रमा सम्पन्न उक्त कार्यक्रममा पहिलो सत्रमा विशेष गरि रास्ट्रिय तथा
क्षेत्रिय दृष्टिकोणबाट राइनास उपत्यकाको विकाश, योजनाबद्ध शहरी विकाशका विधि र
अबसरहरु, नगरपालिकाहरुको दीर्धकालीन सोच, प्रक्रिया र उदाहरणहरुका साथसाथै निर्माण
मापदण्ड, सडक अधिकार क्षेत्र, योजना स्वीकृति, कार्यान्वयन, अनुगमन तथा
मुल्यांकनहरुको बारेमा विशेष अन्तरक्रिया भयो | त्यस्तै दोश्रो सत्रमा राइनास नगर
विकाशमा कृषिको भूमिका, पर्यटन विकाशको सम्भावनाहरु, नगर शासन र विकाश तथा
सार्वजनिक नीतिहरुमा बारेमा बहस भयो | नगरपालिकाको दीर्घकालीन सोच र त्यो प्राप्तिका
लागि तत्काल, मध्यम स्तरीय र दीर्धकालीन रूपमा सम्पन्न गर्नुपर्ने योजनाहरु
वर्गीकृत गरि अगि बढ्न विज्ञहरुबाट सुझाब
प्राप्त भयो | कार्यक्रमको पुर्व उदेश्य अनुसार पहिलो प्रयासबाट सर्बसाधारण जनमानस
तथा विकाशका सम्पूर्ण साझेदारहरुलाई जागरण गर्ने र राजनीतिक घेरा भन्दा माथि रहेर
सकारात्मक संदेश प्रवाहित गरि नगर विकाशमा सबैलाई अभिप्रेरित गर्ने उदेश्य हासिल
भएको सहभागी धेरैको राय प्राप्त भएको छ|
स्थानीय
स्तरमै कार्यक्रम उत्साहजनक सफलताका साथ सम्पन्न भए पश्चात नगरपालिकाले ठोस रुपमा
गर्नुपर्ने कार्ययोजनाहरुको लिखित रुपमै सुझाव दिने उदेश्यले काठमान्डौमा मिति
२०७२-०९-०६ मा कार्यक्रमको समिक्षा सहित मिटिङ सम्पन्न भयो |
- ई. दिनेश चन्द्र पन्थी
उप-महासचिव
नेपाल इन्जिनियर्स एशोशिएसन
२०७२-०९-०८, बुधवार
No comments:
Post a Comment