Dinesh Chandra Panthy

Dinesh Chandra Panthy
A Quest for Wisdom

Monday, September 19, 2016

नगरपालिकाहरुलाई गाउँपालिकामा रुपान्तरण गर्ने सरकारको अपरिपक्क निर्णय (सन्दर्भ : राइनास नगरपालिका, लम्जुङ)

      एक बर्ष पनि पुरा नहुँदै नेपाल सरकारले स्थानिय निकायहरुमा धेरै संरचनाहरु परिवर्तन गर्दै छ | सामान्य भौतिक संरचनाहरुको विकाश त कता हो कता आधारभूत खाकाहरुपनि तयार नगरी र स्थानिय स्तरमा नगरपालिकाको सामान्य अर्थ पनि नबुझाई गतवर्ष  मात्र अन्धाधुन्दा नगरपालिकाहरुको घोषणा भएको थियो | कतिपय स्थानीयवासीहरुलाई नगरपालिकाको घोषणाले उत्साह भरेको थियो भने कतिपयलाई सामान्य पूर्वाधार पनि नभएको गाउँलाई एकैचोटी नगर भन्नुपर्दा असजिलो महसुस भएको थियो | नवघोषित नगरपालिकाको संरचनाबाट स्थानिय तहको प्रशासनिक काम कारवाहीमा सुलभता भन्दा झमेला र असजिलो भएको महसुस गर्न सकिन्थ्यो | सामान्य जनताहरुमा नगरपालिकाको संरचना प्रति राम्रो संग परिचित हुन नपाउँदै गरिएको यस प्रकारको परिवर्तनले कतै विरोध, कतै प्रतिक्रिया तथा कतै निरासा छाएको छ | साँच्ची कै सरकारी निर्णयको परिपक्कता र कार्यान्वयन प्रति प्रश्न चिन्ह उठेको छ | व्यक्तिगत रुपमा व्यवहारिक विज्ञान (Applied Science) को विद्यार्थी भएको नाताले र विदेश तिरका नगरपालिकाहरुको अवस्था देख्दा गतवर्ष हाम्रोमा गरिएको नगरपालिकाको घोषणा प्रति त्यति खुसि लागेको थिएन | आफ्नो कौतुहलता मेट्न र नगरपालिका घोषणाको आधारभूत कुराहरु बुझ्न नेपाल इन्जिनियर्स एशोसियसनको प्रतिनिधिको हैसियतमा मन्त्रालयहरु, राजनीतिक दलका प्रतिनिधिहरु र कतिपय स्थानिय व्यक्तिहरुसंग वार्तालाप गरेको थिएँ | मैले पाएको उत्तर आधारभूत खाका र पर्याप्त भौतिक पूर्वाधारहरु नभएपनि प्रसस्त सम्भावनाहरु भएको ठाउँमा नगरपालिकाको घोषणा पश्चात क्रमबद्ध र स्पस्ट खाका सहितको दीर्घकालीन विकाशका आधारहरु बन्दछन भन्ने थियो |

    तत्कालिन सरकारको निर्णयले स्थानिय संयन्त्र प्रभावकारी हुनसक्ने झिनो आंकलन गरि सकारात्मक बल पुर्याउनु पर्छ भनेर राइनास नगरपालिकाका जागरुक व्यक्तित्वहरु तथा क्लबहरुले विविध जागरणका कार्यक्रमहरु गर्दै आइरहेका छन् | स्थानिय जनतालाई शहरी योजनाविदहरुसंग प्रत्यक्ष साक्षात्कार गरेर शहरी योजना देखि विकासका आधारभूत शब्दावलीहरु सिकाउने, विकाशको चरणहरुमा हुने सक्ने विविध पिडाहरु बुज्न र स्वीकार्न तयार गर्ने, स्थानिय सम्भावनाहरु पहिचान गर्न उत्प्रेरित गर्ने, दीर्घकालीन विकासको लागि अहिल्यै देखि ध्यान दिनुपर्ने कुराहरुको ज्ञान दिने जस्ता विषयहरुमा विशेषत धेरैको ध्यान केन्द्रित छ | राइनास नगरपालिकाको घोषणाले यस क्षेत्रका धेरै बासिन्दाहरुमा एक प्रकारको उत्साह आएको र चुस्त प्रसासनिक संयन्त्र नभएपनि विस्तारै विकशित हुन लागेका नयाँ संरचनाहरुप्रति सबैतिरबाट स्वीकारोक्ति बढन थालेको स्पस्ट अनुभव गर्न सकिन्छ | हो, हाम्रोमा वर्तमान भौतिक संरचनाहरुको हिसाबले नगरपालिका बन्नुपर्ने बलियो आधार छैन तर सम्भावनाहरु प्रसस्तै छन् | जे सुकै भएतापनि नगरपालिका घोषणा गरिसकिएको ठाउँहरुमा नयाँ पूर्वाधारका खाकाहरुमा गम्भीर छलफल हुनुपर्नेमा धमाधम परिवर्तन गरि गाउँपालिका घोषणा गरिएको कुरा वास्तवमा अत्यन्त अपरिपक्क र असान्दर्भिक छ | एक बर्ष अगि मात्र शहरीकरण गर्न खोजिएको ठाउँहरु बर्ष दिनपनि नपुग्दै फेरि किन परिवर्तन गर्नुपर्यो ? सामान्य जनताले के बुज्ने ? यस्तो कमजोर निर्णय गर्ने र कार्यान्वयन गर्न नसक्ने सरकारसंग हामीले के अपेक्षा गर्ने ? कतिपय खबर पत्रिकाहरुमा आए अनुसार स्थानिय राजनीतिक निर्णय रे | के के न् राम्रो दुरदर्शी काम जस्तो  स्थानिय तहदेखि नै राजनीतिक सहमतिको प्रयास रे |  विकास निर्माणमा राजनीतिक दलहरु एक हुनुपर्छ भन्ने संदेश रे | ए ! बाबा, यी संदेश दिनेहरु एक वर्षअगि को हुन् ? कहाँ थिए ? गतवर्ष पनि त्यस्तै सहमति भएको होइन ? फेरि यस्ता कुराहरुमा राजनीतिक पक्ष बलियो हुनुपर्छ कि प्राविधिक पक्ष ? पहिला राजनीतिक निर्णय गरिसकेपछि विज्ञहरुलाई दवाब दिई मुर्ख बनाउन औपचारिकता निभाउने काम मात्र भएको छ | सुन्दा पनि हाँसै लाग्छ, प्राविधिक समित यसभन्दा बाहिर नजाला रे |

     अहिले लाग्दै छ, साँच्ची कै अपरिपक्क र अनुत्तरदायी राजनीतिले हामी माथि अत्यन्तै डरलाग्दो जरा गाडेको रहेछ | विज्ञहरुले उचित विरोध गर्न नसक्नुपनि हाम्रो समाजको अर्को अभिसाप हो | हाम्रो जस्तो अल्पविकसित समाजमा राजनीतिक नेता भनेपछि सबै कुराहरुको औषधि (Panacea) जस्तो मानिने र उनीहरुले पनि आफुलाई त्यस्तै भएको स्वाङ पार्ने प्रवृत्ति अत्यन्त धेरै हुन्छ | विज्ञहरुले ससक्त आवाज निकाल्न नसकेसम्म यो प्रवृत्ति रही नै रहन्छ | देशको चिन्ता गर्ने, आदर्शवान, परिपक्क र उत्तरदायी नेताहरु भन्दा पनि राजनीतिक नाफा नोक्सानको हिसाबकिताब गर्ने साहुहरुबाट हुने यस्तै निर्णयहरुको बोझमा आम जनता पिडित हुनुपर्ने हुन्छ | आधारभूत रुपमा सामान्य मानिसहरुले राजनीतिलाई फोहोरी खेल र आफ्नो पहुँच भन्दा माथिको कुरा सम्झन छाड्ने तथा विद्वानहरु इमान्दार रुपमा राजनीतिमा लाग्ने दिन नआए सम्म यस्तै हुन्छ |

      राइनास कै सन्दर्भमा गाउँपालिका हुनु ठिक बेठिक भन्दापनि अपरिपक्क सरकारी निर्णय, गैरजिम्मेवार राजनीति प्रभुत्तता र त्यसको असर स्वरूप जनताले भोग्नुपरेको अन्योलता र असुविधा गहन विषय हो जस्तो लाग्दछ | यस्ता कमजोर निर्यणहरु स्थानिय जनस्तरमा आउन सक्ने विचलनका कारणहरु पनि बन्न सक्दछ | सरकारको गुण भनेको अन्ततोगत्वा त्यो देशका व्यक्तिहरुको गुणमा परावर्तन हुन्छ |  गतवर्ष गरेको आफ्नो निर्णयमा सरकार स्थिर रहनुपर्दछ | पुर्व घोषित नगरपालिकाहरुलाई गाउँपालिकामा रुपान्तरण गरि अपरिपक्कता देखाउनु भन्दापनि   नयाँ पूर्वाधारहरु सहित दीर्घकालीन विकासका जगहरु निर्माण गर्न सरकारले विशेष विज्ञ टोलीबाट अध्ययन गराउनु पर्दछ |
         

-                            --- ई. दिनेश चन्द्र पन्थी

                

Thursday, September 15, 2016

नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचनमा कसलाई भोट हाल्ने ?

आदरणीय इन्जिनियरहरु,

      नेपाल इन्जिनियर्स एशोसियसनको  ३० औँ कार्यकारी परिषदमा उपमहासचिवको हैसियतमा काम गर्ने मौका मिल्यो | इन्जिनियरहरुको मान मर्यादा स्थापित गर्न र थप संस्थागत विकास गर्न आफुले सक्ने जति मेहेनत गरियो | म यहाँ बुँदागत हिसाबले यो गरियो उ गरियो भन्दिन (हामीले एउटा पुस्तक छापेका छौं  तपाइहरुले हेर्न सक्नुहुनेछ) जे होस् ३० औँ कार्यकारी परिषदलाई यहाँहरुले सम्झने केहि आधारहरु बनेका छन् | हुन त धेरै इन्जिनियरहरुको अपेक्षाकृत काम गर्न सकियो सकिएन, यहाँहरुले नै मुल्यांकन गर्नु भएकै होला | ने.ई.ए.को गतिविधिहरुको मुल्यांकन गर्नु अगाडी आम इन्जिनियरहरुले यसको आधार, प्रतिनिधित्व गर्ने कार्यकारीको अधिकार र व्यक्तिगत पेशागत बाध्यताहरु पनि बुझ्नु पर्छ र त्यहि अनुसार उमेद्वारहरुले पनि आफ्ना नाराहरु तय गर्नुपर्दछ | यो एक बौद्दिक व्यवसाय गर्ने अभियन्ताहरुको पेशागत संस्था (Professional Forum) हो, यहाँ प्रतिनिधित्व गर्ने हरेकको आफ्नो छुट्टै पेशा, व्यवसाय हुन्छ | अभियन्ताहरुले स्वभावत आफ्नो पेशा र पेशागत अभिवृद्धिको लागि धेरै समय दिनुपर्ने हुन्छ | ने.ई.ए को कार्यकारी पद भनेको कुनै लाभको पद पनि होइन | यस हिसावले सोच्दा हामीभन्दा अग्रज इन्जिनियरहरु जसले प्रसस्त समय दिएर एशोसियसनको संस्थागत विकासका आधारहरु र  आजको दिनसम्म बिस हजार भन्दा बढी नेपाली इन्जिनियरहरुको संगठित केन्द्र बनाईदिनु भयो, म उहाँहरुलाई अन्तर्मनबाट धन्यवाद दिन चाहन्छु | हरेक कार्यकारीले एक-एकवटा इट्टामात्र थप्दा पनि एउटा ठुलो संरचना बन्ने रहेछ, त्यो अब आउने कार्यकारीहरुले पनि बुझुन् | सबै कुराहरुलाई समग्रमा विचार गर्दा ३० औँ कार्यकारी परिषद्मा ई. ध्रुव थापाको नेतृत्व सफल भएको मान्नुपर्छ | हुन त इन्जिनियरहरुले एशोसियसनले यो गरेन, त्यो गरेन, धेरै पार्टीगत राजनीति गर्यो भनेर अनेक आरोप पनि लगाएको भेटिन्छ | एशोसियसनले सारा राज्य नै चलाउनुपर्छ भने जस्तो आभास आउने कुराहरु पनि प्रसस्तै सुनिन्छ | ने.ई.ए. जस्ता पेशागत संस्थाहरुको आफ्नै सिमाहरु हुन्छन, यो कुनैपनि कार्यकारी अधिकार भएको संस्था होइन | कमसेकम इन्जिनियरहरुको हकहित, पेशागत मर्यादा र क्षमता अभिवृद्धि गर्न निरन्तर इमान्दार भूमिका खेल्यो भनेपनि कम सम्झनु हुन्न | तर हाम्रो जस्तो अल्पविकशित मुलुकमा भने यस्ता संस्थाहरुको प्रत्यक्ष अप्रत्यक्ष बहुआयामिक भूमिका हुने रहेछ | समग्र विकास निर्माणमा अभियन्ताहरुलाई निरन्तर उत्प्रेरणा गर्न, भौतिक निर्माणको क्षेत्रमा नीति निर्माण गर्न, विकासका सपनाहरु देख्न, सम्भाव्यता अध्ययन गर्न, प्रविधिको प्रयोग र खोज गर्न साथै आधारभूत रुपमा लोकतन्त्रको बलियो विद्वत आधार (Intellectual Base) निर्माण गर्न ने. ई.ए. जस्ता संस्थाहरुको धेरै नै ठुलो भूमिका हुनसक्ने रहेछ |

               मैले ३० औँ परिषदमा उपमहासचिवको हैसियतमा काम गर्दा यो संस्थाको शक्ति बुझें | सानोतिनो राजनीतिक विषयहरुलाई लिएर गर्ने आरोपहरुमा मेरो ध्यान गएन, मैले प्रत्यक्ष बिस हजारभन्दा बढी अभियन्ताहरुको समुह देखें, विकास निर्माणकर्मीहरुको संगठित समुह देखें, यो राज्यको ठुलो शक्ति हो भन्ने बुझें, मैले सानो सकारात्मक प्रयास गरें भने पनि बीसौं हजार इन्जिनियरहरुलाई आफ्नो व्यवसाय र राज्यप्रति थप संबेदनशील बनाउन भूमिका खेल्न सकिन्छ भन्ने बुझें र कार्यकाल भरि नै यहि कुराहरुलाई आफ्नो अन्तरप्रेरणा (Driving Forces) बनाएँ | इन्जिनियरहरुलाई साँच्चिकै एशोसियसनप्रति प्रतिवद्द बनाउन सक्ने र एशोसियसनले निरन्तर सकारात्मक रुपमा विकास निर्माणका नीति निर्माण देखि कार्यान्वयन गर्ने सम्मका (Implementation Issues) विषयहरुमा नेतृत्वदायी भूमिका खेल्न सक्ने हो भने राजनीतिक नेतृत्व देखि अन्य सरकारी अंगहरुलाई सजिलै प्रभाव पार्न सक्ने देखिन्छ | मैले हेरें, धेरै शक्तिशाली सचिवहरु, रास्ट्रिय गौरवका योजनाका प्रमुखहरु, हरेक निर्माण आयोजनाका प्रमुखहरु, प्राध्यापकहरु, सूचना प्रविधि सम्बन्धि वरिस्ठ व्यक्तिहरु देखि लिएर अनेकानेक विशिष्ट व्यक्तिहरु, विकाश निर्माणमा प्रत्यक्ष काम गर्ने हजारौं अभियन्ताहरु यसको सदस्य छन् | एकछिन सोच्नुस त, यस्तो संस्थाको नेतृत्व साँच्चिकै स्वप्नदर्शी, सकारात्मक, कर्मयोगी, देशप्रेमी र एक आदर्शपुरुष भयो भने कति फरक पर्छ ? मैले आफ्नो कार्यकाल भरि एशोसियसनको यहि शक्तिमात्र देखें, पार्टीगत राजनीति देखिन, कतिपय नकारात्मक र उत्साहहिन विचारहरुबाट टाढा हुने प्रयास गरें | कति सकें थाहा छैन, आखिर म पनि यहि समाजको उत्पादन नै हो, म एकै चोटी कायापलट गर्ने कुरा गर्दिन, सफलताको प्रमुख सुत्र निरन्तरता हो भन्ने मान्छु, सामान्य मानिसहरुको शक्तिमा विश्वास गर्छु, देवत्वकरणमा विश्वास गर्दिन तर  आफ्नो विचार मर्न दिन्न | 
     
मलाई राम्रोसंग थाहा छ, ने.ई.ए.को चुनावी दौरानमा पार्टीगत राजनीति मिसिएकै छ, चुनावी प्रक्रियामा गईसकेपछी हाम्रो जस्तो समाजमा यो कुरा एकैचोटी रोक्न पनि सकिन्न तर म तपाईहरुलाई इमान्दारितापुर्वक भन्छु, चुनावको १-२ महिना बाहेक तपाईहरुले एशोसियसनमा राजनीतिक गतिविधिहरु पटक्कै देख्नुहुने छैन | कमसेकम मैले २ वर्षको कार्यकालमा कहिल्यै त्यो भेटिन | त्यसैले तपाईहरुले चुनावी राजनीति भन्दा एशोसियसनको समग्र शक्ति (प्रत्यक्ष, अप्रत्यक्ष) बुज्नुहोस अनि आउनुहोस यसको  छाता भित्र | “के भोट हाल्ने ?” भनेर नबस्नुहोस | कहिलेकाँही त भौतिक विकासको तिब्र गतिमा हिंडिरहेका देशहरुको राष्ट्रप्रमुख देखि विशिष्ट ओहोदाहरुमा इन्जिनियरहरुको कुशल र सफल नेतृत्व देख्दा हाम्रोमा पनि एशोसियसनले इन्जिनियरहरुको नेतृत्व विकासमा भूमिका खेलोस भनेजस्तो पनि लाग्छ | त्यसैले नेतृत्व विकास गर्ने र राष्ट्रिय विकास निर्माणमा सकारात्मक प्रभाव पार्न नेपाल इन्जिनियर्स एशोसियसन अत्यन्त राम्रो आधार बन्न सक्छ | धेरै राजनीति भयो भनेर मात्र भन्दापनि  इन्जिनियर नेतृत्वको राजनीतिक सम्बन्ध एशोसियसनको लागि सम्पति (Asset) पनि बन्न सक्छ भन्ने कुरापनि हामीले बिर्सनु हुँदैन | कतिपयले यसको विकल्पको वारेमा पनि कुरा गर्छन, म अलि गम्भीर हुन्छु | ५५ बर्ष लागेर बनेको संस्था ख्याल ख्याल होइन | संस्था बनाउन, सुचारु र जीवन्त राख्न कति परिश्रम पर्छ भन्ने ज्ञान नभएर पो हो कि जस्तो लाग्छ | अर्को महत्वपुर्ण विषय भनेको हामी साँच्ची कै लोकतन्त्रको आधारभूत मान्यतामा विश्वास गर्छौं भने यस्ता खालका संस्थाहरु भनेको लोकतन्त्रका बलिया खम्बाहरु पनि हुन् | मेरो विचारमा पेशागत हक अधिकारहरु आधारभूत रुपमा लोकतन्त्र र स्वतन्त्रता कै दर्शनबाट हुर्किएका कुराहरु हुन् |

अब आयो तंपाईले कसलाई भोट हाल्ने भन्ने कुरा | घोषणापत्र त सबैको सरसर्ती हेर्नु भएकै होला, उम्मेदवारहरु सबै इन्जिनियर नै हुन् सबैले राम्रै पढेका छन्, तपाइँ हामी जस्ता मतदाताहरुलाई कसरी आकर्षण गर्ने सबैले बुझेका छन् | सबैका प्रतिवद्दताहरु उन्नाइस-बिस नै छन् भने अब आधारभूत विषयमा प्रवेश गर्नु पर्छ | मैले यहाँ आधारभूत विषय भन्न खोजेको, को लोकतन्त्रको जगमा जन्मेको छ? कसको जगमा व्यक्तिगत स्वतन्त्रताको दर्शन छ? को आजको दिनसम्म समग्र रुपममा एशोसियसनलाई बिस हजार भन्दा बढी अभियन्ताहरुको संगठित घर बनाउन निरन्तर लागि रहेको छ ? त्यो तपाईहरुले इमान्दारपुर्वक हेर्नुपर्छ | हो, हामी माझ धेरै समस्याहरु छन्, विकाश निर्माणका कार्यहरु अपेक्षाकृत छैनन् तर एकछिन सोचौं त, हामी जस्ता शिक्षित, कर्मयोगी र आदर्शपुरुष बन्नुपर्ने मानिसहरुको संस्थामा लोकतन्त्रको गर्वबाट जन्मेकाहरु कमजोर भए भने कस्तो संदेश जान्छ?  मेरो विचारमा लोकतन्त्रका अरु खम्बाहरु पनि कमजोर हुन्छन् | यो तहका स्वतन्त्र र सिर्जनात्मक व्यवसाय गर्ने व्यक्तिहरुलाई त लोकतन्त्र र स्वतन्त्रताको आधारभूत विषयहरुप्रति रुचि छैन भने हामीलाई मात्र किन ? भन्ने डरलाग्दो संदेश प्रवाह हुनसक्छ | हाम्रो तहका मान्छेहरुले गर्ने हरेक व्यक्तिगत निर्णयहरुमा कुनै न कुनै दार्शनिक पक्ष जोडिएकै हुनुपर्छ, ताकि त्यसले समाजमा दिगो संदेश दिन सकोस | म यो पक्ष वा ऊ पक्षलाई भोट हाल्नुस भन्दिन , तर हामी इन्जिनियरहरु सबै स्वतन्त्रता र लोकतन्त्र कै दिगो पक्षपाती हुनुपर्छ | त्यसैले म सबैलाई यो आग्रह गर्छु कि तत्कालिन समाजमा कुन पक्ष प्रवल वा कमजोर छ त्यो छोड्नुस तर तपाइँ हाम्रो सानो निर्णयले लोकतन्त्र र स्वतन्त्रताका खम्बाहरु कमजोर हुने संदेश नजाओस |

कति साथीहरुले मलाई व्यक्तिगत रुपमा यो गरिस्, त्यो गरिस्, यति समय दिइस्, एशोसियसनको नेतृत्वमा फेरि आउनुपर्छ भन्नुहुन्छ तर म भन्छु, व्यक्तिगत रुपमा मैले घमण्ड गर्नुपर्ने कुनै कारण छैन किनकी मेरो उत्प्रेरणा लोकतन्त्र र स्वतन्त्रताको जगमा अडेको दर्शन हो, मलाई अत्यन्त सहयोग गर्ने मेरो समुह हो र मलाई निरन्तर सकारात्मक सहयोग गर्ने आम इन्जिनियरहरु हुन् | म समुहमा विश्वास गर्छु, दिगोपनमा विश्वास गर्छु, निरन्तरतामा विश्वास गर्छु, परिपक्कतामा विश्वास गर्छु, लोकतन्त्र, स्वतन्त्रता र समानतामा विश्वास गर्छु | समग्रमा म लोकतान्त्रिक समुहमा विश्वास गर्छु | आम इन्जिनियरहरुले लोकतन्त्रका खम्बाहरु (Democratic Institutions) लाई कमजोर पार्ने खालका संदेशहरु प्रवाह गर्ने छैनन् र त्यसै अनुरुप आफ्नो नेतृत्व चयन गर्ने छन् भन्ने कुरामा म पूर्ण विश्वास गर्छु |

-    ई. दिनेश चन्द्र पन्थी
उपमहासचिव
नेपाल इन्जिनियर्स एशोसियसन
३० औँ कार्यकारी परिषद
           


Saturday, September 3, 2016

My speech at the Opening Ceremony of 2016 Batch International Students of South China University of Technology, Guangzhou, China on Sept-02, 2016

Honorable Dean Prof. An,
Respected Professors,
Faculty Members,
Administrative staffs,
International Students and YES scholars,

First of all, on the behalf of all new international students, I would like to thank to School of International Education of South China University of Technology for selecting us to the very competitive and highly useful academic degree. Also, we are equally thankful to the Ministry of Education, Peoples’ Republic of China for all arrangement during our study in China. I am sure all the international students will be highly benefitted from the peaceful academic environment and supportive faculties and staffs of SCUT. The opportunity that is being provided  is not only empower us but also helps to strengthen a bilateral and multilateral relations, helps to familiar with multi-cultures, values and emotions. For me, I usually surprise seeing the amazing economic growth, physical infrastructures and overall advancement of china on the short period of open up. I used to dream to learn and often share in my country about the Chinese dedication, hardworking, innovative and entrepreneurial nature of Chinese people as well as Chinese management, now it becomes reality, so, I am here with very specific objectives. I hope most of international students might have almost same objectives. Learning of international management, multi-cultures, multi-traditions, multi-values are very important these days as our world become smaller, economy and trade become borderless and interdependent. Thank you SCUT and Government of China for such a wonderful opportunity and effort to make us a new member of borderless world.   
This time, I remember the great Chinese masters Lao-tzu and Confucius as well as many other philosophers who laid the foundation of education, knowledge and wisdom. That was the time; china was one of the sources of knowledge and wisdom for rest of the world. In this time too, Chinese systematic and planned development is being a source of inspiration and role model for all developing countries like ours. China will be next hub for international education. I think, all that performed by china is due to the combination of Chinese management, honest, laborious and entrepreneurial Chinese people, dedicated leadership and most importantly the best education provided by Chinese universities.
Dear YES scholars, as we all are the professional students, we should learn to bridge and promote the inter-dependency between us and China, and honestly use our management expertise that we will gain at the end of our study, for the betterment of our people and country.
At the last, I would like to request to all in this intellectual gathering to work to stop over exploitation of resources, protect Mother Nature and act for sustainability wherever you live, whatever you do and whenever you have authority. 
Once again, thank you all and hope to have wonderful time during our study in china. 
Thank you.
------
-         Dinesh Chandra Panthy,
YES (Youth of Excellence Scheme) China  scholar. 
September 02, 2016


Saturday, August 6, 2016

Nepal – A Stagnating Economy Sleepwalking towards Global Irrelevance


Dr. Omkar Shrestha
Research Associate, Institute of Southeast Asian Studies – Yusof Ishak Institute (ISEAS)
Adjunct Faculty, Economics Department, National University of Singapore (NUS)
@ NEA Talk on August-5, 2016  

It was an enlightening talk with Dr. Omkar Shrestha on “Nepal – A Stagnating Economy Sleepwalking towards Global Irrelevance” in NEA on Friday, August-5, 2016. On the talk, he shared the synopsis of global economy, Structure of Nepalese Economy, shifting of Global/Regional Economic Blocs, Irrelevance Indicators w.r.t. to global context and pragmatic suggestions for Reviving the Economy and Gaining Global Relevance. Our situations, according to Dr. Shrestha are really alarming, He urged to start some new initiatives to restore the Nepal Brand as well as utilise the natural beauties, resources, diversities, heritages and cultures to reclaim the Global Relevance.The talk was concluded with the profound remarks by Dr. Bindu Nath Lohani, Former Vice President of Asian Development Bank.

The useful information and important suggestions from the talk are:

Global economic centre of gravity shifting to Asia :                  
u  China overtaking France in 2005, United Kingdom in 2006, Germany in 2008 and Japan in 2010; Goldman Sachs study shows China overtaking the US in 2026 (instead of earlier forecast 2041);
u  The same report shows India overtaking Japan by 2032; China and India overtaking the US economy two times by 2050;
u  Nearly 50% of global GDP growth between 2010 and 2025 will come from 400 cities in emerging markets; 95% of them being small and medium sized cities, the West may never have ever heard of;
u  Trade and investment among the emerging countries doubled over the past decade;
u  Goldman and Sachs concludes its report with a question – “Are You Ready?”

Nepal – Structure of Nepalese Economy:
u  Consumption share of GDP – 94% (Fuelled by remittances, a single driving factor, highly risky
u  Investment (Domestic and Foreign) insignificant;
u  Government’s capital expenditures are small & constrained by implementation capacity;
u  Export/Import ratio – 1:11;  Trade Deficit to GDP Ratio – 32%
u  Total Imports – Rs 685 billion ;  Total Exports – Rs 61 billion;  Total Trade Deficit – Rs 624 billion (during 11 months of FY 2015/16);

Nepal – Global Irrelevance Indicators
u  Nepali Passport among the worst passport -  fifth from the bottom with Afghanistan, Iraq, Syria, Libya and Somalia below Nepal according to Henley and Partners Visa Restriction Index, 2016;
u  A Nepali candidate gets selected in internationally-contested job but the second ranked candidate is given the job offer simply because the job requires frequent travel which is not possible under Nepali  passport;
u  General perception that Nepali Passport can easily fall in wrong hands; Rampant cases of passport losses; perception of violation to visa rules/obligations;
u  Tendency of Kathmandu-based foreign missions and embassies to look at  Nepal from the lens of Southern neighbouring country; Decreasing number of foreign misson;
u  Poor degree of connectedness to the world outside (by land and air); National flag carrier is barred from flying the sky over US and Europe under Class III category; Air connectedness influenced mostly by remittance-related factors;
u  Nepal delinked from the regional and global value chain (GVC)
u  Political instability resulting from wanton changes in Government with each regime’s shelf life reduced to one year or less since 2008; No global public support during five month border trade disruptions in support of Nepal;
u  Country’s poor ranking in various global indexes like Corruption Perception Index, Pinkerton Country Risk Index, Human Development Index, Ease of Doing Business Index etc;
u  Unimpressive economic achievement; Nepal overtaken by countries like Laos & Cambodia;

u  No foreign dignitaries’ visit to Nepal for a long time

Reviving the Economy and Gaining Global Relevance :
u  Place Human economic rights ahead of human political rights;
u  Address political mess because poor economic performance more due to over politicisation  e.g. politicisation of labour, students and even civil service; Over political protection to small formal labour group at home and under protection to large labour group abroad;
u  Address software bottlenecks (lack of law and order, Breakdown of moral discipline, rampant corruption, People’s mistrust in government services, and general mind set of aversion to responsibilities etc) because they are even more urgent than physical infrastructural bottlenecks.
u  Remittance earnings as a single driving force to growth is neither sustainable nor prudent; Foreign employment cannot be answer to domestic unemployment problem.
u  Government itself can never create adequate jobs  (In total, 376,860 individuals on Nepal, Government salary); but it should always create and maintain most attractive environment for domestic and foreign investment;
u  It is time to treat water resources beyond energy, as important as it is; Treat water as consumption product – industrial consumption, agriculture consumption, human consumption; (India’s  $168 billion River Linking Project that could have bearing on Nepal water resources)
u  Redefining Tourism (Tourism sector’s direct contribution to GDP is embarrassingly low 2%);
u  Proactive promotion of “Silver Industry”, a massively expanding industry of $8 trillion in 2008 projected at over $20 trillion over the next decade;
u  “Inevitability” of Nepal as a “Trade Gate” between Asia’s two major economic houses, It is time not to keep ourselves mind-locked that  Nepal is landlocked;
u  “Gravity of Proximity” is weakening in goods as well as services
u  Education as the great leveller; “Knowledge products” or the “idea products” like the 3-D manufacturing and other high-tech products as the exit door to Nepal’s geographical bottleneck;

Restoring Nepal Brand and Reclaiming Global Relevance:
u  Reassert Good Governance by eliminating prevailing Trust Deficit between people and political leaders, between people and police, between people and professionals in various fields;
u  Stress Human Responsibilities – not just  human rights; Accountabilities not just authorities, and discipline, law and order not just democratic rights;
u  Consider setting up “The Kathmandu Dialogue” –Invite world class thought leaders for deliberation on current issues of country-concern; Make their voice the country’s voice; Make them act as the country’s “Good Will Ambassadors”;
u  Join as many regional bodies like Singapore does; smaller nations get their voice heard only through regional bodies; bilaterally they are too small to be taken seriously.
u  For smaller nations, global relevance is not something to be taken for granted; It is like an artefact that is to be created and earned;

Nepal – Our Land: Our Nation
u  Nepal – This is a rich country being made poor and miserably dependent on remittances; This is a rich country inhabited by poor in an environment of ethical collapse and ill governance led by leadership deprived of long -term vision;
u  This was a country with the image of Shangri La now tarnished to the image of a land of migrant workers; It is a country with rich tapestry of multiple cultures now being reduced to ethnic or geography-based identities rather than ”Nepali” as its first identity;
u  This was a country once provided with easy visa access to a number of counties but now reduced to among the world’s worst passports, fifth from the bottom with only Afghanistan, Iraq, Syria, Libya and Somalia  under it;
u  This is a country with overwhelming potential and underwhelming performance; It is a land of resilience and unending hope as seen after the major earth quake in 2015;
u  We have so much contents & substance to convince the larger world – nature’s gifts, ancestors’ heritages; people’s bright resilience, the optimistic attitude, the likeability and the contagious smiles;
u  “It is among the mother earth’s most photogenic country” National Geographic
u  Kathmandu - Most dense in the world  in terms of cultural heritages: UNESCO
u  Nepal – From flat land of Lord Buddha’s Birthplace Lumbini to Mt. Everest, the world’s roof
u  Home to near-extinct multiple birds and flowers;
u  Water stressed Asia’s home of 6,000 rivers and over 200 majestic lakes and ponds;
……
Who in Nepal will win if Nepal fails? Who in Nepal will fail if Nepal wins?

ARE WE READY?





Saturday, June 18, 2016

NEATalk “सकारात्मक सोच (Positive Thinking)” को छोटो सारांश, (Speaker : Karna Sakya, June-17, 2016)

मिति २०७३-०३-०३ (June-17, 2016) मा ने.ई.ए. मा गरिएको NEATalk एक विशेष प्रकारको जीवन शिक्षा (Life Education)  थियो | अनेकौं पिडा र भोगाईबाट खारिएर तयार भएको, सकारात्मक सोचले भरिपुर्ण एक सफल व्यवसायी, वातावरणविद, संरक्षणविद, लेखक तथा समाजसेवीको रुपमा समाजमा आफ्नो विशिष्ट स्थान बनाउन सफल व्यक्तित्व कर्ण शाक्यको यथार्थ जीवनी थियो | एकजना व्यक्तिको सकारात्मक सोच, इमान्दारिता र निरन्तर लगावले मात्र पनि समाजमा कति परिवर्तन र संदेश दिन सक्दोरहेछ भन्ने कुराको ज्वलन्त उदाहरण हुनुहुन्छ कर्ण शाक्यजी |

शुरुमा केहि इन्जिनियरिंङ दर्शनमा केन्द्रित हुँदै स्थानीय कला र सिर्जनालाई उच्च महत्व दिदैं उहाँले भन्नु भयो :
-        हरेक घरको आफ्नै व्यक्तित्व हुन्छ, इन्जिनियरहरु गम्भीर हुनुपर्दछ |
-    पैसाले धेरै कुराहरु किन्न सकिन्छ तर इतिहास तथा पुरातात्विक संरचनाहरु जस्ता कुराहरु किन्न सकिंदैन, आफ्नो कला र संस्कृति प्रति गौरव गर्नुपर्दछ |
-    सिर्जना सपनाबाट जन्मन्छ, सदा स्वप्नशिल हुनुपर्दछ |
-    भौतिक संरचनाहरु बनाउँदा Energy Point (Vibrating Point) हरुको अवस्थितिको विचार गर्नुपर्दछ, जहाँबाट उर्जाको अनुभव गर्न सकियोस |

NEATalk को मुख्य विषय “सकारात्मक सोच (Positive Thinking)” को वारेमा उहाँले अत्यन्त उत्साहप्रद, हौसलापूर्ण र सारगर्भित विचारहरु राख्नु भयो |: 

-    कुनैपनि विषयमा धारणा बनाउँदा बहुआयामिक दृष्टिकोणबाट अध्ययन गर्नुपर्दछ | (3D picture of Understanding, or Multidimensional “Art of Understanding”)
-    बारम्बार स्वमुल्यांकन (Frequent self evaluation) हुनुपर्दछ |
-    भगवानले हरेक मान्छे भित्र एक विशिष्ट गुण दिएको हुन्छ |
-    राम्रोसंग नेपाली बोल्न नजान्ने नेवारको छोराले लेखेको किताब (“सोच”) कसरी नेपालमा सबैभन्दा छिटो विक्री हुने किताव (Fastest Selling Book in Nepal) बन्यो ? जीवनको यथार्थ भोगाई, पिडा, संघर्ष र सकारात्मक सोचको प्रभाव होइन ?
-    नाम विनाको मान्छे के मान्छे ? म जीवनमा झिंगा भएर मर्न चाहन्न | जति दिन बाँच्छु अर्थपूर्ण जीवन बाँच्छु | कमसेकम मरेको दिन हजार जना मलामीहरु हुन् | म मरेर पनि बाँच्न चाहन्छु |
-    माओवादी द्वन्दको समय : एकातिर अँध्यारो, कालो, डरलाग्दो थियो, रोधन थियो, मरेका लासहरु थिए, अर्कोतिर लालुपातेहरु फुलिरहेका थिए, लालीगुराँसहरु फुलिरहेका थिए, नदि थिए, नाला थिए, सुन्दर पहाडहरु थिए, हिमाल थिए | सोचें, उ बेलामा एउटा अम्बा खान संघर्ष गर्नुपर्थ्यो अहिले स्ट्रबेरी देखि अनेक थरि फलफूलहरु प्रशस्त छन्, पहिले अलिकति पैशा आवश्यक पर्यो कि कति जनाको घर-घर धाउनु पर्थ्यो, अहिले बैंकहरु लाइन लागेर घर घरमा ऋण दिन आएका छन्, आफ्नै समयमा पहिले डाक्टर इन्जिनियर पढ्न चप्रासीको चाकडी गर्नुपर्थ्यो, अहिले शहर भरि कलेजहरु खुलेका छन् | के नेपाल बर्बादै भएकै  हो त? विचार गरें, होइन | अनि मैले निर्णय गरें म विदेश जान्न | नेपालमै व्यवसाय गर्छु |
-    मान्छेलाई दुई प्रकारका घोडाहरुले तानी रहेको हुन्छ, एउटा चेतना र चिन्तनको घोडा, अर्को विकाशको घोडा | चिन्तनको घोडा जहिले पनि एक कदम अगाडी हुन्छ, विकाशको घोडा एक कदम पछी हुन्छ र त्यहि घोडाले तानेर मानिसहरु भौंतारी रहेका हुन्छन् |
-    हामी बुद्दिजिबिहरु २ प्रतिशत भन्दा कम जनसंख्या भित्र पर्दछौं, अर्को तिर ९८ प्रतिशत छ, जहाँ किसानहरु छन्, गाउँलेहरु छन्, देश उनीहरुकै कारणले चली राखेको छ, केहि भएको छ भने उनीहरुकै कारणले भईराखेको छ | म त्यहि ९८ प्रतिशत मान्छेहरुको लागि सम्बोधन गर्न चाहन्छु |
-    समय र पैशाको अत्यन्त महत्व हुन्छ, सम्मान र सदुपयोग गर्नु पर्दछ | सरस्वतीबाट सिर्जना हुन्छ, सिर्जनाको लागि समय चाहिन्छ | समयको बर्बाद भनेको सरस्वतीको अपहेलना गर्नु हो | पसिना बगाएर  पैशाको आम्दानी हुन्छ, लक्ष्मी आर्जन हुन्छ,  पैशा यस्तो चिजमा खर्च होस् जुन चिजको कुनै मूल्य होस् कुनै मान्यता होस् | पैशाको जथाभावी खर्च भनेको लक्ष्मीको अपहेलना हो |  हामी व्यवसायीहरुले सरस्वती र लक्ष्मीको सदैव मान गर्नुपर्दछ |
-    मान्छेको २ वटा आँखा अगाडी हुन्छ जसले अगाडिको भौतिक चिजहरु मात्र देख्दछ, त्यस्तै  २ वटा आँखा पछाडी हुन्छ जसले सबै चिजहरु देख्दछ |
-    जीवनलाई सललल बगाउने प्रक्रिया भनेको सकारात्मक सोच हो |
-    समस्या विहिन जीवन त ख्याल ख्यालको जीवन हो | समस्याले उपाय जन्माउछ | समाधान जन्माउछ |
-    सपना (Dream), प्रतिज्ञा (Commitment) र लगाव (dedication) हुनुपर्छ, परिवर्तन (Change) गर्न सकिन्छ |     
-    मनले चाहेको काम गर्नुपर्दछ, समयको बन्धक भएर बाँच्न गार्हो हुन्छ |
-    सुखको अनुभव गर्न दुख भोगेकै हुनुपर्दछ |
-    “सोच” किताव पढेर लगभग १६०० जति मान्छेहरु स्वदेश फर्किएर व्यवसाय गर्न थालेका छन् भन्ने सुनेको छु |           
-    जीवनमा मौरी (Bee) जस्तो भएर बाँच्नुपर्दछ | मौरीले आफुपनि खान्छ अरुलाई पनि खुवाउँछ, धेरै चाहार्छ तर जहाँ गएपनि आफ्नै घर फर्कन्छ, जुनै फुलबाट रस चुसेपनि  फुललाई बिगार्दैन, मरेपछि मैन (wax)  बन्छ |

विदेशमा बस्ने नेपालीहरुलाई कर्ण शाक्य यसरी केहि अनुरोध गर्नुहुन्छ :
-    हाफ पाइन्ट लगाएर ढल्किदै हिंडेको, चिल्लो कारको अगाडी पछाडी बसेको, चिल्ला सडक र गगनचुम्बी घरहरुलाई दायाँबायाँ पारेर खिचेका फोटोहरुले मात्र सामाजिक संजाल नभर्नुहोस, विदेशमा बस्दा गरिने संघर्ष र परिश्रमका कहानीहरु पनि राखिदिनोस, हरेक महिना बैंकको किस्ताले दिने पिडा पनि सुनाउनुहोस, अस्पतालको खटाई, सुपरमार्केटको खटाई पनि सुनाउनुहोस, के काम गर्दै हुनुहुन्छ त्यो पनि बताईदिनुहोस, कामको शिलशिलामा हुने मानसिक तनाव र पीडाहरु पनि भनिदिनुहोस, विदेशमा बस्दा घरपरिवार, समाज, रीतिरिवाज, चाडपर्व आदि सामाजिक कुराहरुको कारणले हुने पिडा पनि सुनाउनुहोस, कति समय खट्नु हुन्छ भनिदिनुहोस | सामाजिक संजालमा देखिने तपाईहरुको मोजमस्तीको जीवनशैली (Glamorous lifestyle) को लोभको कारणले नेपालका बस्तीहरु छिन्नभिन्न र उजाड भईसक्यो |    

हाम्रो समाजलाई कर्ण शाक्य जी जस्तै सकारात्मक सोचले अभिप्रेरित कर्मशील “रोल मोडेल”  हरुको खाँचो छ|