यसपालीको तीजमा हाम्रा दिदी बहिनीहरुले
यस्तो गीत गाऊन ::
(गण्डकी अन्चलतिर तिजको अवसरमा गाइने भाकामा आधारित )
***************************************************************************
(गण्डकी अन्चलतिर तिजको अवसरमा गाइने भाकामा आधारित )
***************************************************************************
१)
सुन सुन दिदी बहिनी, सुन छोरी नानी हो
(चाहिंदैन हामीलाई कोटा पनि हो) n
सुन सुन दिदी बहिनी, सुन छोरी नानी हो
(चाहिंदैन हामीलाई कोटा पनि हो) n
२)
मौका दिए हामीले गर्छौं छोरा समान
(लिंग कै आधारमा कमजोर नठान ) n
३)
इन्जिनियर हामी छौं, डाक्टर पनि हामी छौं
(मौका पाउँदा हामी छोरी कहाँ कमि छौं ? ) n
४)
राजनेता, प्रशासक, वैज्ञानिक र दार्शनिक
(सक्छौं हामी सबै हुन शिक्षा पाए ठिक ) n
५)
हिलारीले अमेरिका, एन्जिलाले जर्मनी
(शासन गर्दा हाम्ले यहाँ के छ नसक्नी ) n
६)
चन्द्रिका र बेनेजिर, इन्दिरा र हसिना
(मौका पाए पढने लेख्ने गरे शासन ) n
७)
संसार भरि शासन गर्ने बेलायतको देशमा
(मार्गरेटले मै भन्नेलाई पारिन वशमा ) n
८)
विकिरणमा खोज गर्ने म्याडम क्युरी दिदी हो
(सारा संसार हल्लाईदिने उनकै विधि हो ) n
९)
सुतेको अफ्रिकालाई जगाई दिने सरलिफ*
(उनको अहिले सबैतिर कति तारिफ ! ) n
१०)
पढ्ने लेख्ने नारीहरु संसार हाक्ने भैसके
(आफैंलाई कमजोर ठान्ने कहाँ गैसके ? ) n
११)
धेरै सुत्यौं हामीहरु उठौं जोस लिएर
(छाडौं अब यो देशलाई केहि दिएर ) n
१२)
फर्क फर्क छिटै फर्क विदेश जाने दाजुभाई
(हामी सबै मिलि अब बनाउँ यै देशलाई ) n
(n=२, ३ वा ४ )
- - दिनेश चन्द्र पन्थी “दीप”
भाद्र-१९,
२०७२ शनिवार
*
Ellen Johnson Sirleaf, is the first elected female head
of state in Africa, 24th & current president of
Liberia, Nobel Peace
Prize winner on 2011.
amazing talent
ReplyDelete