असिना
पसिना सडकमा चहार्दै गर्दा
म मानव
बोक्ने आधुनिक यन्त्र देख्छु
मेरो
सपनाबाट प्रफुल्ल हुन्छु,
गगनचुम्बी
महलहरुमा मानव खुसियाली देख्दा
मेरो
सानो गूँडबाट रम्दै
मेरै
सपनालाई धन्यवाद दिन्छु,
सारा
मानवलाई जोड्ने इन्टरनेट सम्झन्छु
मेरो
सानो कम्प्युटरको पर्दाबाट
खुसि
हुन्छु मेरो सपना प्रति,
टोल टोल
देखि सामाजिक संजाल होस या
कुना
काप्चा देखि शहरको झिलिमिली,
किसान
होस या राजनेता,
जब
हुन्छ आधुनिकताको बहस,
म सपना
देख्न सुरु गर्छु,
साध्य
होस या नहोस
अविरल
मेरो सपना चलिरहन्छ
म मेरै
साधनमा रमाउँछु
किनकी
सवको
आशा
म एक
इन्जिनियर
सपनालाई
विपनामा ढाल्ने
हामी
इन्जिनियरहरु !!!
-
- ई. दिनेशचन्द्र पन्थी,
उपमहासचिव,
नेपाल इन्जिनियर्स एशोसियसन
(२०७२ सालको इन्जिनियर दिवशको उपलक्ष्यमा प्रस्तुत)
No comments:
Post a Comment