अग्ला अग्ला दुईटा कोट ऐतिहासिक ठाउँ
सुन्दैमा नै ढक्क
फुल्ने राईनास-लिगलिग नाउँ |
दुई कोटको बलेनीमा
अहा ! कस्तो फाँट
कृषि विकाश गर्न पाए
अर्कै हुन्थ्यो ठाँट ||
चम्पावती सललल कति
राम्रो दुन
केहि कुरामा कमि छैन
कमि बरु सुन |
चारतिरै डाँडाकाँडा
आकाश मै छुने
बिचमा बसि नजर
लाउँदा मनै शितल हुने ||
चम्पावती दुवैतिर
मनमोहक तट
बालपन जस्तै लाग्ने
प्रकृतिको छटा |
छङछङ गर्दै तटमा झर्ने हेर कति रोशी
केहि
नबुझि जीवन जिउने हामी कति बासी ||
सिरानचोक,
दुधपोखरी सबै तपोभूमि
देवगण
नै बस्थे होला सारा घुमी घुमी |
सन्ततिलाई
जोगाइ राख्ने हाम्रा पिता पुर्खा
केहि
नगरी सुति खाने हामी कति मुर्ख ||
भलायखर्क,
चक्रतीर्थ, थालाजुंङ र हर्मी
धमिलिकुवा,
तार्कुघाट र आँपपिपल सब पर्नी |
विचमा
बग्ने कन्चन चेपे दायाँबायाँ फाँट
यै
फाँटलाई विकाश गर्ने हामी सबको आँट ||
कोल्की,
प्यार्जुंङ, भारते र मोहोरियाकोट
यी
गाउँलाई छोड्न हुन्न छोडे लाग्छ चोट |
गौंडा,
विचौर, इलम र दुधपोखरी शिरमा
हाम्ले
केहि नगर्नाले कति होलान् पिरमा ||
पाचोक
माथि ढोडेनी र फलेनीका भिर
यी
भिरमा जीवन जिउँदा कति कष्ट पिर |
एउटा
घर वल्लो डिलमा अर्को घर पल्लो
छुट्टाछुट्टै
बस्नुपर्दा कति मन खल्लो ||
छरिएका
सारा वस्ती एकै गर्ने मौका
विकाश
गर्नुपर्छ अब राईनास उपत्यका |
एकीकृत
वस्ती विकास गर्ने आयो बेला
यति
राम्रो उपत्यका अन्त कता होला ||
गाउँ
छोडेर शहर बजार वस्ने दाजुभाई
यो
ठाउँको सम्भावना कसले बुझ्ने खोई ? |
स्वदेश
विदेश घुम्दा पनि यति सुन्दर गाउँ
भेटिएन
प्रकृतिले बनाएको ठाउँ ||
विदेश
जाँदा दुख पिडा देशकै माया गाढा
यै
ठाउँको विकाश भए किन बस्थे टाढा ?
कृषिसहर विकाश गर्न अब हाम्रो ध्यान
जुट्नुपर्छ
यो कुरामा सबै जन मन ||
बहुजाती,
बहुभाषी चम्पा वारी पारी
कल्पनाको
तरेलीमा सुन्दर फुलबारी |
माथी
माथी हरित नगर तल कृषि घर
कति
मोहक हुन्थ्यो होला त्यतिबेला सहर ||
दुई कोटको बलेनीमा अहा ! कस्तो फाँट
कृषि विकाश गर्न पाए अर्कै हुन्थ्यो ठाँट ||
- ई. दिनेश चन्द्र पन्थी “दीप”
भलायखर्क-१, लमजुङ, २०७२-०५-२३, बुधवार
No comments:
Post a Comment