Dinesh Chandra Panthy

Dinesh Chandra Panthy
A Quest for Wisdom

Wednesday, September 9, 2015

स्वर्गद्वारी, प्युठान
स्वर्गपुरिमै छु कि झैं लाग्ने        

नीर गगन मुनि शान्त हिमाल
वरिपरी पहाड चले झैं लाग्ने    |
सिरी सिरी बतासले चुम्बन गर्दा
स्वर्गपुरिमै छु कि झैं लाग्ने    ||

पन्छीहरुको चिरबिर चिरबिर 
ज्ञान वाणी सुने झैं लाग्ने     |
कोमल किरणले चुम्बन गर्दा
स्वर्गपुरिमै छु कि झैं लाग्ने   ||

वेदध्वनिको गुन्जाएन् ले
देवगण सारा वरिपरी लाग्ने   |
नयन भरिको हरियालीले
स्वर्गपुरिमै छु कि झैं लाग्ने   ||

गौमाताको हुलमुल देख्दा
कृष्ण मुरारी वरिपरी लाग्ने   |
भक्तहरुको खुसियालीले
स्वर्गपुरिमै छु कि झैं लाग्ने   ||

महाप्रभुको अहो ! महिमा
कण कण सबै भिजे झैं लाग्ने |
हर्षले मन गद्गद् हुँदा
स्वर्गपुरिमै छु कि झैं लाग्ने   ||

धर्मशाला वरिपरी, मनुवाभारी
लावालस्कर देव झैं लाग्ने    |
पुण्यको प्यास सबमा देख्दा
स्वर्गपुरिमै छु कि झैं लाग्ने   ||

अपूर्व कस्तो भाव सबमा
सबै तृप्त भएझैं लाग्ने |
अखण्ड हवनको ऋचा सुन्दा
स्वर्गपुरिमै छु कि झैं लाग्ने   ||

अहा ! कस्तो सुन्दर भुमि
देवपुरी नै हो कि झैं लाग्ने |
मानव वस्ती तल तल देख्दा
स्वर्गपुरिमै छु कि झैं लाग्ने   ||   

 ई. दिनेश चन्द्र पन्थी “दीप” 
   २०७१-१०-१८, आइतवार
   (२०७१ साल माघ महिनामा स्वर्गद्वारी घुम्ने क्रममा लेखिएको)            

No comments:

Post a Comment