सोच, विचार, गुन,
पढ, पढ, पढ;
शान्त होउ, सुन, सुन,
सानो ठुलो केहि नभनी
सुन;
हेर, सोध, खोज, खोज,
खोज,
अँध्यारो, उज्यालो
केहि नभनी खोज;
सानातिना, मसिना छोड,
छोड, छोड,
छोड, त्याग, रिस,
राग, कुण्ठा, दोष, घृणा;
बढाऊ प्रेम, सदभाव,
क्षमा,
बनाउ विशाल हृदय,
सोच ठुलो भयङ्कर,
बनाउ योजना अब;
लाग, लाग, अब लाग,
मुर्ख, पागल, राक्षस
सरी लाग;
लगाउ बुद्धि,
थप बल, जुक्ति,
तोड बन्धन पुराना,
नयाँ नयाँ फरक सोच,
हरदम सोच, विचार;
बाटो आफैं बनाऊ,
छोड अल्छी, तमाशा,
छोड जुम्सोपना;
खित् खित् खित् हाँस,
ठोक छाती,
बजार पैताला,
किट, किट, किट दाह्रा
किट,
काँडा उमार शरीर भरि,
काँडा उमार शरीर भरि,
हवाँ, हवाँ, ड्वां,
ड्वां, रोऊ कराऊ;
आँखा ठुलो डरलाग्दो,
भुत सरि जाग;
किट होइन, बन बाघ,
सिंह, हात्ती.
गर्ज मेघ सरि गर्ज,
डरभर कोही केहि नमान,
सम्झ राजा सरि ;
भुर्र भुर्र उँड, आकाश
छेड,
छोऊ चन्द्र सुर्य;
लाज, घिन छोड, तोड
बन्धनहरु,
हल्लाऊ भुतल सारा,
नथाक,
अँझै उफ्र, उफ्र,
उफ्र;
अब शान्त बन, हेर,
फर्की फर्की हेर,
विचार,
बढाऊ ज्ञान, विवेक,
खिच सार;
फेरि लाग, अब लाग
लाग,
बुर्कुसी मार,
दौड, एक्लै दौड,
स्वाँ, स्वाँ,
फ्वाँ, फ्वाँ दौड,
नछोड ध्यान,
मुर्ख, पागल जे भनुन
लाग;
गर्दै थरथर, धरधर
अझैं लाग,
अब पुग्यौ चुचुरामा,
सक्दैन कोही छेक्न;
तिमि शेर,
तर छोड घमण्ड, बन
थीर;
हेर जिन्दगी अब;
तिमि अगि अगि,
सारा पछि पछि;
जलाऊ दीप, रोशनी,
जगमग बनाऊ सारा,
सन्त बन, देऊ ज्ञान,
विज्ञान, विवेक, दिशा
तिमि चेतना, चैतन्य
अब;
छोड पद प्रतिष्ठा सब;
भयो जीवन भरपुर,
अब, परमार्थ पथ तय
गर |
ढिलो नगर,
अब, अनन्त पथ तय गर
||
अब, अनन्त पथ तय गर
|||
- दिनेश चन्द्र पन्थी, “दीप”
२०७२-०५-२४, बिहिवार
No comments:
Post a Comment